जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ कायमै

सिरहा । सिरहा नगरपालिकाले कमिसनको लोभमा नियम विपरीत संस्थागत विद्यालयहरूलाई तोकिएको पब्लिकेशनबाट मात्र पुस्तक खरिद गर्न उर्दी जारी गरेको छ ।

 

 

 

जनप्रतिनिधि र कर्मचारीले पब्लिकेशनसँग सेटिङ मिलाएर संस्थागत विद्यालयहरुलाई पालिकाले तोकिएकै पाठ्यपुस्तक लागू गर्न उर्दी जारी गरेको पाइएको हो । गत चैत २० गते नगरपालिकाले एक सूचना प्रकाशित गरी पाठ्यपुस्तकमा एकरूपता कायम गर्न भन्दै तोकिएको ६ वटा पब्लिकेशनबाट मात्र किताब खरिद गर्न भनेको हाे ।

 

 

 

सूचनामा कक्षा १ देखि १० सम्मका किताबहरु तक्षशीला, जनक शिक्षा सामाग्री केन्द्र, टाइम्स, वेदन्ता, रिडमोर र विद्यार्थी पब्लिकेशनबाट मात्र किताब खरिद गर्न भनिएको छ । कानुनतः संस्थागत विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक पब्लिकेशनबाट मात्र पुस्तक खरिद गर्न पाउने व्यवस्था छ ।  जस अनुसार विद्यार्थीहरू खुला बजारबाट पुस्तक, पोशाक, झोला लगायत सामग्री किन्न स्वतन्त्र हुन्छन् ।

 

 

 

तर नगरपालिकाका मेयर नवीन यादव र कर्मचारीहरूले पुस्तक बेच्ने व्यवसायीसँग करिब २० देखि २५ प्रतिशतसम्म कमिशन मिलाएर संस्थागत विद्यालयहरूलाई तोकिएकै पब्लिकेशनबाट पुस्तक किन्न बाध्य बनाएको खुलासा भएको हो । पाठ्यपुस्तक बिक्री गर्दा बढीमा २० प्रतिशतसम्म कमिशन दिनु परेको पब्लिकेशनहरुले पनि स्वीकार गरेका छन् । जनप्रतिनिधि बनेर केही पब्लिकेशनहरुसँग कुरा गर्दा उनीहरुले मिलाएर काम गर्न सकिने बताएका छन् । आफ्नो पब्लिकेशनबाट किताब खरिद गरे बापत कमिसन दिने गरेको स्रोतले बतायो ।

 

 

 

मेयर यादवले गत आर्थिक वर्ष देखि नै पाठ्यपुस्तकमा एकरुपता कायम गर्ने नाममा पुस्तक खरिद गर्न निश्चित पब्लिकेशन तोक्ने प्रयास गरेका थिए । तर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विरोध जनाएपछि मेयर यदाव हच्किएका थिए ।

 

 

 

प्याब्सनका सिरहा पालिका प्रतिनिधि लालबाबु रायले भने,  ‘गत आर्थिक वर्ष मै नगरप्रमुख यादवले पठ्यपुस्तकमा एकरुपता लागू गर्न प्रयास गर्नु भएको थियो । हामीले मानेनौँ । त्यसकारण गत वर्ष नगरप्रमुखको प्रयास विफल भयो ।’

 

 

 

उनले यस वर्ष पनि नगर शिक्षा समितिको बैठकमा पठ्यपुस्तकमा एकरुपता लागू गर्ने मेयरको प्रस्तावमा विरोध गरेको बताए । ‘तर उ आफ्नो अडान छोडनु भएन। अन्ततः बलपूर्वक नियम कानुन विपरीत यो लागू गरिएको छ। यो मेयर यादवले संस्थागत विद्यालयहरुको स्वतन्त्रता उपर  गरेको हस्तक्षेप हो,´ उनले भने ।

 

 

 

सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको हस्ताक्षरमा जारी गरिएको पत्रमा पब्लिकेशनको नाम मात्रै तोकी दिएको छैन, यो निर्णय नगर शिक्षा समितिबाट भएकोले अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

 

 

 

तर, सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले पालिकाको यो कदम विद्यार्थी र अभिभावककै हितमा रहेको उनको दाबी गरेका छन्। आफूहरूले यसका लागि पब्लिकेशनसँग कमिसनमा डिल गरेको कुरा भने गलत रहेको बताए।

 

 

 

त्यसैगरी, मिर्चैया नगरपालिकाले त गत शैक्षिक सत्रमै नै पाठ्य पुस्तकमा एकरूपताका नाममा यसै गरी पब्लिकेशन तोकेरै किताब लागू गरिसकेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख भरत बानियाँका अनुसार मिर्चैया नगरभित्रका निजी विद्यालयहरूमा वेदन्ता, अस्मिता, ओसिस, एकता, रिडमोर, विद्यार्थी र ब्रिलेन्ट प्रकाशनको किताब लागू गरिएको छ ।

 

 

 

स्थानीय सरकारबाट नै शिक्षा क्षेत्रमा भएको यस्तो अवैध हस्तक्षेपले अभिभावक, विद्यार्थी र शैक्षिक संस्थाको स्वतन्त्रता माथि नै अङ्कुश लगाएको अभिभावकहरू बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९