चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

राष्ट्रिय समाचार समिति (रासस)
सिरहा, १ मङ्सिरः आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिबेला जिल्लाको सदरमुकामदेखि गाउँगाउँसम्मका चोक र चिया पसलहरूमा बढेको छ । बिहानै चियाको तातोपनसँगै केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन तयारीका साथै सरकारले घोषणा गरेको निर्वाचनको विषयमा गहन छलफल सुरु हुन थालिसकेको छ ।

 

युवाहरूमा पनि चुनावी सरगर्मी उत्तिकै बढेको छ । विशेषगरी, निर्वाचनको माहोल बनाउन यहाँका जेनजी युवाहरू सक्रियतापूर्वक लागिपरेका छन् । लहानमा नगरस्तरीय जेनजी समूह गठन गरी युवा परिचालनमा जुटेका उमेश यादवले निर्वाचनको अपरिहार्यतामा जोड दिनुभयो ।

 

“घोषित मितिमा चुनाव हुनुको विकल्पै छैन । चुनावले मात्रै युवाहरूको मागलाई सम्बोधन गर्न सक्छ । पुरानो नेतृत्वलाई विस्थापित गरी नयाँलाई स्थापित गर्न सक्छ”, यादवले भन्नुभयो, “यही हिसाबले हामीले युवालाई सङ्गठित गर्दै वडा, नगर हुँदै क्षेत्रीय समितिहरू गठन र विस्तार अभियानलाई तीव्रता दिएका छौँ ।” उहाँले जेनजी मधेस प्रदेशका संयोजक शिव यादव र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग समन्वय गरेर चुनावी योजनाहरू अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

 

युवा नेताहरूले लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागको सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नभएको स्पष्ट धारणा सार्वजनिक गरिरहेका छन् । यद्यपि, सबै पक्ष चुनाव हुनेमा ढुक्क भने छैनन् ।

 

स्वतन्त्र युवा भोगेन्द्रकुमार यादवले भने केही दलहरूको तयारी र आन्तरिक विवादका कारण चुनाव हुने/नहुनेमा प्रश्न उठेको बताउनुभयो । “सुदन गुरुङलगायत जेनजीका अगुवा नेताहरूले यथास्थितिमा चुनाव हुन नदिने धारणा राखेका छन् । अर्कोतिर, नेकपा एमालेसहितका दलहरूले चुनावमा जान आनाकानी गरिरहेको अवस्थामा कसरी चुनाव होला ? यथास्थितिमा चुनाव रोक्न चाहने र चुनावमा जान हिच्किचाउने धारणा दुवैतिर देखिन्छ”, भोगेन्द्रको टिप्पणी छ । उहाँले राष्ट्रलाई सङ्कटबाट निकाल्न सबै पक्ष मिलेर चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।

 

 

निर्वाचनको घोषणासँगै जिल्लाका प्रमुख राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले भन्नुभयो, “चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लागेका छौँ ।” त्यस्तै, जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले चुनाव लक्षित कार्यक्रममा आफूहरू होमिसकेको बताउनुभयो । उहाँका अनुसार जनमत पार्टीले चुनावको विकल्प नदेखेको र मधेस प्रदेशमा सकारात्मक माहोल बनाउन युवाहरूलाई परिचालन गरिसकेको छ ।

 

 

नेकपा (एमाले)का मधेस प्रदेश समितिका सदस्य सुमेश यादवले पार्टीको महाधिवेशन नजिक रहेकाले त्यसको तयारीमा जुटेको बताउनुभयो । उहाँले संसद् पुनस्र्थापनाको माग रहे पनि एमाले निर्वाचनबाट नभाग्ने र महाधिवेशनले सबै विषयको छिनोफानो गर्ने प्रस्ट पार्नुभयो ।

 

 

नेपाली कांग्रेसका सिरहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने कल्पना पनि गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले पार्टी आन्तरिक रूपमा निर्वाचनको तयारीमा जुटिसकेको स्पष्ट पार्नुभयो ।

 

यता नवगठित नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरू चुनावी वातावरण बनाउन देशभरि अभियान चलाइरहेको बताउँछन् । पार्टीका युवा नेता हेमन्त यादवले सोही अनुसार तयारी थालेको बताउँदै प्रदेश, जिल्ला तथा नगरस्तरीय एकता घोषणा सभासँगै जेनजी आन्दोलनबाट उठेका मागहरूलाई सकारात्मक रूपमा लिएर चुनावमा जाने धारणा राख्नुभयो ।
यसैबीच, जेनजी समूहका युवाहरू निर्वाचनको माहोल सिर्जना गर्न र जेनजी आन्दोलनको उपलब्धि सुनिश्चित गर्न सिराहाका १७ वटै पालिकामा सक्रियता बढाइरहेका छन् । जेनजी समूह सिरहाका सल्लाहकार सुदीप कुशवाहले यस अभियानले युवालाई मतदान प्रक्रियामा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

घोषित मिति फागुन २१ गते नजिकिँदै गर्दा नेपालको राजनीतिक परिदृश्यमा निर्वाचनको सुनिश्चितता र त्यसले ल्याउने परिवर्तनको आशाले जनस्तरमा व्यापक बहस र उत्साह जगाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९