नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधनः अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा

संयुक्त राष्ट्रसङ्घ,  संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गर्नुभएको छ । बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उहाँले भन्नुभयो, “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।” उहाँको सम्बोधन सुरु हुनुअघि नै धेरै मुलुकका प्रतिनिधिहरू महासभा हलबाट सामूहिक रूपमा बाहिरिएका थिए ।
नेतान्याहुले आफ्ना शब्दहरू घरभित्र विभाजित इजरायली जनतालाई पनि लक्षित गर्नुभएको थियो । उहाँले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘यहुदीहरू र निर्दोष जनताविरुद्ध आतङ्कलाई प्रोत्साहन गर्ने कदम’ भन्दै खारेज गर्नुभयो । संयुक्त राष्ट्र हलमा नेतान्याहुले बोलेका बेला कोलाहलपूर्ण नाराहरू गुन्जिए भने उहाँका समर्थकहरूले ग्यालरीबाट तालि बजाएका थिए । अमेरिकाको सिट तल्लो स्तरका प्रतिनिधिले मात्र भरिएका थिए भने बेलायतको पनि वरिष्ठ उपस्थिति थिएन । धेरै सिट खाली रहेका थिए । इरानको कुर्सीमा भने गाजाको युद्धमा मारिएका बालबालिकाको फोटो राखिएको थियो । नेतान्याहुले फेरि आलोचकहरूलाई एन्टिसेमिटिज्मको आरोप लगाउँदै भन्नुभयो, “यहुदीविरोध कहिल्यै मर्दैन ।” अन्तर्राष्ट्रिय अदालतहरूमा युद्ध अपराधको आरोप, बढ्दो दबाब र अलगावबीच यो सम्बोधन उहाँका लागि प्रतिवाद गर्ने अवसर बनेको थियो ।
उहाँले सिरिया, लेबनान, इरान र यमनसमेतमा इजरायलले चालेका हालका सैन्य कदमहरूलाई उल्लेख गर्दै गाजालाई ‘अन्तिम बाँकी मोर्चा’ का रूपमा चित्रित गर्नुभयो । दमास्कससँग वार्ता सुरु भएको भन्दै उहाँले ‘शान्तिका लागि सम्भावना खुलेको’ दाबी गर्नुभयो तर अन्तिम चुनौती हमास भएको दोहोर्‍याउनुभयो । नेतान्याहुले आफ्नो प्रमुख सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार प्रशंसा गर्नुभयो । उहाँले परम्परागत शैलीमै नक्सा, चिह्न र ‘द कर्स’ शीर्षकसहित भिजुअल एड्स प्रयोग गरेर सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण र इजरायली बन्धकहरूको प्रसङ्ग औँल्याउनुभयो । उहाँको सन्देश गाजामा पनि प्रसारित गरिएको इजरायली सरकारको दाबी छ, जसका लागि लाउडस्पिकर र मोबाइल प्रयोग भएको बताइएको छ । तर एपी पत्रकारहरूले प्रत्यक्ष प्रमाण भने देखेनन् ।
वाडी गाजाका विस्थापित मोनिर तालिबले प्रतिक्रिया दिँदै भन्नुभयो, “हामी ढिलो वा चाँडै स्वतन्त्रता पाउँछौँ ।” अर्का विस्थापित अमजद अब्देल दाइमले भन्नुभयो, “उहाँले हमासलाई लक्ष्य बनाएको भन्नुहुन्छ, तर युद्ध हामी जस्ता साधारण, गरिब मानिसहरूविरुद्ध चलिरहेको छ ।” हमासले नेतान्याहुलाई युद्धलाई निरन्तरता दिने झूटो बहानाबाजी गरेको आरोप लगाएको छ । हमासले विज्ञप्ति जारी गर्दै भनेको छ, “यदि उहाँले बन्धकबारे साँच्चिकै चिन्ता गरेका भए उहाँले नरसंहार र गाजाको विनाश रोक्नुहुन्थ्यो ।” हालै अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, बेलायतलगायतले प्यालेस्टिनी राज्य मान्यता दिएकाकाले यस वर्षको संयुक्त राष्ट्र सम्बोधन नेतान्याहुका लागि उच्च जोखिमपूर्ण मानिएको थियो । युरोपेली सङ्घ (इयु) ले कर र प्रतिबन्धबारे छलफल गरिरहेको छ ।
महासभाले इजरायललाई दुई–राज्य समाधानप्रति प्रतिबद्ध हुन आग्रह गर्ने प्रस्तावसमेत पारित गरिसकेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले नेतान्याहुविरुद्ध मानवताविरुद्धको अपराधमा गिरफ्तारी वारेन्ट जारी गरिसकेको छ, जसलाई उहाँले अस्वीकार गर्नुभएको छ । साथै, संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले गाजामा नरसंहार गरेको आरोपबारे सुनुवाइ गरिरहेको छ । महासभा हल नजिकै सयौँ प्यालेस्टिनी समर्थकले प्रदर्शन गर्दै ‘इजरायलले मानवताको विरुद्ध युद्ध गरिरहेको छ’ भन्दै नारा लगाएका थिए । इजरायल समर्थक गैरसरकारी संस्था युएन वाचले भने नेतान्याहुको सम्बोधनलाई आतङ्कवादविरुद्धको दृढता र छिमेकीहरूसँग सम्भावित शान्तिको दृष्टिकोणको मिश्रण भएको भन्दै प्रशंसा गरेको छ ।
तर विरोध बढ्दो छ । सुरक्षा परिषद्को विशेष सत्रमा धेरै राष्ट्रले सन् २०२३ को हमास आक्रमणलाई निन्दा गरे पनि इजरायलको अत्यधिक आक्रमणलाई आलोचना गर्दै तत्काल युद्धविराम र मानवीय सहायता खोल्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गाजामा इजरायली आक्रमणले हालसम्म ६५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ र लाखौँ भोकमरीको जोखिममा छन् । अहिलेसम्म एक सय ५० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यद्यपि संयुक्त राज्य अमेरिकाले इजरायललाई स्पष्ट समर्थन नदिए पनि राष्ट्रपति ट्रम्पले पश्चिम किनार विलयलाई अस्वीकार गर्ने सङ्केत गर्नुभएको छ । नेतान्याहुको सरकारले भने त्यस्तो कदमलाई समर्थन गर्ने सदस्यहरू राखेको छ, जसले विवादास्पद नयाँ बस्ती परियोजना अगाडि बढाएको छ ।
नेतान्याहु र ट्रम्पबीच सोमबार भेट हुने कार्यक्रम छ । ट्रम्पले सामाजिक सञ्जालमा गाजासम्बन्धी छलफललाई ‘फलदायी’ भन्नुभएको छ । नेतान्याहुले पछि संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्रीसँग पनि भेट गर्नुभयो । युएईले पश्चिम किनार विलय भए आफ्नो कूटनीतिक सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको छ । यसैबीच, प्यालेस्टिनी प्राधिकरणका नेता महमुद अब्बासले महासभामा भिडियो सम्बोधन गर्दै नयाँ मान्यतालाई स्वागत गर्नुभयो र अझ बढी कदम चाल्न आग्रह गर्नुभयो । प्यालेस्टिनीहरूले पश्चिम किनार, पूर्वी जेरुसेलम र गाजालाई भविष्यको राज्यको रूपमा हेरेका छन्, जसलाई ‘दुई–राज्य समाधान’ भनिन्छ । नेतान्याहुले भने यस्तो राज्य निर्माणले हमासलाई पुरस्कृत गर्ने दाबी गर्नुभयो । भाषणको अन्त्यमा नेतान्याहुले भन्नुभयो, “इजरायलले सबै राष्ट्रको तर्फबाट कट्टरपन्थी इस्लामसँग लडिरहेको छ । तपाईंलाई थाहा छ—यो तपाईंको लडाइँ पनि हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९