रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला, आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् । मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला छ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले जानकारी दिनुभयो ।

 

त्यस्तै सार्क मुलुकबाट ७७ जनामध्ये पुरुष ६४ र महिला १३ जना रहेका छन् । तेस्रो मुलुक अर्थात् विदेशी २७६ मध्ये पुरुष १६३ र महिला ११३ पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म रारा पुग्ने पर्यटकको सङ्ख्या दुई हजार ३४७ जनामध्ये पुरुष एक हजार ५८९ र महिला ७५८ जनाले राराको भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालय प्रमुख यादवको भनाइ छ । सोही आवको असोजसम्म ३३ विदेशी पर्यटक रारा पुगेका छन् ।

 

अहिले कर्णाली राजमार्गको सडक स्तरवृद्धि भएसँगै सडक मार्ग भएर आन्तरिक पर्यटन रारा घुम्न आउनेको सङ्ख्या बढेको छ । विशेषगरी दसैँ–तिहारको अवसर पारेर रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप यस वर्ष बढेको निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो । रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यो याममा बागमती, गण्डकी र लुम्बनी प्रदेशबाट घुम्न आउनेको सङ्ख्या बढिरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालुलगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

 

कर्णाली प्रदेशको अर्थतन्त्रलाई प्रभाव पार्ने रारासम्म सहज रूपमा पुग्नका लागि नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूरै कालोपत्र बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने यहाँका होटल व्यवसायी बताउँछन् । पछिल्लो समयमा नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । रारा राष्ट्रिय निकुञ्ज विसं २०३२ मा स्थापना भएको हो । यसको क्षेत्रफल एक सय छ वर्गकिमीमा फैलिएको छ । यसको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ ।

पर्यटकको रोजाइमा रैथाने कृषि वस्तु

रारा पुगेर जुम्ला आउने अधिकांश आन्तरिक पर्यटकको प्रमुख रोजाइमा यहाँको रैथाने कृषि वस्तु पर्ने गरेको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ली रैथाने कृषि वस्तु जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको सरदमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिनुभयो ।

 

यस वर्षको दसैँतिहारमा मात्र रु तीनदेखि पाँच लाखसम्मको अग्र्यानिक वस्तु बिक्री भएको छ । यहाँको रैथाने वस्तुको माग बढ्दै गएकाले गत वर्ष रु १२ लाखबराबरको स्याउका चाना, मार्सी चामल, सिमी, ओखर, कोदोको पीठो, चिनो, कागुनो, महलगायतका अग्र्यानिक वस्तुको व्यापार भएको अग्र्यानिक पसलका सञ्चालनक बुढाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९