प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

तेल अभिभ (इजरायल), इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।

 

यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक चहल–पहल तीव्र बनेको छ । प्रस्तावले प्यालेस्टिनी आत्मनिर्णयको सम्भावनालाई खुला राखेकाले यसको राजनीतिक महत्त्व झनै बढेको छ ।

 

 

नेतान्याहुले वर्षौंदेखि प्यालेस्टिनी राज्य बन्ने हो भने त्यसले अन्ततः हमासलाई तागत दिन सक्ने र इजरायलको सिमानामा हमासद्वारा सञ्चालित ठूलो राज्यको सम्भावना पैदा हुने दाबी गर्दै आउनुभएको छ । तर अमेरिकाले गाजामा युद्धविरामका लागि परिष्कृत प्रस्ताव अघि बढाउँदा इजरायलमाथि लचिलो देखिन अन्तर्राष्ट्रिय समुदायको तीव्र दबाब परेको छ ।

 

सुरक्षा परिषद्ले रुस, चीन तथा केही अरब राष्ट्रहरूको कडा आपत्तिका बीच पनि गाजामा अन्तर्राष्ट्रिय स्थायित्वकरण बल तैनाथ गर्ने प्रावधानसहितको अमेरिकी प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ ।

 

हमास तथा अन्य प्यालेस्टिनी समूहहरूले भने उक्त प्रस्तावलाई गाजामा ‘अन्तर्राष्ट्रिय जनादेश’ थोपर्ने कदम भन्दै आपत्ति जनाएका छन् । उनीहरूले प्रस्ताव इजरायलप्रति पक्षपातपूर्ण रहेको र प्यालेस्टिनीलाई आफ्नै मुद्दाहरू व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित गराउने आरोप लगाएका छन् । उनीहरूका अनुसार कुनै पनि स्थायित्वकरण बल प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसङ्घको नियन्त्रणमा रहनुपर्ने तथा इजरायललाई त्यो संरचनामा समावेश गर्न नहुने स्पष्ट माग गरिएको छ ।

 

अमेरिकी प्रस्तावमा गाजालाई निःशस्त्रीकरण गर्ने उल्लेखलाई हमासले कडा रूपमा अस्वीकार गरेको छ । नेतान्याहुले आइतबार आफ्ना मन्त्रीहरूसँगको छलफलमा गाजाको असैन्यीकरण ‘सजिलो वा कठिन दुवै तरिकाले’ गरिने चेतावनी दिनुभएको थियो ।

 

अमेरिकामाथि स्थायित्वकरण बलका लागि सैनिक योगदान दिन सक्ने मुलुकहरूको दबाब परेको हुँदा उसले प्रस्तावमा प्यालेस्टिनी आत्मनिर्णय सम्बन्धी भाषालाई अझ कडा बनाएको बताइन्छ । संशोधित प्रस्तावमा अब राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले ‘प्यालेस्टिनी राज्यका लागि विश्वसनीय मार्ग’ दिन सक्ने उल्लेख गरिएको छ । यसका विपरीत प्रतिद्वन्द्वी रूसी प्रस्तावले प्यालेस्टिनी राज्यको पक्षमा अझ सशक्त अभिव्यक्ति प्रयोग गर्छ ।

 

अन्तर्राष्ट्रिय समुदायले इजरायल–प्यालेस्टिनी दीर्घकालीन समाधानको एकमात्र व्यावहारिक मार्गका रूपमा दुई–राष्ट्र समाधानलाई वर्षौंदेखि औपचारिक मान्यता दिँदै आएको छ । तर नेतान्याहुका कडापन्थी गठबन्धन साझेदारहरूले उहाँलाई प्यालेस्टिनी स्वतन्त्रताको विषयमा कडा र कठोर कदम चाल्न दबाब दिइरहेका छन् ।

 

नेतान्याहुले आइतबार इजरायलको नीतिमा ‘एक इन्च पनि परिवर्तन नभएको’ उल्लेख गर्दै बाहिरी वा आन्तरिक कुनै पनि दबाबले आफूलाई विचलित नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई कसैको पुष्टि, ट्विट वा व्याख्यानको आवश्यक छैन ।”

 

पछिल्ला महिनाहरूमा उक्त दबाब झनै बढेको छ । सेप्टेम्बरमा बेलायत, अस्ट्रेलिया र क्यानाडाले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिएपछि नेतान्याहुले ती मुलुकहरूलाई ‘हमासलाई पुरस्कार दिने’ आरोपसमेत लगाउनुभएको थियो ।

 

यसबीच पश्चिम किनारमा बढिरहेको बसोबासकर्ता हिंसाका बारे नेतान्याहुले पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गर्दै हिंसा ‘एक सानो समूहका चरमपन्थीहरूको काम’ भएको दाबी गर्नुभयो । यद्यपि प्यालेस्टिनी तथा मानवअधिकार समूहहरूले उक्त दाबी अस्वीकार गर्दै हिंसा व्यापक भएको र सरकार मौन बसेको आरोप लगाएका छन् ।

 

पश्चिम किनारमा इजरायली गोली प्रहारबाट पछिल्ला दिनमा सातौँ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको भनाइ छ । इजरायली सैन्य अभियान तथा बसोबासकर्तासम्बन्धी आक्रमणहरू तीव्र रूपमा बढिरहेका छन् ।

इजरायली सेनाले आइतबार नब्लसमा भएको कारबाहीमा विस्फोटक प्रहार गर्ने प्रयासपछि जवाफी गोली चलाएको दाबी गरेको छ । त्यसपछि फेरो क्षेत्रमा ‘हानि पु¥याउन खोज्ने व्यक्ति’ मारिएको बताइएको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्यालेस्टिनी पक्षबाट तत्काल प्रतिक्रिया आएको थिएन । पश्चिम किनारका पछिल्ला घटनामा १५–१७ वर्षका छ जना किशोरसमेत मारिएका छन् ।

 

नेतान्याहुले बसोबासकर्ताद्वारा गरिने हिंसालाई ‘केवल केही कट्टर समूहको गतिविधि’ भने पनि अधिकार समूहहरूले यो हिंसा वर्तमान अतिदक्षिणपन्थी सरकारको ‘दण्डहीनता’ का कारण बढेको बताएका छन् । सेटलर नेताहरूले सरकारका महत्त्वपूर्ण जिम्मेवारी, जस्तै राष्ट्रिय प्रहरी बल तथा पश्चिम किनार नीति नियमन गर्ने मन्त्रालयहरू नेतृत्व गरिरहेका छन् ।

 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिम किनारका यी घटनाले ‘गाजामा भइरहेको कूटनीतिक प्रयासलाई कमजोर पार्न सक्ने’ चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार अक्टोबर महिनामा मात्रै इजरायली बसोबासकर्ताद्वारा प्यालेस्टिनीहरू विरुद्ध २६० भन्दा बढी आक्रमण दर्ता भएका छन् । यो सन् २००६ पछि कुनै पनि महिनामा सबैभन्दा उच्च हो ।

 

गाजामा पनि स्थिति जटिल छ । इजरायली सेनाले आइतबार आफ्नो नियन्त्रण क्षेत्रभित्र प्रवेश गरेका एक व्यक्तिलाई तत्काल खतरा उत्पन्न गरेको भन्दै मारिएको दाबी गरेको छ ।

 

दक्षिणी गाजाको खान युनुसस्थित मुवासी तम्बु शिविरमा भारी वर्षापछि बाढीका बीच विस्थापित परिवारहरू कठिनाइ बेहोर्दै बस्थे । फाटेका तम्बुहरूबाट पानी लगातार चुहिँदै थियो, बालबालिकाहरू नाङ्गै खुट्टा हिँडिरहेका थिए । विस्थापित प्यालेस्टिनी अब्दल्लाह अबु कुटाले भन्नुभयो, “हाम्रो तम्बु र स्नानगृह कपडाबाट बनेका छन् । घामले पहिल्यै जीर्ण पारेको छ । वर्षा परे सबै चीज भिज्छ । यो पीडा वर्णनातीत छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९