लम्कीचुहाको नीति तथा कार्यक्रम : कृषि, रोजगारीदेखि समृद्ध पालिकासम्म

लम्की। कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार नगरपालिकाको १५ औँ नगर सभाको पहिलो बैठकबाट नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको हो ।

 

नगर प्रमुख सुशीला शाहीले १५ औँ नगर सभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, रोजगारी, पूर्वाधार विकास र सामाजिक समावेशीताको सन्तुलित संयोजनमार्फत समृद्धिको बाटोमा अघि बढ्ने देखिएको छ ।

 

नीति तथा कार्यक्रमका प्रमुख प्राथमिकताहरुमा कृषिमा आत्मनिर्भरता, युवा रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, वातावरणीय संरक्षण, सुशासन र नागरिक सेवा प्रवाहलाई सुदृढ बनाउने योजना उल्लेख गरिएको छ ।

 

आगामी आर्थिक वर्षमा लम्कीचुहा कृषि उत्पादनमा आत्मनिर्भरता लक्ष्य बन्न लिएको छ । लम्कीचुहाले कृषि क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । ‘एक वडा एक विशेष कृषि कार्यक्रम’ मार्फत कृषिजन्य उत्पादनको पहिचान र प्रवद्र्धन गरिने, कृषिमा यान्त्रीकरण, सिंचाइ विस्तार, बीउ अनुदान, भण्डारण तथा बजारीकरणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रम रहेको छ ।

 

नगर प्रमुख सुशीला शाही कार्यकालको चौथो नीति कार्यक्रममा बढ्दो बेरोजगारी समाधान गर्न नगरपालिकाले सीप विकास तालिम, व्यवसायिक प्रोत्साहन तथा उद्यमशीलताको विकासमा जोड दिने नीति लिएको छ । यसैगरि लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गरी स्थानीय उत्पादन र रोजगारीको अवसर बढाउने नीति लिइएको । त्यस्तै पूर्वाधार र समृद्धितर्फ भौतिक पूर्वाधारको सुदृढीकरण मार्फत दिगो विकास र समृद्ध पालिका निर्माणलाई अगाडि सारिएको छ । सडक विस्तार, खानेपानी, ढल व्यवस्थापन, नाली निर्माण, सार्वजनिक भवन निर्माणजस्ता योजना समेटिएका छन् ।

 

शिक्षा, स्वास्थ्य र वातावरणतर्फ गुणस्तरीय शिक्षाका लागि डिजिटल शिक्षाको प्रवद्र्धन, शिक्षक तालिम, विद्यालय भौतिक पूर्वाधार सुधार लगायतका कार्यक्रम समावेश छन् । स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा पहुँच वृद्धि र गुणस्तर सुधारमा ध्यान दिइएको छ । साथै, वातावरण संरक्षणका लागि हरियाली विस्तार, फोहोर व्यवस्थापन र जलवायु अनुकूलन रणनीति अपनाइने नीति लम्कीचुहाको रहेको छ ।

 

महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतको अधिकार सुनिश्चित गर्न लक्षित कार्यक्रम अघि सारिएको छ। डिजिटल प्रशासन, सेवा प्रवाह सहज र पारदर्शी बनाउने योजना नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

‘लम्कीचुहा समृद्धिको आधार : शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ को उदेश्यलाई लाई यही नीति तथा कार्यक्रमबाट प्राप्त गर्ने नगरपालिकाको अपेक्षा गरेको छ ।

 

लम्कीचुहाको नीति तथा कार्यक्रम हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९