अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

सिडनी । अष्ट्रेलियामा लेबर पार्टीले पुनः निर्वाचनमा जीत हासिल गरेको छ। ्रनिर्वाचन आयोगका अनुसार लेबर पार्टीले ८९ सिट जितेको छ भने विपक्षी लिबरल–नेसनल गठबन्धनले ३६ सिट जितेको छ । सरकार बनाउनका लागि ७६ सिट चाहिन्छ।अल्बानीजको विजयले उनलाई दुई दशक पछि  पुनः चुनाव जित्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बनाएको छ । सबैभन्दा भर्खरको अनुमान अनुसार, १५० सिटको तल्लो सदनमा कम्तिमा ८७ सिटका साथ उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्नेछन्।

 

लेबर पार्टीको जितले एन्थोनी अल्बानीज फेरि प्रधानमन्त्री हुने पक्का भइसकेकाे अवस्था छ । २१ वर्षमा पहिलो पटक कुनै लेबर नेता फेरि प्रधानमन्त्री बन्ने मौका पाएको हो । यसअघि सन् २००४ मा लिबरल पार्टीका जोन होवार्डले लगातार दोस्रो पटक चुनाव जितेका थिए ।

योसँगै विपक्षी उदार–राष्ट्रिय गठबन्धनले हार स्वीकार गरेको छ । विपक्षी उम्मेदवार पिटन डटनले पनि आफ्नै सिट गुमाएका छन । डिक्सन संसदीय सिटमा डुटनको हारलाई शताब्दीकै सबैभन्दा ठूलो राजनीतिक हार मानिएको छ। विपक्षी नेता पिटर डटनले चुनावमा हार स्वीकार गर्दै भने, ‘हामीले राम्रो प्रदर्शन गर्न सकेनौं, त्यसको पूर्ण जिम्मेवारी म स्वीकार गर्छु।’

 

अष्ट्रेलियामा हरेक ३ वर्षमा चुनाव हुन्छ । २८ मार्च २०२५ मा देशमा संसद विघटन भए पछि त्यसपछि सरकार कार्यकारी मोडमा गएको थियो। यसपछि २२ देखि ३० अप्रिलसम्म हुलाक मतदान भएको थियो ।सन् २०२२ मा भएको पछिल्लो निर्वाचनमा लेबर पार्टीले ७७ सिट र लिबरल–नेसनल गठबन्धनले ५८ सिट प्राप्त गरेको थियो । यसपटक मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री एन्थोनी अल्बानीजको लेबर पार्टी र विपक्षी नेता पिटर डटनको लिबरल–नेसनल गठबन्धनबीच थियो ।

 

अस्ट्रेलियामा नेपालमा जस्तै दुईवटा संसद  छन् । माथिल्लो सदनलाई ‘सिनेट’ र तल्लो सदनलाई ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ भनिन्छ। तल्लो सदनमा बहुमत ल्याउने दल वा गठबन्धनको नेता प्रधानमन्त्री बन्नेछ। यसको १५० सिटका लागि आज मतदान हुँदैछ । यसको नतिजा मे ३ गते राति वा ४ मे बिहानसम्म आउनेछ ।

 

तल्लो सदनसँगै माथिल्लो सदनका ७६ मध्ये ४० सिटका लागि पनि आज मतदान हुँदैछ । यस सदनमा निर्वाचित सदस्यहरुको कार्यकाल ६ वर्षको हुन्छ । प्रत्येक ३ वर्षमा आधा सदस्य परिवर्तन हुन्छन ।अष्ट्रेलियामा १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकले भोट हाल्नु अनिवार्य छ र यदि उनीहरूले अनावश्यक कारणले त्यसो नगरेमा २० अस्ट्रेलियन डलर जरिवाना तिर्नु पर्ने हुन्छ।

यहाँ प्रधानमन्त्री बन्न उमेरको हद छैन । अर्को शब्दमा, १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले मतदान गर्न सक्छन्, चुनाव लड्न सक्छन् र प्रधानमन्त्री पनि बन्न सक्छन्।एन्थोनी अल्बानीज अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्री र लेबर पार्टीका नेता हुन्। उनले २०२२ को चुनावमा स्कट मोरिसनलाई हराएर सरकार गठन गरेका थिए। उनकी आमा, मारियान एलेरी, आयरिश मूलका थिए भने  जबकि उनका बुबा, कार्लो अल्बानीज इटालियन मुलका थिए। अल्बानीजले सिड्नी विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिएका छन्।

 

उनी १६ वर्षको उमेरमा लेबर पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि सिड्नी विश्वविद्यालयका विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । सन् १९९६ देखि उनी सिड्नीको इनर वेस्ट सिटबाट निरन्तर सांसद हुँदै आएका छन्, यो सिट लेबर पार्टीको गढ मानिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९