किसानलाई मलखाद र बिउँबिजन उपलब्ध गराउन आजपाको माग

सर्लाही। आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ।जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो । आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध नगराए कडा आन्दोलनको चेतावनी समेत आजपाले दिएको छ ।

 

आजपा प्रवक्ता चन्द्रभुषण साहले सरकारले किसानसँग विभेद गर्दै आएको बताउदै आफूहरुको माग पुरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् । समयमै युरिया मलखादको पर्याप्त उपलब्धता गराउनुपर्ने, अन्नदाता किसानलाई सम्मान सहित पेन्सनको व्यवस्था गर्नुपर्ने, कृषि बिमा तत्काल लागु गर्नुपर्ने, पर्याप्त एवम् सहज रुपमा सहुलियत कृषि ऋण उपलब्ध गराउनु पर्ने, कृषी उपकरण ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्नुपर्ने, कृषी विद्युतिकरण पूर्ण निःशुल्क गर्नुपर्ने, किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्था गर्नुपर्ने, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

 

 

यसैगरी, प्राकृतिक प्रकोपबाट हुने क्षतिका लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, भुमिहीन किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने, लगायतका माग रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जनकपुरधाम, मधेश प्रदेशका साथै सर्लाही जिल्लाका सम्पूर्ण स्थानीय सरकारहरुलाई ज्ञापनपत्रको बोधार्थ आजपाले पठाइएको छ ।

 

 

‘के आफ्नो पसिना र पौरखले सबैका लागि अन्न उत्पादन गर्ने श्रमजीवी किसानहरुको दुःख, पीडा र समस्याको समाधान राज्यको दायित्वभित्र पर्दैन ? कृषीमा सुधार नै नगर्ने हो भने संवैधानिक हैसियतको ७६१ ओटा सरकार र तीनका संयन्त्रहरुको आवश्यकता र औचित्य के हो ? मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक कथित व्यवस्था परिवर्तन भयो तर किसानहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन ? कृषिप्रधान देशमा कृषकहरु नै कृषी पेशाबाट किन पलायन हुँदैछ ? के किसानको अवस्थामा सुधार बिना देशको समृद्धि र विकास सम्भव छ ?,’ आजपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

 

 

नेपालमा लगभग प्रत्येक वर्ष नै यूरिया मलको हाहाकार हुन्छ तर विभिन्न जोरजाम गरेर किसानहरुले मित्र राष्ट्र भारतको सिमावर्ती क्षेत्रबाट मल ल्याउँदा पनि प्रहरी र भन्सार प्रशासनले जनताको सम्पति सम्बन्धी मौलिक हक हनन हुने गरि कमिशनको चक्करमा जफ्त गर्नु कतिको न्यायोचित हो रु आजपाले सरकारसंग प्रश्न गरेको छ ।

 

‘असारे खेती सुरू भैसक्दा समेत हालसम्म मलखादको समुचित प्रबन्धको सुनिश्चितता समेत नहुनु दुःखद कुरा हो । यसर्थ, आम किसानहरुलाई समयमै  युरिया मलखादको पर्याप्त उपलब्धता सहितको उल्लेखित मागहरु सरकारसंग जोडदार रुपमा प्रस्तुत गर्दछौं । साथै, कृषकहरुको न्यायोचित मागहरुलाई स्थानीय प्रशासन तथा राज्यले गम्भीरतापूर्वक नलिएमा र कार्यान्वयन नगराएमा हामी चरणबद्ध रुपमा सशक्त संघर्षका कार्यक्रमहरू गर्न बाध्य हुने र त्यसबाट सृजित हुने क्षति एवम् परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयं राज्य पक्षले नै लिनुपर्ने विषय अग्रीम रूपमा अवगत गराउँदै यो ज्ञापन–पत्र पेश गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

 

आजपा प्रवक्ता सीबी साहका साथै आजपा नेताहरु रेहाना खातुन, सुरेश महतो, सुनिल गुप्ता, डा. शैलेन्द्र यादव, नसरुदिन मंसुरी, पुनिताकुमारी महरा, विक्रम पासवान, नन्दकिशोर साह, मुकेश पासवान, मिन्टु देवी लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९