युक्रेनको अपरेशन ‘स्पाइडर वेब’ ले रूस ‘सरप्राइज’, कसरी भयो आक्रमण ?

काठमाडौँ । युक्रेनले हालै रुसको एयरबेसमा गरेको आक्रमणलाई अहिलेसम्मकै अभूतपूर्व आक्रमण भनिएको छ ।जुन १ मा, १०० भन्दा बढी युक्रेनी ड्रोनहरूले आणविक हतियार बोक्न सक्षम लामो दूरीको बमवर्षक विमानहरूलाई लक्षित गर्दै रूस भित्रका वायुसेना अड्डाहरूमा आक्रमण गरे । अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिइएको थियो । जब रूसका धेरै भागहरूबाट विस्फोटका रिपोर्टहरू आउन थाले, यसले रुसलाई ‘सरप्राइज’ गर्यो । यी आक्रमण युक्रेनबाट ८ हजार किलोमिटर टाढासम्म गरिएका थिए ।

 

 

 

रूसी रक्षा मन्त्रालयले यी आक्रमणहरू उनीहरूको देशका पाँच क्षेत्रहरू- मुर्मान्स्क, इर्कुत्स्क, इभानोभो, रियाजान र अमुरमा भएको पुष्टि गरेको छ तर मुर्मान्स्क र इर्कुत्स्कमा मात्र विमानहरू क्षतिग्रस्त भएको र अन्यत्रका आक्रमणहरू विफल पारिएको दाबी गरेको छ ।

 

 

 

युक्रेनको सैन्य गुप्तचर एजेन्सीले दिएको जानकारी अनुसार, ड्रोनहरू काठका क्याबिनहरूमा लुकाइएको थियो र ट्रकहरूको मद्दतले रूसमा ढुवानी गरिएको थियो । यी क्याबिनहरू टाढाबाट सञ्चालित छानामुनि लुकाइएको थियो । यी ट्रकहरूलाई विमानस्थलहरूमा लगिएको थियो, जसका चालकहरूलाई ट्रकहरूमा राखिएका सामानहरूको वास्तविकताको बारेमा कुनै जानकारी थिएन । त्यहाँ पुगेपछि, ड्रोनहरू प्रक्षेपण गरिएको थियो र लक्ष्यतिर पठाइएको थियो ।

 

 

अनलाइन भिडियोमा, ट्रकबाट ड्रोन निस्किरहेको देख्न सकिन्छ । एक ट्रक चालकले रूसी राज्य मिडिया रिया नोवोस्तीलाई भने अनुसार उनी र अन्य चालकहरूले ढुङ्गा हानेर ड्रोनलाई उडानबाट रोक्न खोजेका थिए ।रूसी टेलिग्राम च्यानल ‘बाजा’ बाट अपुष्ट रिपोर्टहरू अनुसार, धेरै ट्रक चालकहरूले उनीहरूलाई रूसका विभिन्न स्थानहरूमा काठका क्याबिनहरू पुर्‍याउन व्यवसायीहरूले बुक गरेको बताएका छन् । केही चालकहरूले पछि फोनमा ट्रक कहाँ पार्क गर्ने भन्ने बारे निर्देशन प्राप्त गरेको बताए ।

 

 

 

जब उनीहरूले ट्रक पार्क गरे, त्यसपछि ड्रोनहरू बाहिर निस्किरहेको देखेर छक्क परेका थिए । अपरेशनको निरीक्षण गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साहसी आक्रमणमा ११७ ड्रोनहरू प्रयोग गरिएको र जसको तयारी गर्न १६ महिना ६ दिन लागेको बताएका छन् । उनले एउटा लक्ष्य रूसी सुरक्षा सेवा कार्यालयको छेउमा भएको समेत बताएका छन् ।

 

 

 

रूसले आक्रमणको सम्बन्धमा केही मानिसहरूलाई हिरासतमा लिइएको बताएको छ, तर जेलेन्स्कीका अनुसार, अपरेशनमा मद्दत गर्नेहरूलाई ‘रूसी क्षेत्रबाट हटाइएको र अब उनीहरु सुरक्षित रहेको बताएका छन् ।युक्रेनको सुरक्षा सेवा कार्यालयले साझा गरेका तस्बिरहरूमा काठको क्याबिनमा भण्डारण गरिएका दर्जनौं कालो ड्रोनहरू देखिएका छन्, जुन रूसी सैन्य ब्लगरहरूले चेल्याबिन्स्कमा रहेको गोदामको रूपमा पहिचान गरेका छन् ।

 

 

रुसमा गरिएको यो आक्रमणमा प्रयोग गरिएका ड्रोनहरू सामान्य क्वाडकोप्टरहरू थिए जसले भारी विस्फोटक पदार्थ बोक्न सक्थे । आक्रमणलाई असाधारण बनाउने कुरा यी ड्रोनहरू रूसमा तस्करी गरिएको र त्यसपछि उपग्रह वा इन्टरनेट लिङ्कहरू मार्फत टाढाबाट सञ्चालन गरिएको, भएको बताइएको छ ।

 

 

 

जेलेन्स्कीले ११७ ड्रोनहरू मध्ये प्रत्येकको आफ्नै पाइलट भएको दाबी गरेका छन् । युक्रेनले ड्रोनहरू कहाँबाट पाएको भनेर बताएन, तर युद्ध सुरु भएदेखि नै यसले ड्रोन निर्माणमा ठूलो प्रगति गरेको छ र सम्भवत यी ड्रोनहरू युक्रेन आफैले बनाएको हुनसक्ने भनिएको छ ।

 

 

युक्रेनका अनुसार, ४१ रणनीतिक बमवर्षकहरूलाई लक्षित गरिएको थियो र ‘कम्तिमा’ १३ नष्ट गरिएको छ । रुसले केही विमानहरू क्षतिग्रस्त भएको स्वीकार गरेको छ।क्यापेला स्पेसद्वारा साझा गरिएको रडार उपग्रह छविहरूले बेलाया एयरबेसमा कम्तिमा चार रूसी बमवर्षकहरू गम्भीर रूपमा क्षतिग्रस्त वा नष्ट भएको देखाउँछन् ।

 

 

 

रूससँग कति ए-५० छन् भन्ने थाहा छैन, तर फेब्रुअरी २०२४ मा युक्रेनी सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले यो संख्या आठ रहेको बताएका थिए । त्यसैले पनि यो क्षति रूसको लागि ठूलो धक्का भएको मानिएको छ  ।युक्रेनले यो अपरेशन ‘स्पाइडर वेब’ ले रूसलाई ७ अर्ब डलरको क्षति पुर्‍याएको दाबि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९