पत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी

रौतहट । समाचारको बिषय लिएर पत्रकार लाई थर्काउने रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले नागरिक समाजले कारवाही गर्ने चेतावनी दिएका छन्।मेयरका श्रीमान सेराजले गरेको भ्रष्टाचार बारे समाचार लेखेपछी मेयर दम्पतीले शुक्रवार राती पत्रकारको मूल्य टोक्दै थर्काएका थिए।आफू बिरुद्द समाचार लेखेको भन्दै शुक्रवार राती महमद सेराजले प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पनि बरिष्ठ पत्रकार तथा न्युज कारखाना, रातोपाटी,जनकपुर टुडे रौतहट सम्बादाता तथा कटहरिया एफएमका प्रमुख सञ्जय मिश्रा लाई फोन गरेर थर्काएका थिए।

 

रौतहटका पत्रकारको मूल्य ५ हजार तोक्दै केही पत्रकार लाई कुटपिट गर्ने धम्की दिएका थिए । कार्यवाहक मेयर खातुनका श्रीमानले गरेको भ्रष्टाचार बारे समाचार बिभिन्न मिडियामा प्रकाशन भएपछी फतुवा बिजयपुरका सम्पूर्ण बर्ग खुसी छन् तर कार्यवाहक मेयर दम्पतीको निन्द हराम भएको छ।

२०८२ साउन १६ गते यो समाचार बिभिन्न मिडियामा प्रकाशित भएपछी फतुवा बिजयपुरका कार्यवाहक मेयर खातुनको परिवार बाहेक प्रायः सम्पूर्ण बौद्धिकबर्ग, शिक्षक शिक्षिका, नागरिक समाज अत्यन्तै खुसी छन्। कैयौँ  शिक्षक जनप्रतिनिधि र बौद्धिक बर्गका मानिसले समाचार सेयर गर्नुका साथै सकारात्मक कमेन्ट गरेका छन्। विगत तीन वर्ष देखी सेराज दम्पतीले गरेको अनेकौं भ्रष्टाचार को खोजीनीति हुनुपर्ने तथा त्यसबारे समाचार प्रकाशन प्रशारण गर्न जनमानसमा माग उठ्न थालेको छ।  तर कार्यवाहक मेयर दम्पती समाचार लेख्ने पत्रकार माथी पूर्ण आक्रोशित भएका छन्।

 

शनिवार पत्रकारलाई धम्की दिएको समाचार बिभिन्न मिडियामा प्रकाशित भएपछि नागरिक स्तरबाट सामाजिक सञ्जाल फेसबुक मार्फत बिभिन्न किसिमका प्रतिक्रिया आउन सुरु भएको छ। यिनीहरूको धम्कीबाट केही हुँदैन तपाईँ सप्रमाण समाचार छाप्नुस जनता तपाईँको साथमा छ। ई भ्रष्टाचारीले धेरै पैसा कमाई सक्यो, अब पत्रकार लाई थर्काएर हुन्छ, ईनलाई जनताले कारवाही गर्छ जस्ता चेतावनी दिइएको छ फतुवा बिजयपुर नगरपालिकामा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट मेयर पदमा गोपाल प्रसाद यादव, उपमेयरमा अम्बेया खातुन सहीत ११ वडा मध्ये ७ वडामा कांग्रेसकै अध्यक्ष निर्वाचित भएका थिए।

 

२०८० सालमा बिशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गएपछि खातुन कार्यवाहक मेयरको जिम्मेवारि पाएकी थिइन्। उनी कार्यवाहक बनेसंगै मेयरको छापको रुपमा मात्र प्रयोग हुँदै आएकी छिन्। उनको स्थानमा उनको श्रीमान सेराज नगरपालिकामा हस्तक्षेप गर्दै आएका छन्।

 

विकास निर्माणको काम भन्दा दिनरात भ्रष्टाचारमा ब्यस्त भएका छन्। नगरको शिक्षा, स्वास्थ, लगायत सिंगो नगरपालिका लाई भ्रष्टाचारको अखडा बनाएका छन्। सर्वसाधारण देखी शिक्षक, शिक्षिका, जनप्रतिनिधि, नगरका कर्मचारी समेत सेराजको नियत र ब्यवहारबाट आत्तिएका छन्। सेराज दम्पतीले तीनवर्ष कार्यवाहक बनेर गरेको करोडौं रुपैयाँ भ्रष्टाचारको छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।

के थियो  समाचार ?

मेयरको श्रीमान , अधिकृत र लेखापालको बदमासीस् फतुवा बिजयपुरमा विद्यालयको १ करोड ६५ लाख फ्रिज
फतुवा विजयपुर नगरपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विनियोजित १ करोड ६५ लाख रुपैयाँको बजेट खर्च नहुनु दुर्भाग्यपूर्ण अवस्थामा परिणत भएको छ। कार्यवाहक मेयरका श्रीमान महमद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनीको कमिसन मोहको कारण तीनवटा बिद्यालय निर्माणको लागि आएको रकम फ्रिज भएको हो।

मेयर अम्बेया खातुनका श्रीमान कमिसन स्वरूप  २१ लाख रुपैयाँ एकलौटी कुम्ल्याउन खोजेपछि अधिकृत यादव र लेखा अधिकृत सहनी रुष्ट बनेको कारण समयमै कार्यविधि निर्माण नहुँदा नगरभित्रका तीन विद्यालयका पूँजीगत योजनाका लागि छुट्याइएको रकम फ्रिज भएको छ।  यसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छक्षिक सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना गरेको छ।

 

नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवका अनुसार वडा ८ स्थित श्री मावि विजयपुर, वडा ४ को श्री मावि टेङ्ग्राहा र वडा  ५ को श्री आधारभूत मावि, संतपुर दोष्तीयाका लागि ५५ लाख रुपैयाँका दरले पूँजीगत बजेट विनियोजन गरिएको थियो। कुल १ करोड ६५ लाख रुपैयाँको बजेट विद्यालय पूर्वाधार निर्माण, पुस्तकालय, डिजिटल सामग्री खरिद, कक्षा कोठा स्तरोन्नतिको लागि छुट्याइएको थियो।

उक्त योजना सम्झौता गर्न सेराजले प्रत्येक विद्यालयबाट १२ लाख रुपैयाँको दरले कमिसन माग गरेका थिए। तर ५५ लाख रुपैयाँको योजनामा १२ लाख कमिसन बढी हुन्छ भन्दै शिक्षा संयोजक तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक मानेनन्।पछी सेराजले मोलतोल गरी प्रती विद्यालयले कमिसन बापत ७ लाख रुपैयाँ दिनुपर्ने सहमती अनुसार माबी बिजयपुर र माबी टेंग्राहासँग दुई दुईलाख नगद र चारलाख रुपैयाँको चेक लिएका थिए। तेस्रो बिद्यालय मेयर खातुनकै टोलको रहेकाले त्यसको पैसा पछी लिने सहमती भएको स्रोतले दाबी गरेको छ। बाँकी रकम विद्यालयको खातामा  जम्मा भएपछी सेराजले लिने सहमती भएको थियो।

 

मेयरका श्रीमान सेराजले तीनवटै विद्यालयबाट योजनाको १५ प्रतिशत रकम लिने सहमती भएको थियो। उक्त सहमती पछी सेराजले योजनाको सम्झौता गर्न सम्बन्धित तीनवटै विद्यालयका प्रधानाध्यापक लाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत समक्ष पठाएका थिए।

तर, कुन हैसियतले यत्रो पैसा सेराजले एक्लौटी लिन्छ भनेर प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर साहनीले योजना सम्झौता नगर्ने अडान लिएका थिए। उनीहरूको अडानको कारण समयमा कार्यविधि निर्माण गर्न नसक्दा रकम फ्रिज भएको नाम प्रकाशन नगर्ने सर्तमा एकजना शिक्षकले बताएका छन्।

 

अधिकृत यादव र लेखाअधिकृत सहनीले मेयरका श्रीमान सेराजले कमिसन बापत लिएको रकम बराबर आफूहरुलाई पनी चाहियो भन्दै कार्यविधी नबनाएको कारण हजारौँ विद्यार्थीको भविष्य संग खेलवाड भएको उनको भनाई छ।शिक्षा संयोजक सुबोध यादवले नगरपालिकाको लापरवाहीप्रति तीव्र असन्तोष व्यक्त गर्दै भने “समयमै कार्यविधि नबनाउनु नगरपालिकाको गम्भीर असफलता हो। यसले विद्यालय र बालबालिकाको भविष्यलाई नोक्सान पुर्‍याएको छ।” उनले राजनीतिक हस्तक्षेप, कार्यान्वयनको ढिलासुस्ती र नेतृत्वको कमजोरीलाई घटनाको प्रमुख कारण मानेका छन्।

 

संयोजक यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो पालिकाको ३ वटा विद्यालयमा निर्माण हुने भवन वापतको रकम फ्रिज भएको छ। फ्रिज गराउने जो सुकै व्यक्ति वा राजनीतिककर्मी कदापि विकासप्रेमी हुन सक्दैन। त्यस्ता व्यक्तिको कहिल्यै भलो हुदैन।’

 

फतुवा बिजयपुरका निलम्बित मेयर गोपाल यादवले सेराज तीनवटै बिद्यालयबाट ७ लाख रुपैयाँको दरले कमिसन लिएर मनपरी गर्न थालेको कारण भवनको रकम फ्रिज भएको दाबी गरेका छन्। भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँको टेण्डर आह्वान गरेर काम गराउँदा कुनै समस्या हुने थिएन। तर कार्यवाहक मेयरका श्रीमान सेराज, हाकिम र लेखाले कमिसनको लागी मरमोलाई गरेकै कारण उक्त रकम फ्रिज भएर शिक्षा क्षेत्रमा आघात पुगेको उनले गुनासो गरेका छन् ।

 

नेकपा माओवादीका मेयर प्रत्याशी अजय तिमल्सिनाले मेयरका श्रीमान सेराज र नगरपालिकाका हाकिमहरु कमिसनकै चक्करमा लागेर तीन तीन वटा विद्यालयको रकम फ्रिज भएको दाबी गरेका छन्। यो घटना सामान्य होईन हजारौं बालबालिकाको भविष्य संग जोडिएको बिषय भएकाले यसको सत्य तथ्य छानबिन गरी दोधिमाथि कारवाही हुनुपर्ने तिमल्सिनाले माग गरेका छन्।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमजस्तो महत्वाकांक्षी योजनाबाट समेत विद्यार्थीहरू लाभान्वित हुन नसक्नुले स्थानीय सरकारको कार्यसम्पादन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। पूँजीगत बजेट फ्रिज हुनु भनेको न केवल प्रशासनिक असफलता हो, यो बालबालिकाको भविष्यसँग भएको गम्भीर खिलवाड पनि हो।

 

 

स्थानीय सरकारको पहिलो प्राथमिकता बालमैत्री शिक्षा प्रणाली निर्माण हुनु पर्नेमा, विकासमुखी कार्यक्रम समयमै कार्यान्वयन गर्न नसक्नु गम्भीर नेतृत्व संकटको संकेत हो। फतुवा बिजयपुरका तत्कालीन मेयर गोपाल प्रसाद यादव एकबर्ष अघी बिशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर पदच्युत भएसंगै उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन्। खातुन कार्यवाहकको जिम्मेवारी पाइदेखिनै हस्ताक्षर गर्ने छापको रुपमा मात्र प्रयोग हुँदै आएकी छिन्। प्रत्यक्ष रूपमा उनको श्रीमान सेराज नै मेयरको भूमिकामा रहेका छन्। उनी विकास निर्माणको काम भन्दा भ्रष्टाचारमा लिप्त भएको आरोप लाग्दै आएको छ।

 

 

दम्पतीको कारण सिंगो फतुवा बिजयपुरका नागरिक निरास भएका छन्। नगरको लागी ठोस विकास को सट्टा स्वास्थ शिबिर, आँखा शिविरको नाउँमा वर्षेनि लाखौं लाख रुपैयाँ उनीहरूले अनियमितता गर्दै आएको स्वयं जनप्रतिनिधिहरुको दाबी रहेको छ।

 

त्यतिमात्र नभई नामको मात्र मेयर अम्बेया खातुनका श्रीमान महमद सेराज शिक्षा स्वास्थ्य लगायतका संयोजक तोक्ने देखी विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी दिंदा ठूलै रकम कमिसन स्वरूप संकलन गर्दैआएको छ। नेपाली कांग्रेस रौतहटका सभापती तथा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव जितेन्द्रको गृहनगर फतुवा बिजयपुरको अवस्था दिन प्रतिदिन बिकराल बनेको छ । मन्त्री यादवले चासो नलिएको कारण फतुवा बिजयपुरको शिक्षा, स्वास्थ, देखी विकासका काम पूर्ण रुपमा प्रभावित भएको छ।

 

कार्यवाहक मेयर अम्बेया खातुन र उनको श्रीमान महमद सेराज संग प्रतिक्रिया लिँदा सबै आरोपको खण्डन गर्दै प्रमुख प्रशासकीय अधिकृत भारत यादव र लेखा अधिकृत कामेश्वर सहनीको कारण बिद्यालय भवन निर्माणका लागि आएको रकम फ्रिज भएको दाबी गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा अधिकृत सहनी संग सम्पर्क हुनसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९