गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

सिरहा,  कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपथ्र्यो”, स्थानीय सुनमाया विक सम्झिनुहुन्छ, “अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो ।” एक घैटो पानीका लागि घण्टौ पालो कुर्नुपरेको क्षण उहाँलाई अझै ताजै लाग्छन् ।

 

जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको सङ्कट नयाँ थिएन । बस्तीका अर्का स्थानीय सञ्जु श्रेष्ठ भन्नुहुन्छ, “कुवा सुक्न थालेपछि त हाहाकार नै भएको थियो, अहिले भने त्यो दिन सम्झना सरह मात्रै भयो ।” स्थानीय खोला छेउको पुरानो कुवा बाढीले बगाएपछि गाउँमा पानीको स्रोत लगभग समाप्त भएको थियो । जिल्ला खानेपानी कार्यालयले १० घर बराबरको एक धारा बनाएको व्यवस्था इन्धन अभावका कारण जेनेरेटर चल्न नसक्दा बन्द हुन पुग्यो । गाउँमा बिजुली नपुग्दासम्म जेनेरेटरमै आयोजना निर्भर थियो । यी नै यावत समस्याको समाधान स्वरूप गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको साझेदारीमा अघि बढ्यो गोला मुक्सर खानेपानी परियोजना । यस परियोजनाको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापामगर भन्नुहुन्छ, “पाँच दशकपछि यो बस्तीमा पुनःसुरक्षित र भरपर्दो खानेपानीको व्यवस्था हुनुले हामी सबैको जीवन सहज भएको छ ।” गत पुसदेखि गाउँलेका लागि खानेपानी वितरण सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

 

यस खानेपानी आयोजनाको आवश्यकता सम्बन्धमा स्पष्ट पार्दै सबल नेपालका पालिका संयोजक देवेशकुमार चौधरीले भन्नुहुन्छ, “हामीले यो आयोजना गर्दा स्थानीयको आवश्यकता बुझ्यौँ, समुदायलाई समेट्यौँ, अनि ‘एक घर, एक धारा’ को लक्ष्यमा केन्द्रित भयौँ ।” उहाँका अनुसार उक्त आयोजनाको कूल लागत रु ३७ लाख २६ हजार २६९ रहेको छ । परियोजनाबाट रु २५ लाख १० हजार २६९, नगरपालिकाबाट रु १२ लाख १६ हजार र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो । नगरप्रमुख श्यामकुमार श्रेष्ठले पानीको सङ्कट गहिरिँदो भएकाले त्यसलाई निराकरण गरी जनतालाई जसरी पनि पानी खुवाउने लक्ष्य नगरको रहेको र त्यसैको उदाहरण यो आयोजना रहेको बताउनुभयो । परियोजनामा १०÷१० हजार लिटरका तीन ट्याङ्की, कूल ३० हजार लिटरको भण्डारण क्षमता र घरघरमा धारा तथा चपुत्रा बनाइएका छन् ।

 

पानी वितरणपछि गाउँघरमा आउँदासमेत हिचकिचाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको स्थानीयको भनाइ छ । सस्तो, सरल र सामुदायिक सहभागितामा आधारित यो आयोजना अब विस्तारै अन्य टोलका लागि उदाहरण बन्ने आशा गरिएको सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी यस्ता योजनालाई समुदायसँग सहकार्य गरेर दिगो विकासको उदाहरण बनाउन चाहन्छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९