केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव

सम्बुरु (केन्या), उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन । त्यसबेलादेखि स्थानीय गोठालाहरूका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ । बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य अहिले यहाँ सामान्य भइसकेको छ ।

नजिकैको कुवाको किनारमा बसेका गोठालाहरूले सन् २०२१ र २०२२ का लगातार न्यून वर्षाका कारण चार दशककै सबैभन्दा भीषण खडेरीमा आफ्ना गाई–गोरुहरू ‘सबै मरे’ भनेर दुःख व्यक्त गरे । त्यस यताका वर्षहरूमा उनीहरूले जीवनयापनको स्वरूप नै परिवर्तन गरेका छन् ।

अर्ध–घुमन्ते सम्बुरु समुदायका सदस्य लोलपुसिक भन्नुहुन्छ, “अब हाम्रो घरमा गाईवस्तु छैनन्, हामीले केवल उँट पाल्छौँ ।”उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्छन्, एक हप्ता भन्दा बढी पानी बिना रहन सक्छन् र गाईको तुलनामा छ गुणा बढी दूध दिन सक्छन् । यसले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई उँटलाई जीवनको नयाँ आधार बनाउन प्रोत्साहित गरेको छ ।

सन् २०१५ मा थुप्रै खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईवस्तु मरेपछि सम्बुरु काउन्टीका अधिकारीहरूले उँट पालन कार्यक्रम सुरु गरेका थिए । ती खडेरीहरूले स्थानीय पशुपालकहरूमा कुपोषणको गम्भीर समस्या निम्त्याएको थियो । त्यसपछि करिब पाँच हजार सोमाली उँट वितरण गरिए । यसमा गत वर्ष मात्रै एक हजार उँट समावेश थिए । यी उँट देशी प्रजातिभन्दा ठूला र बढी उत्पादक हुन्छन् ।

पहिले उँटबारे खासै जानकारी नभएका लोलपुसिकले सन् २०२३ मा केही उँट प्राप्त गर्नुभयो । अहिले उहाँको झाडीले घेरिएका सवान्ना क्षेत्रका साना आयाताकार झुपडीहरूको समूह मन्याट्टामा इक दर्जन उँट शान्तिपूर्वक घाँस चरिरहेका छन् । गाउँका प्रशासक जेम्स लोलपुसिक (नाम मात्र मिल्ने तर सम्बन्ध नभएको व्यक्ति) का अनुसार काउन्टीको लक्ष्य ‘हरेक परिवारको आफ्नै उँट हुने’ हो ।“यदि खडेरी जारी रह्यो भने गाईवस्तुहरू यहाँ टिक्न सक्दैनन्”, उहाँले भन्नुभयो ।

 

यद्यपि उँटपालनसँग केही जोखिमहरू पनि छन् । विशेषगरी रोगको सम्भावना रहेको छ । तर सकारात्मक परिवर्तनहरू प्रष्ट देखिएका छन्—उँटको दुधले बालबालिकाको पोषणमा ठूलो सुधार ल्याएको छ । “उँटहरू दिनमा पाँचपटकसम्म दुध दिन सक्छन्”, गाउँ प्रमुखले भन्नुभयो ।

 

४० वर्षीया नैमालु लेन्टाका भन्नुहुन्छ, “गाईले त घाँस हरियो हुँदा मात्र दुध दिन्छ, तर उँटहरू सुक्खा मौसममा पनि निरन्तर दुध दिन्छन्, यही हो ठूलो भिन्नता ।” उहाँका अनुसार अहिले गाउँका धेरै परिवार ‘उँट र तिनीहरूको दुधमा नै निर्भर’ छन् ।

सन् २०२२ मा केन्याको मेरु विश्वविद्यालयले गरेको अध्ययनले उँटको दुधमा मानव स्तनदूधजस्तै पोषण र उपचारात्मक गुणहरू रहेको देखाएको थियो । उत्तरी केन्याका समुदायहरूमा खडेरीका समयमा उपभोग गरिने कुल पोषक तत्वको करिब आधा भाग उँटको दुधबाट प्राप्त हुने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उँटहरू केवल जीविकोपार्जनका साधन मात्रै होइनन्, यहाँका सांस्कृतिक र खेलकुदका तारा पनि बनेका छन् । सेप्टेम्बरको अन्त्यमा सम्पन्न मारालाल इन्टरनेसनल क्यामल डर्बीमा करिब ४० वटा उँट उत्साहित भीडका सामु दौडिरहेका थिए । विजेताले २१ किलोमिटर (आधा म्याराथन) दूरी मात्र एक घण्टा २२ मिनेटमा पूरा गरेका थिए ।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यो प्रतियोगिता शान्तिपूर्ण सांस्कृतिक अन्तरक्रियाको माध्यम हो, जसले स्रोतका लागि लड्ने समुदायहरूलाई एकसाथ ल्याउँछ ।” वास्तवमा, उँटलाई यहाँ ‘शान्तिको प्रतीक’ का रूपमा समेत हेरिन्छ ।सुक्खा मौसममा गोठालाहरूले गाईवस्तुका झुण्डहरूलाई उर्वर क्षेत्रतर्फ लैजानाले वर्षौंदेखि थुप्रै द्वन्द्व निम्त्याएको छ । तर उँटहरू भने जहाँ छन् त्यहीँ बस्न सक्ने भएकाले यसले हिंसा र प्रतिस्पर्धा घटाएको छ ।

यद्यपि यो कठोर जनावरलाई पनि जीवित रहन केही पानी चाहिन्छ । त्यसैले स्थानीय बासिन्दाहरू अझै पनि वर्षाको प्रतीक्षा र प्रार्थनामा छन् ।“हामी केवल यही प्रार्थना गर्छौं कि स्थिति अझ बिग्रिन नपाओस्”, गाउँ प्रशासक जेम्स लोलपुसिकले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९