खेतीहर मजदुर नहुँदा खेती धान्न सकस

महोत्तरी,  महोत्तरीका किसान यतिखेर गत साताको वर्षाले निहिनमै भिजाएको धान सुकाउने, चुट्ने (दाइँ गर्ने) र थन्क्याउने चटारोमा छन् । कतिपयको धान काट्ने बेला हुँदैछ । यसैगरी अहिले नै हिउँदे बाली लगाउने तयारीले छोपेको छ । गहुँ, दलहन र तेलहन बाली लगाउने बेलाले छोपेको छ । यस्तै आलु लगाउन र बहुबाली लिन चाँडै रोपिने उखुको चटारो छ । कामैकामले छोपेका बेला यहाँका किसान भने कृषि कामका श्रमिक (खेतीहर मजदुर) नपाउँदा विरक्तिएका छन् ।

 

 

“पाँच दिनको लगातारको बेमौसमी वर्षा थामिएको पनि चार दिन नाघिसकेको छ, वर्षाले निहिनमै भिजाएको धान पल्टाउने, सुकाउने, सुकेको समेट्ने र दाइँ गर्न भ्याइएको छैन, बस्तीमा खेतीका कामदार भेटिदैनन्, अब कसरी खेती गर्ने होला ?” बर्दिबास–२ बारनचौडीकी किसान तुलसा उपाध्याय भन्नुहुन्छ, “धान थन्क्याउन पाइएको छैन, हिउँदेबाली लगाउन तयारी यसैबेला गर्नुछ, वरपर कृषि श्रमिक भेटिँदैनन्, खै खेती धान्न सकिएलाजस्तो लाग्न छाड्यो ।”

 

 

भर्खरै लगालगी महत्त्वपूर्ण चाडबाड सकेपछि धान थन्क्याउने तयारी गरिरहँदा किसानलाई पछिल्लो साता बेमौसमी वर्षाले दुःख दियो । अहिले अब वर्षाअघि काटेर निहिनमा सुकाएको धान समेट्ने धमाधम छ । अगौटे धान कतिले वर्षाअघि काटेर चुट्ने÷दाइँ गर्ने सकेका छन् । कतै काटेर निहिनमा सुकाइँदा भिजेको धान अहिले पानी थामिएयता दिनहुँ ओल्टाइपल्टाइ गर्नुपरेको छ । अलि पछौटे धान खेतमा पहेँलपुर बालामा झुलिरहेको छ । अब काट्ने सुरसार हुँदैछ । धान काटेर खाली भएको खेत खनजोत गरेर हिउँदे बाली लगाउने तयारीको बेला छ । तर अहिले (मजदुर नपाइँदा कुनै काम सोचे जसरी समयमा गर्न नपाएको किसान बताउँछन् ।

 

 

“यसपालि धान रोप्ने बेला खडेरी, निकै दुःखले रोपिएको धान दसैँताकाको वर्षासँगैको बाढी र डुबानमा पर्यो, अहिले धान थन्क्याउने बेला नचाहिँदो पानी परेर हण्डर दियो”, भङ्गाहा–९ हरिहरपुरहरिनमरीको सखुवाटोलका किसान बद्री यादव भन्नुहुन्छ, “अब खेतमै सुकाउँदा भिजेका पाँजा (निहिन) स्याहार्नै धौधौ छ, पाँजामै भिजेर उम्रेको धान देखेर मन थाम्न सकिन्न, गाउँघरमा जन पाइन्नन्, अब खेती गाह्रो छ ।” अबलगत्तै हिउँदेबाली कसरी लगाउने भन्ने चिन्ताले पिरोलेको उहाँको भनाइ छ ।

 

 

कामैकामको धमाधमको बेला छ । यस्तै बेला अतिरिक्त जनको आवश्यकता पर्दा मान्छे नपाएपछि खेतीपातीका कामले दिक्क हुन थालिएको किसान बताउँछन् । “हेर्नोस् न, खेतीपातीका कामले थिचेको बेला छ, जन मजदुर पाइँदैनन्, यो खेतीपाती पनि नगर्दा भोकै परिने गर्दा हत्ते हुइँने”, दिक्क हुँदै गौशाला–९ डुमरवानाका किसान शिवकरण राय भन्नुहुन्छ, “हामी किसानले कहिल्यै सुखसन्तोष भन्ने नपाउने भयौँ ।”

 

 

जिल्लाका गाउँनगर बस्तीमा खेतीपातीका काम जान्ने कृषि जनशक्ति कामकै लागि भारतका पञ्जाव र हरियाणा गएपछि यहाँ जनको अभाव भएको हो । खेतीपातीका काममा पोख्त मानिने मुसहर, बाँतर जाति समुदायका काम गर्नसक्ने उमेरदारी जति सबै पञ्जाव र हरियाणा गएका छन् । यी समुदायको बसोबासका बस्ती पस्दा अचेल हिँडडुल गर्न नसक्ने बूढाबूढी, महिला र ससाना भुराभुरीमात्र भेटिन्छन् । खेतीपातीका काम आफ्नै ठाउँमा पाइए पनि यहाँ पाइने बनी (पारिश्रमिक)ले घरपरिवार धान्न नसक्ने भएपछि हुर्केका किशोर (१५–१९ वर्ष) र युवा भारत जाने गरेका यहाँको थिति नै बसेको छ ।

 

 

खेतीपातीका काम जान्ने यहाँको युवा जनशक्ति भारतको पञ्जाव र हरियाणमा पसिना बगाउँदैछन् । थोरतिन जग्गा भएका किसानका छोरा साहुसँग महँगो ब्याजको ऋण काढेर अरब कतार पुगेका छन् । काम गर्ने उमेरका युवा विदेश गएपछि यहाँ खेतीपाती गर्न जनशक्ति घटेको छ । काम गर्ने मान्छे नपाएपछि अब किसान दिनदिनै खेती घटाउन बाध्य हुँदैछन् । यो अवस्थाले खेती धान्ने दिन सकिँदै गएको भङ्गाहा–६ हतिसर्वाको मदनपट्टी बस्तीका किसान राजनारायण राय थारू बताउनुहुन्छ ।“दुई दशकअघि मेरै गोठमा तीन हल गोरु थिए, आफैँ आठ–दश बिघा खेती गरिन्थ्यो”, थारू भन्नुहुन्छ, “अब हेर्नोस्, गोठ रित्तो छ ।” यहाँका कृषि श्रमिक विदेशिने क्रम नरोकिए अब केही वर्षपछि जताततै पर्ति जग्गा देखिने थारूको चिन्ता छ ।

 

जिल्लामा ७१ हजार हेक्टर कृषियोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ । बर्सेनि खेतीपातीमा अनुकूल नहुँदा आठ–दश हजार हेक्टरमा किसानले पालो बाली लगाउन पाउँदैनन् । उखु, रहरीसहितका बाली वर्षभरि लाग्ने भए पनि धेरैजसो जग्गा दुई–तीन बाली लगाउन मिल्ने छन् । तर खासमा जनशक्तिकै अभावले एउटा बालीपछिको अर्को बाली लगाउन छाडिएको भङ्गाहा–३ कटैयाकी ६० वर्षीया किसान रामराजी यादवको भनाइ छ ।

 

खेतीपाती गर्न बीउ, मलखाद समयमा नपाइने, सिँचाइको प्रबन्ध नहुनु, किसानले चाहिएको बेला सजिलोसँग दुई–चार पैसा ऋण नपाउने भएपछि जाँगर मर्न थालेको किसानको भनाइ छ । पछिल्ला वर्षहरूमा जनसमेत पाउन छाडिएपछि अब खेती गर्न आफ्नै परिवारको भरले मात्र गर्न सकिने गौशाला–११ का किसान लक्ष्मी महतो बताउनुहुन्छ ।

 

 

यो प्रतिकूलता हटाउन सरकारले किसानलाई ठिक समयमा बीउ, मलखाद, प्राविधिक सल्लाह र सुलभ खेती ऋणसँगै भारत जाने श्रमिकलाई यहीँ काम र दामको आकर्षण दिनसकेमात्र खेती थाम्न सकिने यहाँका किसान बताउँछन् । मुख्य रूपले स्थानीय सरकारले यसको तत्परता लिनुपर्ने यहाँका किसानको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,   स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार

कीर्तिपुर (काठमाडौँ),  नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९