ट्रम्प र मस्क आमने सामने, अमेरिकी राजनीतिमा हलचल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क आमने सामने भएका छन् । राष्ट्रपति चुनावमा एक साथ आएका मस्क र ट्रम्पबीचको टकराव सार्बजनिक रुपमा बाहिर आएपछि अमेरिकी राजनीतिमा ठुलो हलचल आएको छ ।बिहीबार राति सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीच चर्को बहस तथा आरोप प्रत्यारोप देखिएको छ ।

 

 

राष्ट्रपति ट्रम्पले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको कानून हटाउने कुरा गरेपछि मस्कलाई समस्या हुन थालेको बताउदै मस्कसँग आफु धेरै निराश भएको बताए । राष्ट्रपति ट्रम्पले आफुले मस्कलाई धेरै मद्दत गरेको बताए । ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसहित मिडियासँग कुरा गर्दै यस्तो बताएका थिए ।

 

 

यसपछि, मस्कले एक्समा लगातार धेरै ट्वीटहरू गरे, उनले ट्रम्पलाई बैगुनी भन्दै आफुले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्ने बताए । मस्कले लेखे- ;म बिना ट्रम्प चुनाव हार्थे । डेमोक्र्याटहरूले प्रतिनिधि सभा कब्जा गर्ने थिए र रिपब्लिकनहरूले ५१-४९ को अन्तरले सिनेट जित्ने थिए । यो वैगुनीपन हो ।’ मस्कले अर्को ट्वीटमा लेखे- ‘सरकारले विद्युतीय सवारी साधन र सौर्य ऊर्जाको लागि छुट घटायो, तर तेल-ग्यास कम्पनीहरूलाई दिइने सहायता उस्तै रहन दियो, जुन धेरै गलत छ ।’

 

 

यसपछि ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सलाई दिइएको अनुदान समाप्त गर्ने धम्की दिए । मस्क पछि, ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलबाट मस्क;ए आफुलाई निशाना बनाएको उल्लेख गर्दै उनको कम्पनि स्पेस एक्सलाई दिएको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने धम्की दिए यसपछि ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सलाई दिइएको अनुदान समाप्त गर्ने धम्की दिए ।

 

 

ट्रम्पले लेखे- एलन मेरो लागि समस्या बन्दै थिए । मैले उनलाई छोड्न भने । मैले उनको विद्युतीय सवारी साधनको कानुन समाप्त गरें, जसले मानिसहरूलाई कसैले नचाहेको विद्युतीय कारहरू किन्न बाध्य पार्थ्यो । उनलाई महिनौंदेखि थाहा थियो कि म यो गर्नेछु, त्यसपछि उनी पागल भए !’

 

 

अर्को पोस्टमा, ट्रम्पले भने- ‘हाम्रो बजेटमा अर्बौं डलर बचत गर्ने सबैभन्दा सजिलो तरिका भनेको मस्कको सरकारी अनुदान र सम्झौताहरू समाप्त गर्नु हो । म सधैं सोच्थे किन बाइडेनले यसो यो गरेनन् भनेर ।’अनुदान समाप्त गर्ने धम्कीको बारेमा, मस्कले भने- मेरो सरकारी सम्झौता रद्द गर्ने राष्ट्रपतिको भनाइलाई ध्यानमा राख्दै, स्पेसएक्सले तुरुन्तै आफ्नो ड्र्यागन अन्तरिक्ष यान बन्द गर्ने काम गर्नेछ ।’

 

 

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा खाना, वैज्ञानिक उपकरण र अन्य आवश्यक सामग्रीहरू पुर्‍याउन स्पेस एक्सको ड्र्यागन अन्तरिक्ष यान प्रयोग गर्दछ । ड्र्यागन २०१२ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक डक गर्ने पहिलो निजी अन्तरिक्ष यान हो ।

 

 

मस्क यति मै रोकिएनन्,  मस्कले जेफ्री एपस्टाइनको फाइलमा डोनाल्ड ट्रम्पको नाम समावेश भएको सनसनीपूर्ण दाबी गरे । मस्कले लेखे- अब ठूलो खुलासा गर्ने समय आएको छ । डोनाल्ड ट्रम्पको नाम एपस्टाइन फाइलमा छ । त्यसैले तिनीहरूलाई सार्वजनिक गरिएको थिएन । डोनाल्ड ट्रम्प, शुभ दिन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९