सिने उद्योगमा ‘अवार्ड’को प्रभाव

काठमाडौँ, सिने उद्योगमा कार्यरत चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रचलन विश्वव्यापी रुपमा रहिआएको छ । राज्य तथा चलचित्रसम्बद्ध सङ्घसंस्थाहरूले समेत कलाकर्मीलाई हौसला प्रदान गर्न ‘अवार्ड’को व्यवस्था गरेको पाइन्छ । नेपालमा पनि यही उद्देश्यका साथ ‘अवार्ड’को सुरुआत भएको चलचित्रकर्मी एवं अध्यताहरूको भनाइ छ ।

 

विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोह र प्रदान गरेको सम्मानलाई नेपालको पहिलो चलचित्रसम्बन्धी ‘अवार्ड’ मानिन्छ । उक्त समारोहमा चलचित्र ‘कान्छी’, अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्ललाई सर्वोत्कृष्ट घोषित गरिएको थियो । त्यसपछिका वर्षहरूमा चलचित्र क्षेत्रमा क्रमशः भएको विकास, विस्तार र आकर्षणसँगै व्यावसायिक रुपमा फस्टाउँदै जाँदा ‘अवार्ड’ दिनेक्रम पनि बढ्दै गएको देखिन्छ ।

 

पछिल्ला वर्षहरूमा नेपालमा पनि विभिन्न नाम र विधामा ‘अवार्ड’ समारोह भइरहेका छन् । त्यसो त चलचित्रबाहेक अन्य विधामा पनि उत्तिकै सङ्ख्यामा ‘अवार्ड’ आयोजना भइरहेकै छन् । तर, यो क्रम बढे पनि प्रतिष्ठा बढाउन नसकेको गुनासो सुनिन्छ । धेरै ‘अवार्ड’ समारोहमा कसले के पाउँदैछ भन्ने अनुमान पहिल्यै लगाउन सकिने अवस्था छ । यो सबैमा लागू नभए पनि अधिकांशमा यस्तो प्रवृत्ति हावी भएको गुनासो सम्बद्ध क्षेत्रबाटै आएको देखिन्छ ।

चलचित्र निर्देशक पुर्नेन्दु झा ‘अवार्ड’ हुनु सकारात्मक भए पनि सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले भन्नुभयो, “अवार्डले उद्योगलाई चलायमान बनाएको छ, तर व्यावसायिक उपलब्धि हासिल भएकोजस्तो लाग्दैन । प्रतिष्ठित अवार्ड निरन्तर हुनु राम्रो हो, तर विश्वसनीयता भने घट्न दिनुहुँदैन ।”

 

चलचित्र मनोरञ्जनको माध्यम भए पनि यसको सम्बन्ध देश, अर्थ, समाज र कला–संस्कृतिसँग जोडिन्छ । त्यसैले यससँग सम्बन्धित गतिविधिको चर्चा हुने गर्छ । नेपालमा आयोजना हुने अवार्डहरूमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय दीर्घसाधना सम्मान, नेपाल चलचित्र प्राविधिक सङ्घको ‘नेफ्टा अवार्ड’, ‘डिजिटल सिने अवार्ड’, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड लगायत छन् ।

 

प्रायः अवार्ड नेपालमै आयोजना हुने गरेका छन् भने केही विदेशमा पनि हुन्छन् । नेपाली चलचित्रको बजार विस्तारका लागि केही अवार्ड विदेशमा आयोजना गर्ने गरिन्छ । पछिल्लो वर्षदेखि बेलायतको लन्डन सहरमा नेपाली चलचित्रलाई प्रवद्र्धन गर्ने उदेश्यले ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना भइरहेको छ ।

 

यस्ता, अवार्डले नेपाली चलचित्रको गतिविधि देखाउनुका साथै आकर्षण बढाउने इन्फा अवार्डका संयोजक मनिष कार्कीले बताउनुभयो । “हामीले बेलायतमा नेपाली चलचित्रको बजार बढाउने उद्देश्यले अवार्डको सुरुआत गरेका छौँ । हामीले नेपालबाट कलाकार लगेर त्यहाँ गर्ने अवार्डले थोरै भए पनि बजार बढाउन मदत गरेको, नेपाली चलचित्रलाई प्रवद्र्धन गरेको प्रतिक्रिया हामीले पाएका छौँ । गतिविधि बढेमा त्यसले चलचित्रप्रति पक्कै आकर्षण बढाउँछ”, संयोजक कार्कीले भन्नुभयो ।

 

उहाँले इन्फा अवार्डको दोस्रो संस्करण आगामी कात्तिक २९ मा लन्डनमा हुने र नेपालबाट ४० को हाराहारीमा कलाकार सहभागी हुने जानकारी दिनुभयो । विदेशमा अवार्ड आयोजना गर्नेक्रम बढेता पनि काठमाडौँबाहेक नेपालकै अन्य सहरमा यस्ता समारोह कम हुन्छन् । कोशी र मधेस प्रदेशका केही स्थानमा नेपाली फिल्म राम्रोसँग प्रदर्शन हुँदैनन् ।

 

तराईका विराटनगर, जनकपुर, मलङ्गवालगायत सहरमा भोजपुरी चलचित्रको वर्चस्व छ । निर्देशक झाले ती बजारलाई नेपाली  चलचित्रमैत्री बनाउन तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “निजी क्षेत्रको प्रयास भए पनि सरकारी भूमिका प्रभावकारी हुनुपर्छ । विदेशमा गरिने अवार्डलाई हाम्रै तराई क्षेत्रस्थित सहरमा गरे बजार र निर्माणमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

 

वार्डको सङ्ख्या बढ्दै जाँदा गुणस्तर खस्किएको छ । पहिलेका अवार्डले रौनक ल्याउथे र पाउनेको ‘करिअरमा’ प्रभाव पथ्र्यो । तर, अहिले सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन । सङख्या बढ्नु नराम्रो होइन, तर गुणस्तर र विश्वसनीयता कायम गर्न नसक्दा अवार्डको विश्वसनीयता गुम्दै गएको छ ।

 

विश्वभर प्रदान गरिने अवार्डमा विवाद हुनु सामान्य भए पनि ‘ओस्कार’ र ‘कान्स’जस्ता अवार्डको पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका कारण विश्वसनीय देखिन्छ । तर, नेपालमा आयोजकको नियतसहित निर्णायकमण्डलको क्षमता र स्पष्ट मापदण्डको अभावमा ‘अवार्ड’ मर्यादित हुन नसकेको आमचलचित्रकर्मीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९