स्काउट गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको छ : प्रदेश प्रमुख नजिर मियाँ 

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० पहलमानपुरस्थित कलम बम मेमोरियल इंग्लिश स्कुलमा आयोजित ७४ औँ स्काउट दिवसको अवसरमा सास्कृतिक तथा पुरुस्कार वितरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्काउट गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताएका थिए । उनले स्काउटमार्फत विद्यार्थीलाई सामाजिक जिम्मेवारी, सेवा भावना र नैतिक शिक्षाको गहिरो अनुभूति गराउन सहयोग पुगिरहेको उल्लेख गरे ।कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले स्काउटले मानवीय विकासलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताएका थिए। सुदूरपश्चिम स्काउटका प्रमुख आयुक्त नरेन्द्र थापाले प्रदेशभर स्काउट अभियान सशक्त रूपमा विस्तार भइरहेको बताउँदै यसले युवाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने धारणा राखे।कार्यक्रममा वक्तृत्वकला, हाजिरजवाफ, चित्रकला प्रतियोगिता सम्पन्न भई विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। घोडाघोडी नगरपालिकाका उपसचिव खगेन्द्र सिंह र स्काउट अभियानी भीम अम्बईले स्काउट अभियानको प्रभावबारे प्रकाश पार्नुभएको थियो। अम्बईलाई सफल स्काउट अभियन्ताको रूपमा सम्मानसमेत गरिएको थियो। कार्यक्रम घोडाघोडि नगरपालिका शिक्षा शाखा प्रमुख उमेश रेग्मी, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सदस्यता वृद्धि आयुक्त भिम राज अ्म्मै, इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक जय पार्कि, सशस्त्र प्रहरी बल पहलमानपुरका नर बहादुर सुनुवार, स्काउट अभियानीहरु बिनोद बोहरा, तोयराज जोशी, खागुदेवि बोहरा, पुष्कर अवस्थी, बिभिन्न विद्यालयका स्काउट मास्टर लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो। स्काउट संरक्षक युवराज बमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ यानेन्द्र जोशीले गर्नुभएको थियो। भने विभिन्न विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न विद्यालयबाट सास्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। घोडाघोडि नगरपालिका स्काउट वृद्धि संयोजक भिम राज अ्म्मैलाई विद्यालयले सम्मान गरेको थियो । हाजिरिजवाफ प्रतिक्रियामामा प्रथम कलम बम स्काउट ट्रुप, दोस्रो बसन्त मुरारी स्काउट दल, तेस्रो पायोनियर स्काउट दल भएको छ भने त्यस्तै वक्तृत्वकलामा प्रथम पायोनियर स्काउट दल, दृतिय कलम बम स्काउट दल र न्यु स्टार स्काउट दल, तृतिय बसन्त मुरारी स्काउट दल भएको थियो भने चित्रकलामा प्रथम कलम बम स्काउट ट्रुप, दृतिय राष्ट्रिय माबि नक्फोडुवा स्काउट दल स्काउट ट्रुप, तृतिय महादेवा माबि शंकरपुर स्काउट ट्रुप भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९