गुह्येश्वरी–गौरीघाटमा बर्तालु बढ्न थालेपछि छठघाट थप गर्न माग

काठमाडौँ,  छठ पर्वका अवसरमा राजधानीमा भक्तजनको उपस्थिति बढ्न थालेपछि छठघाट बढाउनुपर्ने माग बढ्न थालेको छ । राजधानीमा सबैभन्दा बढी छठका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी–गौरीघाटमा जम्मा भएका थिए । श्री छठ पूजा समिति गौरीघाट–गु्ह्येश्वरीले यस वर्ष छ सय छठघाट निर्माण गरेको थियो ।

 

छठघाट माग गर्ने भक्तजन बढेपछि सहज व्यवस्थापनमा सास्ती भएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायलाई छठघाट बढाउन माग गरिएको पनि उहाँले बताउनुभयो ।

 

अर्को वर्ष कम्तीमा पनि सात सय छठघाट निर्माण गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै उहाँले अधिकार सम्पन्न वाग्मती समितिको कार्यालयअघिको नदी किनारका दायाँबायाँ भागमा छठघाट थप गर्न सकिने धारणा राख्नुभयो ।गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ छठका दिन (कात्तिक १० गते) बेलुकी पाँच लाख भक्तजन पुगेका समितिको अनुमान छ । यो तथ्याङ्क नेपाल टेलिकमको नेटवर्क सहजीकरण भ्यानका प्राविधिकले उपलब्ध गराएको विवरणका आधारमा भनिएको छठ व्यवस्थापनमा सक्रिय हुनुभएका निखिल विश्वासले उल्लेख गर्नुभयो ।

 

विसं २०६२ मा समिति दर्ता भएर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पूजा गर्ने वातावरण बनाइएको थियो । समिति दर्ता भएका बेला वर्षमा ३० देखि ४० वटा मात्र छठघाटमा पूजा, आराधना गर्ने गरी भक्तजन जम्मा हुने गर्दथे । त्यसबेला बढीमा दुईदेखि तीन सय श्रद्धालु भक्तजन मात्र यहाँको छठ मेलामा जम्मा हुने गरेका अध्यक्ष सिंहले स्मरण गर्नुभयो ।

 

नेटवर्क सहजीकरण भ्यानले उक्त क्षेत्रमा चलेका मोबाइल नेटवर्कका आधारमा पाँच लाख बढी भक्तजन गुह्येश्वरी–गौरीघाट क्षेत्रमा पुगेका जानकारी दिएको हो । लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरेपनि त्यस अनुसारका पूर्वाधार नहुँदा भक्तजनलाई असहज भएको थियो ।

 

छठका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने बर्तालु धम्मावती कुशवाहले बताउनुभयो । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा, आराधना गरी अर्घ्य दिएर रातभर छठीमाताको आराधना गरेर जागरण बस्ने भक्तजनले शौचालय नपाएर छट्पटिने अवस्थाको अनुभव आफूले गरेको उहाँको भनाइ छ । लाखौँ भक्तजन उपस्थित हुने भएपछि कम्तीमा पर्याप्त मात्रामा शौचालयको व्यवस्था गरिनुपर्ने अधिकांश भक्तजन माग छ ।

 

समितिले एउटा छठघाटको रु एक हजार ५०० लिएर भक्तजनलाई उपलब्ध गराउने गरेकामा केही भक्तजनले भने गुनासो गरेका छन् । पशुपति क्षेत्रमा हुने अन्य पर्वका भक्तजनसँग शुल्क नलिने गरिएकामा छठका बर्तालुसँग किन शुल्क लिइएको भन्ने गुनासो भक्तजनले गर्ने गरेका कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताउनुभयो । उहाँको अनुसार उक्त शुल्क समितिले उठाउने गरेको छ । कोषले प्रारम्भिक बैठक राखेर सरोकार भएका निकायबीच आवश्यक समन्वय मात्र गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“दुई हप्तापछि पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्व मनाइँदैछ । बाला चतुर्दशीलगायत अन्य पर्वमा आउने भक्तजनसँग कुनै शुल्क नलिन कोषले सार्वजनिक रूपमा आह्वान गर्दछ । तर छठ पर्वमा भने किन शुल्क लिइएको ?”, भक्तजन श्यामसुन्दर रायले प्रश्न गर्नुभयो । छठ पूजाको व्यवस्थापन पनि कोषले  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

समितिले ३५ वटा छठघाट निःशुल्क भक्तजनलाई दिइएको जनाएको छ  । शुल्क तिर्न नसक्ने तर विधिपूर्वक छठीमाता, सूर्यदेव र वाग्मती नदीको पूजा आराधना गर्न चाहनेका लागि समितिले उक्त सेवा दिएको थियो । छठ व्रत गर्न चाहने तर पूजा सामग्री किन्न नसक्ने श्रद्धालु भक्तजनका लागि पूजा सामग्रीको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

छठ पूजामा बढ्दै पहाडीमूलका भक्तजन

सुरुआती वर्षमा गुह्येश्वरी गौरीघाटको छठ पूजामा एक प्रतिशत पनि पहाडीमूलका मानिस सहभागी नहुने अवस्था थियो । पहाडी समुदायको सहभागिता क्रमशः छठ पूजामा बढ्दै गएको हो । यस वर्ष २१ प्रतिशत पहाडी मूलका मानिसले छठघाट दर्ता (आफ्ना लागि स्थान सुरक्षित गर्नु) गरेर विधिपूर्वक पूजा आराधना गरेका थिए ।

 

बीस वर्ष अघिसम्म गौरीघाट–गुह्येश्वरी क्षेत्रमा छठ मनाउने मानिस फाट्टफुट्टमात्र हुने गरेको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले स्मरण गर्नुभयो । छठको चारदिने अवधिमा नदीमा मानिसले सफा गरेझै ३६५ दिन सरसफाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई कुनै पर्व विशेषमा मात्र नभई सधैँ सफा राखिनुपर्ने भक्तजनको पनि माग छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि विशेष रुपमा सजाइने गरिएको छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बन्ने गर्दछ ।

 

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको थियो । यी स्थानमा छठघाटसँगै छठीमाताको माटाको मूर्ति पनि निर्माण गरेर सजाइएको थियो ।

लाखौँ भक्तजन उपस्थित हुने मेलाका लागि निजी क्षेत्रको सेक्युरिटी कम्पनीसहित नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई पनि गुह्येश्वरी गौरीघाट क्षेत्रमा खटाइएको थियो । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहिआएको छ ।

 

छठ पर्वमा पहाडी समुदायमात्र होइन मुस्लिम समुदायको पनि उत्तिकै सहभागिता रहने गरेको छ । यसले धार्मिक सद्भाव पनि बढाएको छ । कति मुस्लिम समुदाय त छठ घाटमै पुगेर विधिपूर्वक व्रत गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी, पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।     समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९