सम्झना राईले गरिन करिब ३ सर्पकाे उद्दार, बनाइन फरक पहिचान

मोरङ । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।

 

सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजीब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र श्रम खपत गर्न थालिन्। सर्पलाई मार्नुपर्ने सोचलाई चिर्दै, उनी सर्पप्रति चिन्ता र देखावटी डरको छायाँ हटाएर उनी आफ्नो समाजमा सर्प प्रतिको समझदारी र सहिष्णुता फैलाउने अभियानमा जुटेकी छन्।

 

‘सर्प हाम्रो सत्रु होइन, मित्र हो,’ सम्झना भन्छिन्, ‘सर्प बचाउन सके हामीलाई थाहा हुन्छ कि हामीले प्रकृतिको सन्तुलन र सम्पूर्ण पारिस्थितिकी प्रणालीलाई बचाउन सहयोग पुर्याएका छौं। यही सोचले मलाई यस अभियानमा भाग लिन प्रेरित गर्यो।’ उनको यो सोच सामाजिक सन्देश र उद्धारका कार्यहरूमा ध्यान आकर्षित गरिरहेको छ।

 

सम्झनाको सर्प उद्धार कार्य यात्रा कुनै साधारण काम होइन। शुरूमा उनलाई धेरै जसो मानिसहरूको आलोचना र चिन्ता भोग्न पर्‍यो। २० वर्षकी उमेरमा उनले सर्पसँग सम्बन्ध बनाउने निर्णय गरिन्, जब उनले सर्पहरूको साँचो महत्व र सर्पहरूको संरक्षण विषयमा अध्ययन गर्न थालिन्।‘सर्पलाई मानिसहरूले जस्तो डर र घृणा जनाएका छन्, त्यस्तै सर्पको वास्तविकता छैन,’ उनले भनिन्। ‘सर्पहरूले हामीलाई कुनै धोका दिँदैनन्। प्रकृतिमा तिनीहरूको विशेष स्थान छ।’

 

सम्झना राइलाई यिनीको प्रेरणा भनेको देव राई र मास्के श्रेष्ठजस्ता साथीहरू थिए, जसले उनलाई सर्प उद्धारमा लाग्नका लागि प्रेरित गरे। उनीहरू दुवै सर्प उद्धारका क्षेत्रमा कार्यरत छन् र उनीहरूको सँगसँगै काम गर्दै सम्झनाले यो क्षेत्रमा सशक्त स्थान बनाएको छ। उनी भन्छिन्, ‘सङ्गतले ठूलो प्रभाव पार्छ। देव र मास्के जस्ता साथीहरूको साथले मलाई यो कार्यमा साहस र हिम्मत प्रदान गरिदिए ।’

 

सम्झनाका लागि चुनौतीहरूको एक ठूलो हिस्सा भनेको महिला सर्प उद्धारकर्ता हुनु हो। हाम्रो समाजमा महिलाहरूलाई सर्पको नजिक जानेलाई अस्वीकृति र डरको दृष्टिले हेरिन्छ। ‘महिलाहरू सर्प देख्दा सात कोश टाढा भाग्छन्, तर म भने सर्प समाउँछु। यो कार्य गर्दा सामाजिक मान्यता र डरले पनि हामीलाई बारम्बार रोकेको छ,’ सम्झना भन्छिन्।

तर, सम्झनाले यो चुनौती स्वीकारेर आफ्नो पथमा अडिग रहिन्। घरका सदस्यहरू सुरुआतमा चिन्तित भए पनि उनको अडान र दृढताले सबैलाई कन्भिन्स गर्न सफल बनायो। अहिले उनको परिवार पनि उनलाई सर्मथन गर्दछ।सम्झना राईलाई सर्पको सही संरक्षण र सम्हालका लागि आवश्यक ज्ञान प्राप्त गर्नको लागि उनले चितवनमा केही दिनको विशेष तालिम लिएकी थिइन्। सर्प विशेषज्ञहरूले उनलाई विषालु र अविषालु सर्प बीचको भेद, सर्पहरूको बनावट, रङ्ग, र स्वभाव जस्ता विभिन्न पक्षहरूका बारेमा प्रशिक्षण पाएकी छिन्। यस तालिमले उनलाई सर्प समाउने क्रममा सर्पको वास्तविक पहिचान गर्ने क्षमता दिएको छ।

 

सम्झना सर्पप्रतिको आफ्ना ज्ञान र अनुभवलाई अन्नत बनाउन चाहन्छिन्। उनी भन्छिन्, ‘हामीले सर्पको खतरनाक वा नखतरनाक प्रवृत्तिलाई चिन्न आवश्यक छ। उदाहरणका रूपमा गोमन सर्पको टाउको फराकिलो र विषालु हुन्छ, यदि यसले टोक्यो भने आधा घन्टामा अस्पताल पुग्न सकिएन भने जान गुमाउन सक्छ।’

 

सम्झना राईको काम धेरै हदसम्म सशक्त भए तापनि, उनले सर्प उद्धारका लागि उपयोग गर्ने उपकरणहरूको अभाव छ। उर्लाबारी नगरपालिकाले केही उपकरण उपलब्ध गराए पनि उनले कार्य गर्नका लागि आवश्यक अन्य उपकरणहरूको लागि आफ्नै गोजीबाट खर्च गर्नु परेको छ। ‘महिनामा ४ देखि ५ हजार रुपैयाँ खर्च हुने गर्छ,’ उनी बताउँछिन्, ‘तर सरकारको तर्फबाट कुनै पनि दीगो सहयोग प्राप्त भएको छैन।’सर्प उद्धारको काम साहसिक भए तापनि, यस्ता कामहरूमा सरकारी स्तरबाट विशेष सहयोगको आवश्यकता स्पष्ट देखिन्छ। ‘मलाई र अन्य सर्प उद्धारकर्ताहरुलाई राज्यको सहयोगको ठूलो आवश्यकता छ,’ उनी थप्छिन्।

 

सम्झनाको सर्पसँगको अनुभवको पहिलो क्षण भनेको उनको पहिलो सर्प समाउने पल हो। उनले भनिन, ‘पहिलो पटक सर्प समाउने सोच्दा पनि मलाई डर लागिरहेको थियो, तर त्यो एक अनौठो रोमाञ्चक अनुभव बन्यो।’ यो पल सम्झनाको जीवनको एक मीलपत्थर बन्यो र उनले त्यसपछि सर्पको संरक्षकको रूपमा कसम खाइन्।

 

मिडियामा पनि सम्झनाले आफ्नो यात्रा सुरु गरिन्। उनले झापाको रेडियोमा आरजेको रूपमा करिअर सुरु गरिन् र पछि बिर्तामोडको सेल्फी टिभीमा कार्य गर्दै हाल आफ्नै अनलाइन मिडिया प्लेटफर्म चलाउँदै छिन्।सम्झनाको सर्प उद्धारको यात्रा केवल सर्पप्रतिको समर्पण मात्र होइन, यो सामाजिक भय र अज्ञानतासँगको संघर्षको कथा पनि हो। उनले भनिन, ‘हामी सर्पलाई देख्दा मर्छौं जस्तो सोच्दछौं, तर साँचो कुरा भनेको हामी प्रकृतिलाई मारेका हौं।’सम्झनाले यस कार्यमा समाजलाई अज्ञानताको पर्दा हटाउन र सर्पको वास्तविक महत्व बुझ्न मद्दत गर्न चाहन्छिन्। उनको भनाइ छ, ‘सर्पलाई देख्दा भाग्नुको सट्टा, हामीले तिनको साथमा बाँच्न र समझदारीका साथ हिँड्न सिक्न आवश्यक छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९