भ्यालु कसको ? भुईमान्छेको मूल्य र नेतृत्वको आत्ममुग्धता !!

कैलाली। समाजका हरेक तहमा “भ्यालु” अर्थात मूल्यको बहस भइरहेछ – को कति महत्वपूर्ण? को कसको लागि अपरिहार्य? अक्सर यो बहसको धुरीमा ठूलाबडा, पूँजीपति वा अगुवा भनिने नेतृत्व वर्ग हुन्छन्, जसले आफ्नै मूल्यलाई मात्र उच्च ठान्छन् र अरूको योगदानलाई सानो सोच्छन्। यद्यपि, गहिराइमा गएर हेर्दा थाहा हुन्छ – जुनसुकै उचाइमा पुगेको व्यक्ति होस्, उसको सफलताको जगमा भुइँमान्छेहरूको पसिना, श्रम र सपनाको योगदान हुन्छ।

पूँजी, श्रम र मूल्यबोध;

आजको पूँजीवादी संरचनामा पूँजीपतिहरूलाई समाजले “रोजगारदाता”, “सृजना गर्ने” वा “अवसर दिने” भनेर सम्मान गर्छ। उनीहरूको भूमिका नकार्न मिल्दैन, तर पूँजी मात्रले उत्पादन सम्भव हुँदैन – त्यसलाई गति दिने श्रमिकका हात, समय र लगनको गन्ध सँगै मिसिएको हुन्छ। एक जना मजदुरको हातमा राता रात बनेको ईटा, गाडी चलाउने ड्राइभरको होस, पसलमा सामान बेच्ने सेल्सम्यानको मुस्कान – यी सबै मिलेर पूँजीलाई मूल्यवान बनाइरहेका हुन्छन्।

तर विडम्बना के छ भने, पूँजीपतिहरूको बोलीमा आफ्नै योगदानको घमण्ड त हुँदैन, तर श्रमिकको योगदानप्रति न्यूनतम कदर देखिँदैन। उनीहरू कहिल्यै भन्दैनन् – “तपाईंले खरिद नगरेको भए म धनी हुने थिइनँ।” यहीँबाट सुरु हुन्छ मूल्यको अपमान।

नेताको सिँढी : कार्यकर्ता र जनता;

ठूलाबडा भन्ने सन्दर्भ राजनीतिको दुनियाँमा पनि उत्तिकै लागु हुन्छ। नेताहरू जोसुकै पार्टीका हुन्, उनीहरूको उचाइमा उक्लन कार्यकर्ताले बनाएको सिँढीको भूमिका रहन्छ। कार्यकर्ताहरू जनताको बीचमा घामपानी बेपत्ता भइ संगठनका नारा बोकेर हिँड्छन्। चुनावमा ढोका ढोका पुग्छन्, आलोचना सहन्छन्, झगडा बेहोर्छन् र अन्ततः जस पाउँछ नेतृत्वले।

आजको दिनमा नेताहरूको ठूलो भूल के देखिन्छ भने, उनीहरू आफ्नो वर्तमान हैसियतलाई आफ्नै ‘कुशलता’, ‘दूरदृष्टि’ वा ‘कडा संघर्ष’ को उपज ठान्छन्, तर कार्यकर्ताको समर्पण र जनताको समर्थनको मूल्य बिर्सिन्छन्। चुनाव सकिएपछि कार्यकर्तालाई सम्झने क्रम हराउँदै जान्छ, जनताको समस्या भन्दा सत्ता जोगाउने कसरतमा बढी ध्यान जान्छ।

साँचो मूल्य बोधको खाँचो;

हामीले समाजको दिगो विकास, न्यायपूर्ण नेतृत्व र समावेशी संरचना बनाउने हो भने मूल्यको साँचो बोध आवश्यक छ। पूँजीपति होस् वा नेता – उनीहरूले त्यो ठाउँमा पुग्न अरूको सहयोग, श्रम, भरोसा र योगदानलाई कहिल्यै बिर्सनु हुँदैन।

सफलता केवल व्यक्तिगत संघर्षको परिणाम होइन, सामूहिक प्रयासको संकलन हो। जबसम्म नेतृत्वले आफ्नो सिँढी बन्नेहरूलाई सम्मान गर्न जान्दैन, तबसम्म त्यो नेतृत्व केवल सत्ताको नाम मात्र हो – सेवाको होइन।

यसर्थ;

समाजलाई सन्तुलित र न्यायपूर्ण बनाउने हो भने ‘भ्यालु कसको?’ भन्ने प्रश्नको उत्तर पुनः लेख्न जरुरी छ। पूँजीको मूल्यसँगै श्रमको मूल्य, नेतृत्वसँगै कार्यकर्ताको आत्मा, र उचाइसँगै जरा सम्झने संस्कार विकास गर्नु आवश्यक छ।

अन्ततः, बृक्ष उचाइले होइन, जराले अडिएको हुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९