लम्की खानेपानीको योजना शिलान्यास : खानेपानीको समस्या स्थायी रुपमा सामाधन हुने

लम्की ।  कैलालीको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि. लम्कीको महत्वकांक्षी योजना ‘कर्णालीको पानी लम्कीवासीलाई’ दोस्रो चरणको कामको आइतबार शिलान्यस भएको छ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही, लम्की खानेपानी संस्थाका अध्यक्ष तेज बहादुर चलाउने लगायतको उपस्थितिमा उक्त आयोजना शिलान्यस गरेका हुन् ।

२९ करोड लागतमा निर्माण हुन लागेको योजनाको शिलान्यास गर्दै मन्त्री यादवले लम्कीचुहा नगरपालिकाको खानेपानीको समस्या स्थायीरूपमा सामाधान गरिने बताएका छन् ।

‘लम्कीचुहा नगरपालिकामा आज मैले आयोजनाको उद्घाटन गर्दा मैले सम्मान सहित गहिरो जिम्मेवारी महसुस गरेको छु । सामाजिक न्याय र समावेशी तरिकाले हामीले काम गरिरहेका छौँ,’ मन्त्री यादवले भने, ‘हामी घोषणा भन्दा पनि कार्यान्वयनमा ध्यान दिन्छौँ । लम्कीचुहा नगरपालिकामा आज दोस्रो चरणको कामको लागि शिलान्यास गरेका छौँ । लम्कीचुहा नगरपालिकाको खानेपानीको समस्या स्थायी रुपमा सामाधन हुने छ ।

साथै, मन्त्री यादवले लम्कीचुहा नगरपालिकामा ढल निर्माण तथा नाला व्यवस्थापनका लागि लम्कीचुहा नगरपालिकाले गरेको आग्रहलाई स्वीकार गर्दै ७७ करोड रूपैयाँ योजनालाई एशियाली विकास बैंक(एडिवि)मा पठाइसकेको र उक्त योजना ठेक्का हुने चरणमा रहेको समेत जानकारी दिए ।

कार्यक्रमकी विशिष्ट अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले लम्कीचुहा नगरपालिका र खानेपानी मन्त्रालयको पारिवारिक सम्बन्ध जस्तै रहेको बताइन् । आमपानीमा सानो ट्यांकीबाट सुरुवात भएको लम्की खानेपानीको योजनालाई चुनावमा बाचा गरेजस्तै कर्णालीको पानी लम्कीवासीलाई कार्यान्वयनमा भूमिका खेल्ने मन्त्री यादव र मन्त्रालय धन्यवाद व्यक्त गरेकी छन् ।

त्यस्तै लम्की साना सहरी खानेपाी उपभोक्ता तथा सरसफाइ सँस्थाका अध्यक्ष तेज बहादुर चलाउनेले खानेपानी आयोजनको शिलान्यस केवल एउटा संरचना निर्माणको आरम्भ मात्र नभएर लम्कीचुहावासीको स्वास्थ्य, स्वच्छता र समृद्धिको शिलान्यस भएको बताए ।

‘वि.सं. २०४९ बगर्दा खानेपानीको रुपमा भई १ सय २० धाराबाट सुरुवात भएको आयोजनाको २०६२ सालमा कुल आयोजनाको ५० प्रतिशत नेपाल सरकारको अनुदान, ३० प्रतिशत नगर विकास कोषबाट ऋण र बाँकी उपभोक्ताबाट २० प्रतिशत नगद तथा श्रमदान गरि कुल रकम ७ करोड ९१ लाख ४१ हजार ९ सय ५३ संरचना निर्माण गर्ने गरि लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ सँस्था नामाकरण गरी सञ्चालनमा आएको हो,’ अध्यक्ष चलाउनेले भने, ‘पानीमा अध्याधिक चुनाका कारण समस्या उत्पन्न भएकाले कर्णालीको नदीको पानी ल्याई वितरण गर्ने योजनालाई ०७६ सालमा डीपीआर गरी २०८० सालबाट कामको सुरुवात भएको छ । त्यसतै अनुसार पहिलो चरणको काम सम्पन्न भएर दोस्रो चरणको कामको लागि आज शिलान्यास भएको छ । खानेपानी आयोजनको शिलान्यस केवल एउटा संरचना निर्माणको आरम्भ मात्र नभएर लम्कीचुहावासीको स्वास्थ्य, स्वच्छता र समृद्धिको शिलान्यस पनि हो ।’

पहिलो चरण अन्तरगत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्यांकी र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख ढकालका बताउँछन् ।

शिलन्यास हुने दोस्रो चरणको कामको ठेक्का सम्झौता भइसकेको छ ।

कार्यालय प्रमुख जगनाथ ढकालका अनुसार आज शिलान्य भएको आयोजनको लागि सुप्रिम जय माता जे.भी. काठमाण्डौंसँग २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा ठेक्का भएको छ । २०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुईवटा ओभर हेड ट्यांकी, पानी प्रशोधन केन्द्र, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुने छ । । यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अब तेस्रो चरणको काम हुन बाँकी छ । तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई योजनाले पूर्णता पाउने छ, र १५ हजार घरधुरीमा २४ सैं घण्टा कर्णालीको पानी लम्कीवासीका घरको धारामा पुग्ने छ ।

२०७६÷७७ सालमा लम्कीचुहा नगरपालिका अन्तरगतको वडा नं. १,२,३ को बल्चौर,व्यवस्थितनगर र वडा नं. ५ को राजीपुर क्षेत्रका करिब १५ हजार घरधुरीमा कर्णाली पानी पुगाउने उदेश्यका साथ डीपीआर गरिएको थियो । तत्कालिन समयमा ९० करोड लागत अनुमान गरिएको कर्णालीको पानी लम्कीवासीलाई खानेपानी योजनालाई तीन चरणमा विभाजन गरि निर्माण कार्यको सुरुवात २०८० फागुनबाट गरिएको हो ।

कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत स्वयं खानेपानी सँस्था र बाँकी रहेको ५ प्रतिशत सम्बन्धि स्थानीय सरकारले व्यहोर्ने गरि सह लागनीमा योजनाको निर्माण भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९