नगरपालिकाको दबाबपछि चितवन कालिकाका विद्यालय खुल्न थाले

चितवन। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।

 

नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शिक्षक सङ्गठनले नखोल्न दिएको दबाबका कारण आफूहरू दोहोरो चेपुवामा परेको गुनासो गरे। करिब ८०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा सोमबार २०० जना विद्यार्थी मात्र उपस्थित थिए।

 

त्यस्तै, कालिका–३ मा रहेको आधारभूत विद्यालय वन कट्टामा पनि सोमबारबाटै शैक्षिक गतिविधि सुरु भएको छ। विद्यालयका प्रधानाध्यापक भक्त तामाङका अनुसार सोमबार केही विद्यार्थी र अभिभावक विद्यालय आएका थिए भने विद्यार्थी भर्ना लिने र पाठ्यपुस्तक वितरण गर्ने काम भयो।

 

यसै गरी, कालिका–६ को माध्यमिक विद्यालय रेडक्रस ग्राम पनि सोमबारदेखि सञ्चालनमा आएको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले नगरपालिकाको निर्देशन र अभिभावकको आग्रहअनुसार विद्यालय खोलिएको बताए। उनले स्थानीय सरकारको निर्देशनलाई अवज्ञा गर्ने अवस्था नरहेको र बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै विद्यालय सञ्चालन गरिएको जानकारी दिए।

 

सो विद्यालयमा पठनपाठन सोमबारबाट मात्र सुरु भए पनि भर्ना अभियान केही दिनअघिदेखि नै सुरु गरिएको थियो। नयाँ शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म ३८० विद्यार्थी भर्ना भइसकेका छन्। गत वर्ष सो विद्यालयमा ३८६ विद्यार्थी भर्ना भएका थिए। सोमबार विद्यालयमा सबै (शतप्रतिशत) शिक्षक उपस्थित रहे पनि विद्यार्थी भने करिब आधा (५० प्रतिशत) मात्र आएका थिए। प्रधानाध्यापक लामिछानेले शिक्षकहरूको मागलाई सरकारले तत्काल सम्बोधन गरेर निर्बाध पठनपाठन हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

 

नगरपालिकाको निर्देशनबमोजिम विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न सोमबार सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको नेतृत्वमा एक टोली खटिएको थियो। टोलीले विभिन्न वडाका ८ वटा विद्यालयको अनुगमन गर्दा सबैमा शैक्षिक गतिविधि निर्बाध रूपमा सञ्चालन भइरहेको श्रेष्ठले बताए। उनले कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गराउन अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए।

 

उता, आन्दोलन परिचालन कमिटी कालिकाका संयोजक रामकृष्ण लम्सालले भने तत्काल विद्यालय सञ्चालन गर्ने र नगर्ने पक्षबिच देखिएको मतभेदले थप नैराश्य बढाएको बताए। गत वर्ष पनि शैक्षिक क्यालेन्डरअनुसार वैशाख १३ बाट मात्रै विद्यालय सञ्चालन भएको भन्दै उनले थप दुईचार दिन विद्यालय बन्द हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे। आन्दोलन परिचालन कमिटीको बैठकले ‘विद्यालय बन्द भएका दिन बराबर बिदाको दिनमा पढाउने’ प्रतिबद्धता जनाइसकेको अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न दबाब दिनु दुःखद भएको उनले गुनासो गरे।

 

नगरप्रमुख विनोद रेग्मीले विद्यालय सञ्चालन अनिवार्य रहेको भन्दै शिक्षकहरूलाई विद्यालय भर्ना र पठनपाठनमा असर नपर्ने गरी सिर्जनात्मक ढङ्गले आन्दोलन गर्न आग्रह गरे। केन्द्रीय सरकारले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले सामुदायिक विद्यालयका कक्षाकोठा खाली राख्न नमिल्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९