घले समुह एनआरएनएको तयारी अन्तिममा, अदालतलाई चुनौती दिँदै केसी समुह

काठमाडौ । सर्वोच्च अदालतले दिएको परमादेशलाई सघाएर एकताको महाधिवेशनका लागि इमानदारीपूर्वक सबै पक्ष अघि बढेको भए यतिबेला एनआरएनएको विवाद सबै समाधान भइसक्ने थियो । तर, व्यक्तिगत र समूहगत स्वार्थका साथै ‘देखाइदिने’ प्रवृत्तिले सर्वोच्चको परमादेशलाई नै चुनौती दिँदै खुलेआम हिड्ने प्रवृत्ति देखिएको छ ।

 

जसले नेपालको न्याय प्रणालीलाई चनौती दिने काम एनआरएनएको एक समूहबाट खुलेआम देखिएको छ भने शक्ति केन्द्रलाई समेत प्रयोग गरेर आफू अनुकुल गर्न खोजिएको प्रष्ट देखिन्छ । यसमा एनआरएनएमा सधैँ बखेडा गर्दै आफ्नो स्वार्थअनुकूल संस्थालाई बघि बढाउन लागिपरेका बद्री केसी र उनको भूमिका सबैभन्दा बढी देखिन्छ ।

 

एनआरएनएमा मिलाउन भन्दा पनि आफूअनुकुल संस्था बनाउन तर्क र कुतर्क गर्दै अघि बढिरहेका केसी संस्थाको पैसा दुरुपयोग गर्दै शक्तिकेन्द्रमा गिफ्ट बाँड्दै र अनेक आश्वासन र हारगुहारका साथ अघि बढिरहेका छन् ।

 

यतिमात्रै होइन उनले संघको कोषको दुरुपयोग गरेर आधारहीन मुद्दाहरुसमेत जबरजस्ती अदालतमा लगेर अदालतलाई नै डिस्टर्बको प्रयास गरिरहेका छन् । पछिल्लो समय सरकारलाई प्रयोग गरेर उनले परराष्ट्रलाई एकताको महाधिवेशन गर्न चिठी लेख्न लगाए । जवकि परराष्ट्रको पत्रको औचित्य नभएको यसअघि नै अदालतबाट आएका आदेशहरुले प्रष्ट पारिसकेको छ । यति बुझ्दाबुझ्दै पनि अहिले पनि परराष्ट्रको पत्रको सहारामा उनले सर्वोच्च अदालतमा निवेदन पेस गर्न त लगाए साथसाथै त्यसविरुद्ध मुद्दा परेपछि केसी फेरि अर्को मुद्दा लिएर अदालत पुगे ।

 

 

अदालत पुग्नु सबैको अधिकारको कुरा हो। तर, रोचक के छ भने उही प्रकृतिको मुद्दामा उनले कहिले सरकारलाई पक्ष त कहिले विपक्ष बनाएर मुद्दा हालिरहेका छन् । सबै हिसाबले एनआरएनएको एकता महाधिवेशन गराउने जिम्मेवारी शेष घलेसँग छ र उनले गराउने महाधिवेशन मात्रै आधिकारिक हुने सर्वोच्चकै यसअघिको परमादेशले स्पष्ट गरिसकेको अवस्थामा समेत कानुनको समेत अपब्याख्या गर्न बद्री र उनको समूह लागिपरेको हो ।

 

त्यसकै लागि दुई साताअघि काठमाडौँमा बेला भएका केसी र उनका समूहका केही सदस्यले राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता र कर्मचारीसमेतलाई भेटेर हारगुहार गरिरहेका छन् । यो हारगुहारको स्पष्ट उद्देश्य संस्था कब्जा गरिरहने र गैरकानुनी काम गरिरहने बाहेक उनको अरु अभिष्ट छैन । कानुनमा भएका कुरालाई समेत गलत तर्क गर्न खप्पीस केसीले विगतमा अदालतको फैसलामाथि प्रश्न उठाउँदै मानहानीको अभिव्यक्ति समेत दिँदै आएका छन्। सोही मानहानीबारे अदालतमा केही मुद्दा समेत रहेका छन् । पछिल्लो समय वैशाख १० मा मात्रै पनि केसीविरुद्ध एउटा मुद्दा छ ।

 

एनआरएनएमा यसरी बद्री केसी खेलिरहँदा उच्चस्तरीय समिति भने एकता महाधिवेशन गराइछाड्ने र संस्थालाई थप गति दिने भनेर लागेको छ।  अहिले केसीको एउटा समूहबाहेक सबै एनआरएनएहरु एकातिर छन् । ठुलो समूहको एनआरएनएहरु एकताको महाधिवेशनका लागि भनेर काठमाडौँमा भेला हुन सुरु भइसक्दा चहलपहल बढेको छ ।

 

वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनमा भाग लिन विश्वभरका प्रतिनिधिहरु काठमाडौँमा भेला हुन सुरु भएको छ ।  सोमबारसम्म करिब ५०० प्रतिनिधि भेला भइसकेको एनआरएनएका अभियन्ताहरुले बताएका छन् ।करिब २९०० डेलिगेट्समध्ये ५०० जना भेला भइसकेको र २० गतेसम्म नाम दर्ताहरुकाहरु अधिकांश आइपुग्ने बताइएको छ ।  प्रतिनिधिहरु काठमाडौँमा भेला भएसँगै सोमबार राति एक कार्यक्रम आयोजना गरिएको छ ।

 

राजधानीको नेपाल हाउसमा आयोजित कार्यक्रममा बोल्दै अभियन्ता आरके शर्माले सयौँ डेलिगेट्सहरु काठमाडौँ आइसकेको उल्लेख गर्दै एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले सरकारले एकता महाधिवेशन सफल गराउन भूमिका खेल्ने विश्वास गर्दै नेपालको जीडीपीमा ३० प्रशितत भन्दा बढी योगदान दिने एनआरएनएको कार्यक्रममा साथ दिनु यसको दायित्व समेत बताए ।

 

 

यस्तै एनआरएनएको एउटा समूह अझै पनि एकता महाधिवेशनमा सहभागी नभएको विषय कोट्याउँदै उनले ‘मन नमिलेका साथीहरु गोलटेबलमा बसेर सहमतिमा आउनुपर्ने’ बताए । उनले व्यक्तिका अनेकत विषय हुनसक्ने भन्दै अहिलेको अवस्थामा संस्थाको हित नै सबैभन्दा ठुलो कुरा भएको बताए ।

 

 

यस्तै अभियन्ता महेश श्रेष्ठले बद्री केसी पक्षलाई पनि समेट्नुको विकल्प नभएको उल्लेख गर्दै उनीहरुलाई पनि लचक भएर छलफलमा बस्न आग्रह गरे । उनले सबै तयारी भइसकेको महाधिवेशन सार्दा अन्याय हुने भन्दै अदालतले पनि यो विषयलाई हेर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९