२ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

भ्याटिकन । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन । उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन । कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी मिसनरी हुन, जसले पेरुमा आफ्नो लामो सेवामा बिताएका थिए र पछि उनी भ्याटिकनको शक्तिशाली विशप कार्यालयको नेतृत्व गरिरहेका थिए । क्याथोलिक चर्चको २००० वर्षको इतिहासमा पहिलो पटक कोही अमेरिकी पोपमा चुनिएको यो पहिलो घटना हो। ६९ वर्षीय प्रीभोस्टले लियो चौधौं नाम रोजेका छन्, अब उनलाई यसै नामले सम्बोधन गरिनेछ ।

 

स्थानिय समय अनुसार बिहीबार साँझ  ६ः०७ मा सिस्टिन चैपल चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो । स्थानीय समय अनुसार क्याथोलिक चर्चको नेतृत्व गर्नका लागि पोन्टिफ चुनिएको संकेत थियो। त्यसको लगभग एक घन्टा पछि उनी बाल्कोनीमा देखा परेका थिए । पोप चयन भए पछि भ्याटिकनमा उभिएका दर्शनार्थीलाई उनले स्पेनिश र इटालीयन भाषामा सम्बोधन गरेर उपस्थितलाई आर्शिबाद दिएका थिए । तपाईंहरू सबै रोम र इटालीका मानिसहरूलाई हामी सधैं परोपकार देखाउने र विशेष गरी पीडामा परेकाहरूलाई परोपकारी हुन हुन आवश्यक छ, आज पोम्पेईको म्याडोनालाई प्रार्थना गर्ने दिन हो र हाम्रो धन्य आमा मरियम सधैं हाम्रो नजिक हुन हुन्छ । त्यसैले हामी यो नयाँ मिसन र संसारमा शान्तिको लागि प्रार्थना गरौं’ उनले सम्बोधनमा भने । त्यसपछि उनले हेल मेरी प्रार्थना गरेका थिए ।

 

भ्याटिकनमा भएको पोप कन्क्लेभको दोस्रो दिन मात्रै उनी नयाँ पोप चयन भएका हुन । १३३ कार्डिनलहरूले उनलाई दुई तिहाई बहुमत अर्थात ८९ मतमार्फत पोप चयन भएका हुन । सन् १९०० पछि दुई दिनमा नयाँ पोप चयन भएको यो पाँचौं पटक हो। मतदानको दोस्रो दिन मात्रै रोमन क्याथोलिक चर्चको सिस्टिन च्यापलमा रहेको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो, जसले नयाँ पोप चयन भएको संकेतको रूपमा हेरिने गरिन्छ । नयाँ पोप चयन हुनेबित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढीले ताली बजाए र एकअर्कालाई बधाई दिए। यसअघि मे ७ मा भएको मतदानको पहिलो दिन कोही पनि पोपमा निर्वाचित भएका थिएनन् । पहिलो चरणको मतदान बुधबार राति करिब ९ः१५ बजे सुरु भएको थियो, हिजो सिस्टिन च्यापलमा एक औपचारिक जुलुस र प्रत्येक कार्डिनलले गोपनियताको शपथ ग्रहण गरेपछि यो प्रकिया सुरू भएको थियो ।

 

पोप लियो–१६ को जन्म १४ सेप्टेम्बर १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो । उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्थ्यो र उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खाने गरेको छ । उनले पोप फ्रान्सिसको डिभोर्स र पुनर्विवाहित महिलाहरूलाई चाड मनाउन अनुमति दिने निर्णयलाई समर्थन गरे। जब कार्डिनल पोप निर्वाचित हुन्छ, उसलाई के नामले सम्बोधन गर्ने भनेर रोज्न लगाइन्छ । यो परम्परा छैठौं शताब्दीदेखि चलिआएको छ। पोपसँग कुनै पनि नाम छनोट गर्ने स्वतन्त्रता छ, तर सामान्यतया उसले अघिल्लो पोप वा संतहरूको नाम छाने गरेका हुन्छन् । उनले पोप लियो–१६ चुनेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९