दसैँ बिदालाई सिर्जनात्मक बनाउँदै शिक्षक

टीकापुर, वडादसैँको चहलपहल गाउँघर तथा सहर सबैतिर छाएको छ । विद्यालयमासमेत दसैँ तथा दिपावली गरी एक महिना बिदा छ । यतिबेला बिदाको समयलाई सदुपयोग गर्न शिक्षकहरु करेसाबारीमा काम गर्ने, लामो समयपछिका योजना गर्ने काममा व्यस्त देखिन्छन् । एक महिनाको लामो बिदालाई सदुपयोग गर्न र उत्पादनमूलक बनाउन कैलालीका शिक्षकहरु विभिन्न काममा व्यस्त देखिनुहुन्छ । हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी एक महिनाको बिदामा करेशाबारीमा काम गर्ने, विभिन्न जीवनपयोगी पुस्तक पढेर समय बिताउने योजनामा हुनुहुन्छ ।

 

‘‘अघिपछि भनेजस्तो समय पाइदैन, यो समय धानबाली स्याहार्ने र तरकारी रोप्ने समय हो, खेतबारीमा व्यस्त हुनेछु’’, उहाँले भन्नुभयो, ‘‘त्यसबाहेक नयाँ पुस्तकहरु पढ्ने तयारी छ । साँझ बिहान अध्ययनका लागि समय छुट्याएको छु ।’’पद्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरी बिदालगत्तै विभिन्न तरकारीका बेर्ना उत्पादन गर्ने र बिक्री गर्ने काममा व्यस्त हुनुहुन्छ । उहाँका बारीमा विभिन्न तरकारीका बेर्ना बारीभरि देख्न सकिन्छ । ‘‘मैले विगतदेखि नै तरकारीका बेर्ना उत्पादन र बिक्रीको काम गर्दै आएको छु’’, उहाँले भन्नुभयो, ‘‘यो एक महिना मेरा लागि पर्याप्त समय हो । यो समयमा तरकारीका बेर्ना बिक्री पनि राम्रो हुन्छ । म दिनभरिजसो बारीमै व्यस्त हुन थालेको छु ।’’बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने गरेको र बिदाको समय पनि सदुपयोग हुने उहाँ बताउनुहुन्छ ।

 

‘‘थोरै जग्गामा पनि राम्रो आम्दानी हुने गर्छ’’, उहाँले भन्नुभयो, ‘‘घरमा पनि हरियो सागपात सजिलै खान मिल्ने भएकाले आनन्द लाग्छ ।’’ कालिका आधारभूत विद्यालय चौगुर्दीका प्रधानाध्यापक कम्मानसिंह बोहराले बिदालाई विद्यार्थीको सिकाइसँगै बिताउने योजना बनाउनु भएको छ । उहाँले हरेक आइतबारका दिन कक्षा ४ र ५ का विद्यार्थीलाई विद्यालयमा पढ्न बोलाउनुभएको छ । ‘‘घरमा बस्दा विद्यार्थी पढाएका कुरा विर्सने भएकाले पुनर्ताजकी भइराखोस् भन्ने उद्देश्यले सातामा एक दिन विद्यार्थीलाई बोलाउने गरेको छु’’, उहाँले भन्नुभयो, ‘‘नभए साना कक्षाका बालबालिका पछि सबै बिर्सिएर आउने समस्या हुन्छ । एक साताका लागि गृहकार्य दिने, पढेर आएका कुरा पुनरावलोक गर्ने गरेको छु ।’’ जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रधानाध्यपक रघुनाथ उपाध्याय पनि नियमित अभ्याससँगै करेसाबारी निर्माण गर्ने, विभिन्न हिउँदे तरकारी उत्पादन गर्ने योजनामा हुनुहुन्छ ।

 

‘‘खेतबारीमै परिवारसँगै काम गरेर धेरै समय परिवारसँगै बिताउने योजना छ’’, उहाँले भन्नुभयो, ‘‘अध्ययनलाई पनि उत्तिकै जोड दिने तयारी गरेको छु ।’’ खाली समयलाई सही सदुपयोग र उत्पादनमूलक बनाउन अधिकांश शिक्षकहरु करेसाबारी निर्माण र तरकारी उत्पादनमा लाग्ने गरेका छन् । यसरी खाली समयलाई सही सदुपयोग गर्न सके व्यस्त हुनुका साथै अन्य विविध लाभ लिन सकिने टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थीको भनाइ छ । ‘‘यो समय विद्यार्थी, शिक्षक दुबैले सदुपयोग गर्नुपर्छ, संस्कार संस्कृतिबारे ज्ञान लिँदै, दिँदै रमाइलोसँग चाडपर्व मनाउनुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘योसँगै तरकारी बारी, सामाजिक काम, अध्ययन, सिर्जनात्मक कार्यमा व्यस्त रहन सकिन्छ ।’’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९