एपस्टेनको फाइल बिबाद पछि ट्रम्प गए मामाघर, तर भाञ्जाको भयो त्यही बिरोध

स्कटल्याण्ड ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाँच दिने भ्रमणका लागि स्कटल्याण्डमा छन् ।वाशिंगटनमा विवादको तापक्रम बढ्दै गएको छ, त्यसैले डोनाल्ड ट्रम्प आफ्नी आमाको देश अर्थात मामाघरमा केही दिन बिताउन आएका छन्।उनको पाँचदिने भ्रमणलाई कार्यगत भ्रमण भनिए पनि अधिकांश ट्रम्पको समय गल्फ कोर्समा खर्च हुनेछ । एपस्टेनको फाइल रिलिज भएको विवाद पछि ट्रम्पको भ्रमण निकै चर्चामा आएको थियो ।

 

यस भ्रमणका क्रममा ट्रम्पले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार वार्ता गर्नेछन् र सोमबार बेलायती प्रधानमन्त्री केयर स्टाररसँग भेट्ने कार्यक्रम रहेको छ।यद्यपि, उनले आफ्नो अधिकांश समय आफ्ना दुई निजी गल्फ रिसोर्टहरू– ट्रम्प टर्न बेरी र ट्रम्प इन्टरनेशनल गल्फ लिंक्स, एबरडीन शायर नजिकै बिताउने छन्, जहाँ उनकी आमाको जन्म भएको थियो। डोनाल्ड ट्रम्पकी आमा मेरी एनी म्याक्लियोड, स्कटल्याण्डको आइल अफ लुइसमा जन्मिएकी थिइन् र सन् १९३० मा अमेरिका आएकी थिइन्। ट्रम्पले आफ्नी आमाको सम्मानमा एबर्डिनशायरमा नयाँ १८ होल गल्फ कोर्स बनाएका छन्, जसको उनले यस भ्रमणका क्रममा उद्घाटन गर्नेछन्।

 

अमेरिकी राष्ट्रपतिको यो भ्रमणको समयलाई लिएर प्रश्न उठिरहेको छ किनभने जेफ्री एपस्टेनसँग सम्बन्धित मामिलामा ट्रम्पको सरकार अहिले निकै आलोचनाको सामना गरिरहेको छ । एपस्टेनको नाम सेक्स स्क्यान्डलमा आएको थियो र उनी यसमा दोषी देखिएका थिए। रोचक कुरा के छ भने उनलाई ट्रम्पको पुरानो साथी मानिन्छ। मिडिया र आम जनताले यस विषयमा ट्रम्पलाई लगातार प्रश्न गरिरहेका छन्।

 

यसैबीचमा ट्रम्प स्कटल्याण्ड प्रस्थान गरेका हुन् । यो भ्रमणलाई उनले औपचारिक भ्रमण बनाए पनि अधिकांश समय एकान्तमा बिताउने भएकाले उनी विवादबाट टाढिने अनुमान गरिएको छ । ट्रम्पले स्कटल्याण्डलाई आफ्नो मातृभूमि भन्दै आफ्नो माया व्यक्त गरे पनि स्थानीय जनताको प्रतिक्रिया त्यति उत्साहजनक देखिएन ।

 

ट्रम्पका विगतका आयोजनालाई लिएर स्थानीय जनतामा असन्तुष्टि छ । यो कुरालाई लिएर जनताहरु उनीप्रति आक्रोशित छन् । शनिबार एबरडीन र एडिनबर्गमा धेरै प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका थिए । मानिसहरूले रंगीन पोस्टर र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९