साइपाल, अपिलाई पर्यटकीय गन्तव्य बनाइँदै

चैनपुर (बझाङ), सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न प्रारम्भ भएको छ ।नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले साइपाल गाउँपालिकाको साइपाल हिमालदेखि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेका हुन् ।

 

 

साइपालदेखि अपिसम्मको पर्यटकीय विकासका लागि पदमार्गमा निर्माण गर्नुपर्ने भौतिक संरचनाका साथै अन्य अत्यावश्यक पूर्वाधारबारे दुई साता अध्ययन गरिएको सहारा नेपालका स्रोत व्यक्ति वसन्त बोहराले राससलाई बताउनुभयो ।पहिलो चरणमा होमस्टे, विश्रामस्थल, पुलपुलेसा तथा पदमार्ग निर्माणका लागि अध्ययन भएको जानकारी दिँदै उहाँले अब स्थानीयको सहयोगमा पूर्वाधार निर्माण थालिने बताउनुभयो ।

 

 

बझाङको साइपाल गाउँपालिकाको निलखटी हिमाल, सुर्मा गाउँपालिकाको बिरू ओडार र अपि हिमाल गाउँपालिकाको अपि आधार शिविर क्षेत्रको बीचमा पर्ने कालागाडमा पर्यटकका लागि धेरै संरचना बनाउनुपर्ने उहाँले बताउनुभयो ।पर्यटकीय क्षेत्रको विस्तारका लागि साइपाल गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा पर्यटकीय संरचना निर्माण गरिरहेको उक्त गाउँपालिकाका इन्जिनियर सुशील बोहराले बताउनुभयो ।

 

मानव बस्तीको अन्तिम गाउँ धुलीबाट अपि हिमालको आधार शिविरसम्म पुग्न एक साताभन्दा बढी पैदलयात्रा गर्नुपर्छ । बीचमा पाँच हजार २०० मिटर उचाइमा रहेको निलखटी हिमाल पार गरेर बिरू ओढार, कालागाड हुँदै अपिको फेदसम्म पुगिन्छ । उहाँले हिउँदमा हिमाल क्षेत्र पार गर्न नसके पनि अरु बेला पर्यटकलाई. यात्रा गर्न सहज हुने बताउनुभयो ।

 

 

“विगतमा साइपालबाट अपि जाने पर्यटकलाई पैदलयात्राको समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त्यो समस्या हट्ने छ । अर्को वर्षदेखि पर्यटकले बाटोमा बासका साथै खाना पनि पाउने छन् । पर्यटकका लागि आधारभूत संरचना निर्माण गरिने छ ।”

 

 

धुलीभन्दा माथि सञ्चारको समस्या भएकाले नेपाल टेलिकमसँगको साझेदारीमा त्यो समाधान गर्न सकिने बताउँदै भन्नुभयो, “अहिले धेरै समस्या भनेको नेटवर्कको छ । निलखटी पाटन (चार हजार तीन सय मिटर उचाइ) सम्म मात्रै नेटवर्क हुने हो भने पर्यटकलाई ठूलै राहत हुने थियो ।”

 

 

हाल पर्यटकहरू साइपालबाट ताक्लाकोट नाका वा उरै लेकसम्म जाने गरेका छन् । निलखटी हुँदै अपिसम्म जानेहरू खासै भेटिँदैनन् । पदमार्ग नभएकाले साइपालका सुन्दर स्थल आन्तरिक एवं बाह्य पर्यटकले देख्न नपाएका साइपाल गाउँपालिका–३ का गोपी बोहरा बताउनुहुन्छ । “पैदलमार्ग नभएकाले आएका केही पर्यटक पनि फर्कन्थे । अब बाटो खुलेपछि ताक्लाकोट जानेभन्दा बढी पर्यटक साइपाल–अपि रूटबाट यात्रा गर्ने विश्वास छ ।” उहाँले भन्नुभयो ।

 

 

पर्यटक आएपछि स्थानीयका लागि रोजगारीका अवसर सृजना हुनेमा साइपाल गाउँपालिका–४ धुलीका उमेश रोकाय ढुक्क हुनुहुन्छ ।“हाम्रो साइपालमा सयौँ पर्यटकीयस्थल छन् । अब यहाँ पर्यटक आइरहने वातावरण बन्दैछ । त्यसपछि केही नभए पनि भरिया र सहयोगीले काम पाउने छन्”, उहाँले भन्नुभयो । अपि–साइपाल क्षेत्रमा बाटो बनेपछि बेमौसममा पनि स्थानीयले काम पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९