विपद् पूर्वतयारीका लागि कञ्चनपुरको दोधारा चाँदनीमा ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न भएको छ। यो अभ्यास मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा जस्ता प्राकृतिक विपद्हरूको सामना गर्न सरोकारवाला निकायहरूलाई तयार पार्ने उद्देश्यले आयोजना गरिएको हो।

 

उक्त कार्यक्रम नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका, क्लाइमेट रेजिलियन्स एलायन्स, मर्सीकोर, डिसिए, युनिसेफ, निड्स नेपाल र अक्सफाम लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो। यसले विपद् व्यवस्थापनमा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मानवीय सेवा प्रदायकहरूबीचको समन्वयलाई थप सुदृढ बनाएको छ।

 

नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले विपद् जोखिम र त्यसको प्रभाव न्यूनीकरणका लागि पूर्वतयारी कसरी गर्ने भन्ने विषयमा जोड दिनुभयो। उहाँले मनसुनको उच्च जोखिमलाई ध्यानमा राख्दै बाढी, डुबान, भूक्षय, अत्यधिक वर्षा लगायतका सम्भावित प्राकृतिक विपद्का परिदृश्यहरूमा कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्नेबारे आठवटा कृत्रिम नमुना घटनामार्फत अभ्यास गरिएको बताउनुभयो। जैरुले यस्ता कृत्रिम नमुना अभ्यासको आवश्यकतामाथि प्रकाश पार्दै, यसले वास्तविक विपद्को समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने बताउनुभयो।

 

त्यस्तै दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले दोधारा चाँदनीमा गत वर्ष पनि यस्तै कार्यक्रम आयोजना गरिएको र यसले सरोकारवाला निकायलाई सक्षम बनाएको बताउनुभयो। उहाँका अनुसार यस कार्यक्रमले विपद्को समयमा तत्काल प्रतिक्रिया जनाउन सक्ने क्षमताको विकास गरेको छ, जुन स्थानीय समुदायको सुरक्षाका लागि निकै महत्त्वपूर्ण रहेको उहाँको भनाई रहेको छ।

 

 

नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले गत वर्ष पनि दोधाराचाँदनीमा कृत्रिम नमुना अभ्यास गरिएको र यसले विपद्को सामना गर्न तयार पार्न महत्त्वपूर्ण प्रभाव पारेको बताउनुभयो। उहाँले यस्ता अभ्यासले विपद् प्रतिकार्य टोलीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायलाई सुरक्षित राख्न मद्दत गर्ने बताउनुभयो।

 

निडस् नेपालका प्रतिनिधि दिव्य देव पण्डितले बाढी आउनुअघि र आइसकेपछि के कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा टेबुलटप अभ्यास महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार, यसले सम्बन्धित निकायहरूलाई पूर्वतयारी र उद्धार कार्यका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्नेछ।

 

कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, मानवीय सेवा प्रदायक संघ-संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र उत्थानशील युवा सञ्जालहरूले महाकाली नदीको बाढी पूर्वानुमानका विभिन्न परिदृश्यहरूमा आ-आफ्नो भूमिका बारे नमुना घटना अभ्यास गरेका थिए। यस अभ्यासले सबै सरोकारवाला निकायहरूलाई एकसाथ बसेर योजना बनाउन र विपद्को समयमा आ-आफ्नो जिम्मेवारी बुझ्न मद्दत गरेको बताइएको छ। यस प्रकारका अभ्यासले दोधारा चाँदनी नगरपालिकालाई सम्भावित मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न र समुदायलाई सुरक्षित राख्न थप सक्षम बनाउने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९