भूकम्पीय प्रकोपको जोखिममा नेपाल

सन् १९९४ देखि सन् २०२४ सम्म ४ रेक्टर स्केल भन्दामाथिका जम्मा  १२५४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सूचीकृत गरेको छ।

–  प्रकाश रेग्मी

परिचय

यस लेखका लागि विभिन्न अनलाइन पोर्टलका लेखहरू, नेपालको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले पूर्ण आउट-अफ-द-बक्स सफ्टवेयर समाधान केन्द्रलाई उपलब्ध गरएको सन् १९९४ देखि सन् २०२४ सम्मका ४ रेक्टर स्केलभन्दा माथीका १२५४ वटा भूकम्पका केन्द्रहरू र तिनका आवृत्तिहरुलाई माइक्रोसफ्टको एक्सेल र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको स्पलाइन कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ।

भूकम्प भनेको पृथ्वीको सतहमा अचानक हुने हलचल नै हो। पृथ्वीको आन्तरिक भाग धेरै चापको कारण अत्यन्त तातो अवस्थामा रहेको हुन्छ। त्यस क्षेत्रका चट्टानहरू पग्लिएको अवस्थामा रहेका हुन्छन् र त्यसलाई म्याग्मा भनिन्छ। पृथ्वीभित्रको अत्यधिक ताप र चापले गर्दा तातो म्याग्मामा गति उत्पन्न हुन्छ। पृथ्वीको आन्तरिक भागमा हुने त्यो गतिले पृथ्वीको परतमा रहेका सात वटा टेक्टोनिक प्लेटहरूमा पनि गति पैदा हुन्छ। कहिले त्यो गतिले छुट्टाछुट्टै रहेका टेक्टोनिक प्लेटहरूलाई एक-आपसमा नजिकतिर ल्याउँदछ भने कहिले टाढा तिर घकेल्छ। यसरी यी सात वटा प्लेटहरू निरन्तर चलायमान हुन्छन्।  यसो हुँदा पृथ्वीको परतमा वा सतहमा रहेका चट्टानहरूमा तनाव उत्पन्न भई चट्टानहरू अचानक भाँचिन्छन् वा चिप्लन्छन् र पृथ्वीको सतहमा कम्पीय तरंगहरू उत्पन्न हुन जाँदा जमिन हल्लिन्छ। यसका अलावा पृथ्वीको कुनै भागमा ज्वालामुखी विस्फोट हुँदा पनि जमिन हल्लिन्छ।

नेपालको हिमालय क्षेत्रमा लाखौं वर्षदेखि नियमित रूपमा सक्रिय रहेको संपिडन बलको कारण भारतीय प्लेट र तिब्बती प्लेटबीच टक्कर भइरहँदा यी दुई प्लेटहरूको सिमानामा रहेको नेपालको अवस्थितिले यस क्षेत्र भूकम्पीय रूपमा सक्रिय हुँदै आएको छ।

वि.सं. १९९० माघ २ गते अर्थात जनवरी २, १९३४ मा आएको महाभूकम्पले काठमाडौं भक्तपुर र पाटनमा ठूलो क्षति पुर्‍याएको कुरा लेखहरूमा पढ्न पाइन्छ। त्यसै मितिलाई आधार मानेर नेपालमा हरेक वर्षको माघ २ का दिन भूकम्प दिवस मनाइन्छ। २०४५ भदौ २० गते अर्थात् सेप्टेम्बर ५, १९८८ मा एकाबिहानै यो प्रेरणता आफैं खाटमा नै सुतिराहेको बेला एक्कासी खाट हल्लाएपछि हतार-हतार भाइ र बहिनीलाई समेत लिएर खाटमुनि लुकेको सम्झना अहिले पनि ताजा छ। तर, सानै उमेरमा त्यो ज्ञान कहाँबाट आयो भन्ने जानाकारीमा छैन। वि.सं. २०७२ वैशाख १२ गते तदानुसार २५ अप्रिल २०१५ दस वर्ष अगाडिको ठिक आजकै दिन शनिबार परेकाले ढिलो गरी स-परिवार खाना खाइरहेको बेला लगभग १२ बजे तिर घर हल्लिँदा सबैभन्दा पहिला आमा भागेर बाहिर पुगेको अनुभवले मान्छेले सबैभन्दा बढी माया आफैंलाई गर्दो रहेछ भन्ने शिक्षा  पनि पाएको छु।

नेपालमा वैशाख १२, २०७२ तदनुसार अप्रिल २५, २०१५ मा गोरखा जिल्लाको बारपाकमा  गएको ७.८ रेक्टर स्केलको भूकम्पले व्यापक विनाश गरेको थियो। त्यो घटनाले झन्डै ९ हजार मानिसको ज्यान लिनुका साथै भवन र पूर्वाधारमा व्यापक क्षति पुर्‍यायो। देशको आन्तरिक स्रोतले उक्त क्षतिको व्यवस्थापन गर्न नसकेर नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायहरूसँग  सहयोगको लागि अपिल गरेको थियो।

नेपालमा केन्द्रबिन्दु भएर गएका भूकम्पहरुको आवृत्ति

सन् १९९४ देखि सन् २०२४ सम्म ४ रेक्टर स्केल भन्दामाथिका जम्मा  १२५४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सूचीकृत गरेको छ। त्यसमा ४ रेक्टर स्केलदेखि ४.९ रेक्टर स्केलका भूकम्प १०६२, ५ रेक्टर स्केल देखि ५.९ रेक्टर स्केलका भूकम्प १७३,  ६ रेक्टर स्केलदेखि ६.९ रेक्टर स्केलका १६, र ७ रेक्टर स्केल भन्दामाथि ३ वटा भूकम्प रहेका छन्। जसमा ७.६ रेक्टर स्केलको भूकम्प गोर्खा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर आजको ठिक १० वर्ष पहिले गएको थियो।

वि.सं. २०४५ भदौ २० गते तदानुसार अगस्ट २० १९८८ मा उदयपुर जिल्लामा केन्द्रबिन्दु भएर गएको ६.५ रेक्टर स्केलको भूकम्पले नेपालको पूर्वी क्षेत्रमा ठूलो नोक्सान पुर्‍याउनाको साथै ७२१ जनाको ज्यान गएको थियो र एक लाख भन्दाबढी घरमा क्षति पुगेको थियो। त्यस्तै, सन् २००१ मा भारत र पाकिस्थानको सीमा क्षेत्रमा रहेको भारतको भुजमा गएको ६.९ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठूलो मात्रामा नोक्सान पुर्‍याएको थियो। सेप्टेम्बर १८ २०११ मा सिक्किममा आएको ६.८ रेक्टर स्केलको भूकम्पले पुन: पूर्वी नेपालमा नोक्सान पुर्‍एको थियो।

त्यस्तै, १० वर्ष पहिले गोरखाको बारपाकमा आएको ७.८ रेक्टर स्केलको झन्डै ९ हजारको मृत्यु हुनाको साथै अर्बौंको नोक्सान भएको थियो।  त्यसपछि क्रमश: ६ रेक्टर स्केल भन्दामाथिका ५ वटा भूकम्पको चपेटामा नेपाल परेको तथ्याङ्कले देखाउँछ। त्यस्तै, तिब्बतको डिङ्ग्ये काउन्टीको जनवरी ७ २०२५ मा गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का उत्तर पूर्व नेपालले महसुस गरेको थियो।

नेपालमा भूकम्पको स्थानीक वितरण

नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो। नेपाल विश्वका अन्य देशहरूको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं उच्च स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएका छन्। २०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक थियो। यो ठाउँ नेपालको पूर्व-पश्चिम फैलावटको हिसाबले झन्डै बीच भागमा पर्दछ। सन् १९९४ देखि सन् २०२४ सम्म गएका १२५४ वटा भूकम्पका केन्द्रबिन्दुलाई नेपालको नक्सामा राखेर हेर्दा नेपालको पहाडी र हिमाली भागमा पूर्वदेखि पश्चिम सबैतिर भूकम्पका केन्द्र बिन्दुहरू वितरित भएको देखिन्छ। यसो भए तापनि अधिकांश भूकम्पका केन्दहरू तीन छुट्टाछुट्टै पकेट क्षेत्रमा वितरित भएको देखिन्छ।

भूकम्पका केन्द्रबिन्दुहरूको संघनताले पृथ्वीको आन्तरिक र सतहको बनावट परिवर्तन गर्ने भए तापनि मानवीय क्षति र मानव निर्मित संरचनाहरूको क्षतिमा भने भूकम्पको तीव्रताले बढी प्रभाव पारेको हुन्छ। त्यसैले, कुन ठाउँमा कति संख्यामा भूकम्प गयोभन्दा पनि कति रेक्टर स्केलको भूकम्प भन्ने कुराले बढी महत्त्व राख्दछ। तर, धेरै भूकम्प गइरहने स्थानहरूमा कहिलेकाहीँ ठूला भूकम्प पनि जान सक्ने सम्भावनालाई भने नकार्न मिल्दैन।

नेपालमा भूकम्पका सबैभन्दा बढी केन्द्रहरू काठमाडौंभन्दा उत्तरपूर्वका जिल्लाहरू सिन्धुपाल्चोक (१८४), दोलखा (२०६) र संखुवासभा (१९) मा देखिन्छ। सिन्धुपाल्चोक र दोलखा बढी संख्या भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन् भने संखुवासभा बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु भएको जिल्ला हो।

काठमाडौंभन्दा उत्तर पश्चिमका जिल्ला नुवाकोट (४२), रसुवा (४८), धादिङ (५८) र गोरखा (५१) बढी संख्यामा भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन्।  ती चार जिल्लाहरूमध्ये गोरखा र धादिङ बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन्। यसरी काठमाडौं उपत्यका भूकम्पको जोखिममा देखिन्छ।

पश्चिम नेपालका पहाडी जिल्लाहरू जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पा तुलनात्मक रुपमा मध्यम संख्यामा भूकम्पका केन्द्र भएका जिल्ला देखिन्छन्।  त्यसो भए तापनि त्यस क्षेत्रमा बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु रहेका छन्।

सुदूरपश्चिमका पहाडी र हिमाली जिल्ला बझाङ (७४), बाजुरा (६९) र हुम्ला (३४) भूकम्पबाट बढी जोखिममा रहेका जिल्ला हुन्। बझाङ र बाजुरा धेरै संख्यामा भूकम्पका केन्द्र भएका जिल्ला हुन् भने हुम्ला बढी तीव्रताको भूकम्पको केन्द्रबिन्दु भएको जिल्ला हो। यस जिल्लामा  नोभेम्बर २७, २००१ र डिसेम्बर ८, २००८ मा क्रमस ५.७ र ६.३ रेक्टर स्केलका भूकम्प गएको रेकर्ड छ।

भूकम्पबाट हुने क्षति न्यूनीकरण विधि

भूकम्प आफैंले मान्छे मार्दैन। तर, भूकम्पबाट आएका कम्पनका कारण मानिसले निर्माण गरी प्रयोगमा ल्याएका भौतिक संरचनाहरू एकाएक भत्किन गई त्यसबाट खसेका भग्नावशेषहरूको ठक्करबाट लागेका चोटपटकले मानिस घाइते हुनाको साथै मृत्यु पनि हुन सक्छ। त्यस्तै प्रक्रियाबाट २०७२ वैशाख १२ को गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पले नेपालमा झन्डै ९ हजार व्यक्तिको ज्यान जानुको साथै अर्बौ रुपैयाँ बराबरको मानव निर्मित संरचनाहरूमा क्षति भएको थियो।

• भूकम्प आउने समय र स्थान कुनै निश्चित हुँदैन। यो जुनसुकै बेला आउन सक्ने हुनाले विद्यालय तहबाटै यसबाट बच्ने उपायको बारेमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न आवश्यक छ।

• स्थानीय तहमा समय समयमा स्थानीय स्वयंसेवकबाट सचेतनाका कार्यक्रमहरू निश्चित समयको अन्तरालमा नियमित गर्नु पर्दछ।

• घर-परिवार र कार्यालय तहमा नियमित प्रयोग हुने सामग्रीहरू, विशेषगरी अग्ला र बढी तौल भएका वस्तु, जुन खसेमा जीवनको लागि जोखिम निम्त्याउँछन्, तिनीहरू जस्तै: बुककेसहरू, फाइल क्याबिनेटहरू, भण्डारण सेल्फहरू, कम्प्युटरहरू, मनिटरहरू, टेलिभिजनहरू बलियो गरी राख्न वा टाँस्न गैर-संरचनात्मक न्यूनीकरणका उपायहरू अवलम्बन गर्नु पर्दछ।

• पालिकास्तरबाट भूकम्प निरोधक संरचनाहरू बनाउन निर्देशिका तयार पारी स्थानीय जनताहरूबीच जानाकारी गराउने, यस सम्बन्धित नीति नियम बनाउने र लागू गर्नाको साथै नियमित अनुगमन गर्ने।

• संघीय सरकारबाट भूकम्प सम्बन्धित सूचनाहरू नियमित प्रसारण गर्ने, नीति निर्माण गर्ने, त्यसलाई लागू गर्ने र भूकम्प गइसकेपछि पुन:निर्माणको काममा आवश्यक सहयोग गर्ने।

(चितवन भरतपुर, हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

कास्की,  विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९