एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने, राष्ट्रपतिले उदघाटन गर्ने

काठमाडौ । सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले काठमाडौँमा तय गरेको एकता महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुले तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन्।आगामी वैशाख २० देखि २२ गतेसम्म अर्थात  ३–५ मे २०२५ एकताको महाधिवेशन तोकिएको छ ।

 

 

महाधिवेशनमा सहभागी हुन विश्वका विभिन्न देशबाट काठमाडौँ आएका एनआरएन प्रतिनिधिहरुले मंगलबार संयुक्त अपिलमार्फत भनेका छन्, “महाधिवेशन कुनै पनि बहानामा पर सार्दा हजारौं एनआरएनहरुको करोडौं रुपैयाँ, समय, स्रोत र श्रम खेर जानेछ। अर्को मितिमा फेरि नेपाल आउन सम्भव छैन। त्यसैले महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुनुपर्छ।”

 

 

उनीहरुले अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले महाधिवेशनको तयारी पूरा गरिसकेको र निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली समेत सार्वजनिक भइसकेको जनाएका छन्। अपिलमा उच्चस्तरीय समितिले नेपाल सरकारका प्रतिनिधिहरु समेत सहभागी बैठकबाट गरेका निर्णयहरुबारे पारदर्शिता कायम राखेको पनि उनीहरुको भनाइ छ ।  अदालतको आदेश अनुसार एनआरएनएको सचिवालय तथा एमआइएस प्रणाली हस्तान्तरण नभएपनि समितिले वैकल्पिक व्यवस्था गर्दै तयारीलाई अघि बढाएको अपिलमा उल्लेख छ ।

 

 

प्रतिनिधिहरुका अनुसार महाधिवेशन आयोजना गर्न होटल बुकिङ देखि अन्य आवश्यक तयारीमा करोडौं रुपैयाँ खर्च भइसकेको छ भने उद्घाटन कार्यक्रम राष्ट्रपतिबाट हुने तयारी समेत गरिएको छ। यस्तो अवस्थामा महाधिवेशन पर सार्दा संघको साखमा गम्भीर क्षति पुग्ने उनीहरुको तर्क छ।

 

 

अपिलमार्फत प्रतिनिधिहरुले एनआरएनएका संस्थापक, पूर्व अध्यक्ष र सम्पूर्ण अभियन्ताहरुलाई पनि महाधिवेशनमा सहभागी भई संस्था भित्रको विवाद हल गर्न आग्रह गरेका छन्। उनीहरुले भने, “संस्थाको भविष्य र गैरआवासीय नेपालीहरुको हकहितका विषयमा छलफल महाधिवेशनकै हलभित्र हुनुपर्छ।” एनआरएनएको एकता महाधिवेशन रोक्न बद्री केसी पक्षले अदालतमा मुद्दा मामिला समेत गरिरहेको अवस्थामा प्रतिनिधिहरुले यस्तो अपिल गरेका हुन् । अपिल गर्नेहरुमा 
राजेन्द्र कुमार शर्मा, महेश कुमार श्रेष्ठ, डा केशव पौडेल, डीबी क्षेत्री,खगेन्द्र न्यौपाने, गंगाधर गौतम,रोविन्द प्रसाद श्रेष्ठ ,सुनील साह, बुद्धि सुवेदी,मनोज श्रेष्ठ गोर्खाली,लोक प्रसाद दाहाल ,ठाकुर प्रसाद ढुंगाना , चिन्तामणि सापकोटा, विश्व बराल, सूर्य लम्साल, बिष्णु सुवेदी, योगेन्द्र बहादुर क्षेत्री, थर्क सेन युके, प्रेम गाहा मगर, शशि पौड्याल ,आशिष पन्त, गुणराज शर्मा पौडेल, जुनु  गुरुङ, राजकुमार भुजेल ,पुष्कर नेपाल, डा बलराम श्रेष्ठ जापान, भिम बहादुर गुरुङ ,  दिपेश खत्री , विश्वासदिप तिगेला, भवानी प्रसाद तिमल्सेना, कृष्ण गिरी,भिमसेन थापालगायत दर्जनौं रहेका छन्  । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९