हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

कञ्चनपुर, “साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्”, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशी भन्नुहुन्छ, “अब त आगो बाल्दा वा टायर बालेर धपाउन खोज्दा पनि हात्ती टसकोमस हुँदैन ।” शुक्लाफाँटा नगरपालिकाका अधिकांश किसानको साझा पीडा अहिले हात्ती आतङ्क बनेको छ । “पहिले सजिलै धपाइने हात्तीका बथान अहिले यिनै तरिकामा ‘अभ्यस्त’ भइसकेका छन्, त्यसैले भाग्न छाडेका छन्”, उहाँ भन्न्नुहुन्छ । उहाँका अनुसार दुई दिनअघि मात्रै नगरपालिका–५ गर्जमुनी गाउँको धानबारीमा पसेका करिब दुई दर्जन हात्तीलाई किसान, प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका सुरक्षाकर्मीले निकै प्रयास गर्दा पनि निकाल्न सकेनन् । साँझ ८ः०० बजे खेतमा पसेको हात्ती बिहान ४ः०० बजेसम्म त्यहीँ रहेर धान खाए र कुल्चेर नष्ट गर्‍यो । टन्न भएपछि मात्रै हात्ती स्याली नदी तर्दै बिहानपख निकुञ्जतर्फ लागेको जोशीले बताउनुभयो । वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार, एकै रातमा गर्जमुनिका किसानको करिब १० बिघाको पाक्नै लागेको धानबारी सखाप भएको छ ।
यसअघि पनि हात्तीले त्यसै ठाउँका किसानको तीन बिघा धानबालीमा बाला नलाग्दै क्षति पुर्‍याएका थिए । “पहिले होहल्ला गर्दा, टिन ठटाउँदा, आगो बाल्दा वा पटाका पड्काउँदा हात्ती भाग्ने गरेका थिए”, उहाँले भन्नुभयो, “अहिलेका हात्तीलाई यस्ता तरिकाले धपाउन सकिँदैन ।” “हात्ती बुद्धिमान जनावर भएकाले पटक–पटक एउटै अनुभव भएपछि त्यसलाई सहजै चिन्छ त्यसैले अहिले यस्ता उपायले काम गर्दैन”, उहाँ भन्नुहुन्छ । विगतमा मेसवायर जडान गर्दा केही समय हात्ती बस्तीमा पसेका थिएनन् । तर पछिल्ला दुई वर्षयता हात्तीले बार भत्काएर खेतबारी र गाउँ पस्न थालेको पूर्ववडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार, स्याली नदी किनारमा गरिएको दुई–स्टेपको तारजाली र तटबन्ध भएको क्षेत्रमा हात्ती छिरेको छैन । सम्भावित क्षेत्रको पहिचान गरेर यस्तै संरचना निर्माण गर्न जरुरी छ ।
जसबाट हात्तीको आतङ्क रोक्न सकिन्छ भने अर्कोतर्फ नदीका कारण भूक्षय हुने क्रमलाई रोक्न सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा हरेक वर्ष हात्तीको बथानले ठूलो क्षति पु¥याउँदै आएको छ । पछिल्ला तीन दिनमै शुक्लाफाँटा नगरपालिकाको वडा नं ५, ६ र ७ का किसानको धानबारीमा करिब एक दर्जन परिवारले ठूलो क्षति बेहोरेका छन् । वडा नं ७ सिमलफाँटाका किसान दानसिंह कुँवर भन्छन्, “धानबारीसँगै हात्ती गाउँभित्रको सडकसमेत हिँड्न थालेका छन्, यसले मानवीय क्षतिसम्मको जोखिम बढेको छ”, सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्ट विद्युतीय सायरनसहितको फेन्सिङ प्रविधि ल्याउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँका अनुसार, बाँके र बर्दियामा यो प्रविधि प्रभावकारी देखिएको छ । त्यहीँ अभ्यासलाई शुक्लाफाँटामा पनि लागू गर्नुपर्ने हुन्छ ।
“योभन्दा अर्को विकल्पले हात्तीलाई बस्तीमा आउनबाट रोक्न सकिँदैन”, उहाँले भन्नुभयो, “यसका लागि सम्बन्धित पक्षले चासो देखाउनुपर्ने हुन्छ ।” एक अध्ययनअनुसार हात्तीलाई दैनिक करिब २०० किलो खाना आवश्यक पर्छ । मकै, धान, गहुँ, मसुर, उखु र केराजस्ता बालीको गन्धले हात्तीलाई टाढैबाट आकर्षित गर्छ । नगरपालिका–६ का वडाध्यक्ष दानसिंह ऐर भन्नुहुन्छ, “यस्ता बाली निकुञ्ज छेउछाउमा लगाउनुहुँदैन, यसको सट्टा मेन्था, अदुवा, क्यामोमाइल, बेसार वा खुर्सानी लगाउन सकिन्छ तर यी बालीको किसानले पहिले खेती नगरेका भने होइनन्, बजार नपाउँदा लगाउन छाडेका छन् ।
” जडीबुटीजन्य बालीको खेतीसँगै प्रशोधन गर्नका लागि मेसिन समेत राखेको उल्लेख गर्दै उहाँले यस्ता खेतीको बजार नपाउँदा छाड्दै गएको बताउनुभयो । “जडीबुटीजन्य बाली हात्तीले नष्ट नगर्ने मात्र नभई किसानको आयस्तर बढाउन पनि सहयोगी हुन्छन्”, उहाँले भन्नुभयो, “बजार प्रवर्द्धन गर्न र किसानलाई लगाउन उत्प्रेरित गर्छौँ ।” हात्तीलाई धपाउने परम्परागत तरिका काम नलाग्ने भएकाले नयाँ प्रविधि, वैज्ञानिक अध्ययन र बस्तीमैत्री रणनीति बनाइनुपर्ने विज्ञहरूको भनाइ रहेको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँगै दातृ निकायले सहकार्य गरेर नदी किनारमा तटबन्ध, इलेक्ट्रिक फेन्सिङ, वैकल्पिक बाली खेती र समुदायलाई प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक भएको स्थानीय किसानको भनाइ रहेको छ । निकुञ्जसँग जोडिएका बस्तीहरूमा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । भारतको दुधुवा नेशलपार्क हुँदै निकुञ्ज छिर्ने हात्तीले बर्सेनि यस क्षेत्रमा बालीनालीमा क्षतिसँगै मानवीय र भौतिक क्षति निम्त्याउँदै आएको छ । —
img

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९