प्राकृतिक विपत्ति बिर्सँदै चाडपर्वको तयारीमा मैथिल

महोत्तरी, अविरल वर्षासँगै बाढी र डुबान खेप्दै दशहारा (दसैँ) पर्व सकेका मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तिलाई बिर्सँदै दीपावली र छठसहितका मुख्य पर्वको तयारीमा जुटेका छन् । दीपावलीमा बस्तीका सडक, ढल सरसफाइ गर्दै घर सिङ्गार्ने मैथिल परम्पराअनुसार यतिखेर यहाँका बस्तीबस्तीमा पर्वको उल्लास छाउँदो छ । सबै घरघरमै जसो दीपावली र त्यसलगत्तै आउने निष्ठाको पर्व छठको तयारी देखिँदो छ । उज्यालोको पर्व मानिने दीपावली र छठको तयारीले अहिले मिथिला क्षेत्र पर्वमय बन्दो देखिँदैछ । “दशहारा त बाढी, डुबानबीचमै बित्यो, मन खोलेर रमाइलो गर्न पाइएन । वर्ष दिनमा आउने पर्व हुन्, अब दीपावली र छठ राम्ररी मनाउन पाइयोस् भन्ने छ”, घररङरोगनमा व्यस्त भङ्गाहा–५ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्नुहुन्छ, “काममै दलिएर भए पनि रमाउने भनेको चाडपर्वमै हो ।” बस्तीबस्तीमा राष्ट्रिय महत्वका यी पर्वको तयारीले मिथिला क्षेत्रमा अहिले चहलपहल निकै बढेको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन ‘धनतेरस’ मनाएर सुरु गरिने मिथिलाको दीपावली पर्व कात्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ मनाएर सम्पन्न गर्ने परम्परा छ । दीपावलीमा घरगाउँ झिलीमिली बनाउने यहाँको स्थापित परम्पराले केही दिन अगाडिदेखि नै पर्वको तयारी सुरु हुने गरेको छ ।

 

कार्तिक कृष्णपक्षको एकतिहाइ कटिसक्दा अब पर्वले छ्यप्पै छोपेको मैथिल बताउँछन् । “दीपावली र छठमा पूजाका सामग्री राखनधरनका लागि माटो मुछेर बनाइएका र बाँसको कप्टेराले बुनिएका नयाँ भाँडाको प्रयोग गरिने चलन छ । मैथिल यस प्रयोजनका लागि आवश्यक पर्ने माटाका तौला, छ्याँची, कलशको अङ्खरा, दीपमालिका गरिने दियौरी तथा बाँसको कप्टेराले बुनिएका ढाकी, छिटी, नाङ्लो, चाल्नोसहितका सामानको जोहोमा लागेका छन् । “पवनी (पर्व) त अब आइ नै सक्यो माटाका भाँडा बनाउने कुम्हाल र बाँसको कर्ची (कप्टेरा)ले छिटीसहितका सामग्री बुन्ने बिनहरूसँग सम्पर्क गरेर टुङ्गो गरिसकेकी छु”, मटिहानी–९ बहुअर्बाकी गृहिणी उषा ठाकुर भन्नुहुन्छ, “अब घर लिपपोत र रङरोगन थालिहाल्नु छ ।” पर्वको तयारीसँगै बाढीले लडाएका धानका बोट उठाउने, तरकारी बाली स्याहार्ने धमाधमले यतिखेर मैथिल व्यस्त देखिन्छन् । खासगरी तरकारीखेतीका किसानलाई भ्याइनभ्याइ छ । “चाडपर्वले छोपिसक्यो, कामहरू भ्याइनभ्याइ छन्”, भङ्गाहा–४ का किसान गङ्गाराम महतो भन्नुहुन्छ, “भाण्टा र भिण्डी (रामझिगनी) दुईदुई दिनको पालोमा टिपेर बजार लानपर्छ, एक दिन ढिला भए छिप्पिन्छ ।” चाडपर्वको मेसो पनि यिनै फसल बेचेर त मिलाउन पर्नेहुँदा झन् बढी व्यस्त हुनुपरेको महतोको भनाइ छ ।

 

मैथिलका खेतीपातीदेखि सबै व्यावसायिक काम अहिले पर्वकेन्द्रित बनेका छन् । यहाँ बर्खेधान खेतमा पाकेर पहेँलपुर छ । यो धान दीपावलीअघि थन्क्याइसक्नुपर्ने हुन्छ । दीपावली र छठका लागि बजार लगिनुपर्ने तरकारी बालीको स्याहार किसानको नियमित तालिकाकै काम हुन् । दीपावली र छठमा कतिपय कृषिउपज विधिमै उपयोग गरिने परम्पराले किसान अहिलेदेखि नै त्यसको तारतम्य मिलाउन लागिपरेका छन् । खासगरी छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितका बोट, ज्यामिर र अन्य कन्दमूल पूजा सामग्री नै हुन्छन् । छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुने गरिबका उत्पादनले पनि बजार पाउँछन् । यसैगरी बाँसको चोया र कप्टेराले बुनिने डाला, छिटी, नाङ्लो र चाल्नोसहितका राखनधरनका सामग्री बनाउने बिन र डोम समुदायलाई अहिले कामको चटारो छ ।

 

यसैगरी माटाका भाँडा बनाउने कुम्हाल रातदिन नभनी काममा जुटेका छन् । अब अन्य बेला कम प्रयोग हुने यस्ता भाँडा दीपावली र छठमा मात्र बिक्री हुनेहुँदा अहिले यिनीहरूको व्यस्तता बढेको हो । ससाना नानीहरूको रहर मेट्न पनि अभिभावकले दीपावली र छठ भनेर थुमथुम्याएका हुन्छन् । यसले बालबालिका र किशोरकिशोरी यो चाड कहिले आउँला भनेर पर्खेका हुन्छन् । उमेरले १५ वर्ष नाघेका किशोरकिशोरी रमाइलोका लागि पिङ बनाउने र चङ्गा उडाउने तयारी गर्दैछन् । पर्वको उमङ्ग किशोरवय टेक्दै गरेका बालबालिका, किशोर र युवामा बढी देखिँदो छ । बस्तीबस्तीमा सडक, ढल सरसफाइमा बस्तीका बासिन्दा आफैँ जुटेका छन् । जताततै पर्वले मिथिला उमङ्गित देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९