काठमाडौं। शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् ।शिक्षक महासंघ र सरकार बिच हुने भनिएको बार्ता अन्तिम समयमा भाडिए पछि मन्त्री पन्तले पुनः बार्तामा बस्न आफुहरू तयार रहेको जनाएका हुन् ।‘शिक्षक महासंघले आधिकारिक बार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग बार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्दारवाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको बार्ता हुन सकेको थिएन ।
गोरखा, तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो...






























































































































































