रौतहटमा सिँचाइ संकटबीच कृषि ज्ञान केन्द्रका प्रमुखमाथि विभेदको आरोप

रौतहट । रौतहटका किसानहरू अहिले चरम सुख्खाको मारमा परेका छन् ।आकाशबाट पानी नपरेको महिनौं भइसक्दा पनि राज्यको सहयोग पुग्न सकेको छैन । इनार र बोरिङ सुक्दै गएका छन्, खेतमा धान बोट ओइलाउँदै छ, गाईवस्तुका लागि पानी छैन, र मान्छेहरू एक गाग्री पानीका लागि घण्टौं लाइन बस्न बाध्य छन् । यस्तो संकटपूर्ण अवस्थामा पनि सरकारी संयन्त्रहरू निष्क्रिय जस्तै देखिएका छन् ।

 

यही सन्दर्भमा, कृषि ज्ञान केन्द्र, रौतहटका प्रमुख सुरेन्द्रप्रसाद कुर्मी विवादमा तानिएका छन् । उनले हालै सार्वजनिक गरिएको ‘स्यालो ट्युबेल तथा मोटर बोरिङ वितरण कार्यक्रम’ को सूचना रौतहटका केही सीमित पालिका र वडामा मात्र लक्षित गरी प्रकाशित गरेपछि किसानहरू आक्रोशित भएका हुन् ।

 

सूचना सार्वजनिक भएको केही समयपछि सामाजिक सञ्जालमार्फत् व्यापक विरोध जनाइयो । किसानहरू, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा र विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरूले कार्यक्रम तत्काल रद्द गरी नयाँ, निष्पक्ष र समावेशी सूचना प्रकाशन गर्न माग गरेका छन् ।

 

कृषकहरूका अनुसार यो पहिलो पटक होइन कि प्रमुख कुर्मी विवादमा परेका हुन् । किसानहरूले अघिल्लो वर्ष पनि उखु प्रवर्द्धन, बगर खेती, स्यालो ट्युबवेल लगायतका योजनामा कमिसनको आधारमा योजना वितरण तथा भुक्तानी प्रक्रिया अपारदर्शी बनाएको आरोप लगाएका थिए ।

रौतहटका अगुवा कृषक गणेश साह भन्छन्, “योजना दिने नाममा किसानलाई झुक्याउने, अनि भुक्तानी लिने बेला माथिको सेटिङ मिलाउन कमिसन माग्ने काम खुलेआम भइरहेको छ ।” त्यस्तै, किसान रुपेश यादवको भनाइमा, “कुर्मीले सधैं वास्तविक किसानलाई बाइपास गरी बिचौलियामार्फत योजना सम्झौता गर्छन् । यसरी योजनाको लाभ किसानले होइन, दलालले पाउँछन् ।”

 

यसपटक स्यालो ट्युबेल तथा मोटर वितरण कार्यक्रमको सूचना विभेदपूर्ण ढंगले केही वडामा मात्र लक्षित गरी जारी गरिएको छ । यसरी सीमित क्षेत्रलाई मात्र सूचित गरिनुले सरकारी योजना वितरणमा समावेशीताको गम्भीर अभाव देखिएको स्थानीय प्रतिनिधिहरूको टिप्पणी छ।

 

वडास्तरका जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय नेता र नागरिक समाजका अगुवाहरूले कुर्मीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सूचना तत्काल रद्द गरी नयाँ मापदण्डसहित सर्वसुलभ सूचना प्रकाशन गर्न माग गरेका छन् । साथै, सुखाग्रस्त क्षेत्रको तत्काल अनुगमन गरी त्यसलाई प्राथमिकतामा राख्दै योजना बनाउने दबाब पनि दिइएको छ ।

 

 

कृषक र सरोकारवालाहरूले प्रमुख कुर्मीमाथि छानबिन सुरु गर्न, विगतका योजनाको लेखाजोखा गर्न र प्रमाणसहित जिम्मेवारीमुक्त गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन् ।कृषि जस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीहरूबाट निष्पक्षता, पारदर्शिता र किसानमैत्री व्यवहार अपेक्षित हुन्छ । तर  आरोपहरूले प्रमुख कुर्मीप्रति जनविश्वास खस्कँदै गएको छ ।

 

रौतहटमा सिँचाइ र पानीको चरम संकटले किसानहरूको जीवनस्तर प्रभावित भएको छ । यस्तो बेला राज्य संयन्त्रको निष्क्रियता र विभेदपूर्ण योजना वितरण थप पीडादायी बनेको छ । स्थानीय तह, जनप्रतिनिधि र आम नागरिकको दवाबमा सम्बन्धित निकायले उचित निर्णय गर्ने र कृषिमा पारदर्शी तथा न्यायसंगत प्रणाली विकास गर्नतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ ।

 

सामाजिक–आर्थिक रूपले कमजोर मधेशका किसानहरू सरकारी अनुदान र सहायतामा निर्भर छन् । त्यसमाथि पनि योजनाहरूको अनियमित वितरण, भेदभावपूर्ण पहुँच, र भ्रष्ट प्रवृत्तिले उनीहरूको आत्मनिर्भरता कमजोर बनाइरहेको छ । यो घटनाले न केवल स्थानीय तहको प्रशासनिक कार्यशैलीप्रति प्रश्न उठाएको छ, तर सम्पूर्ण कृषि प्रणालीको उत्तरदायित्व र जवाफदेहितामा सुधारको आवश्यकता औंल्याएको छ । यसैबिच कृषि ज्ञान केन्द्रकै बिषयमा जिल्लाका केही राजनीतिक दलका नेताहरुले रौतहटका सिडियो बिनोदकुमार खड्काको ध्यानाकर्षण गराएका छन्।
सिडियो खड्काले बिषयको गम्भीरता लाई मनन गर्दै केन्द्रका प्रमुख कुर्मिलाई सबै पालिका लाई समेटेर पारदर्शी रुपमा काम गर्न निर्देशन दिएको न्युज कारखानालाई बताए ।यस पटक समयमा बर्षा नहुँदा जिल्लामा हालसम्म मात्र ५५ प्रतिशत धान रोपाई भएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९