आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

गण्डकी, पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।

 

उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ ।

 

महाप्रभुधाम संरक्षण समितिका संरक्षक स्वामी दिनदयालजी महाराजका अनुसार एक सय वर्षभन्दा अघि यहाँ स्वर्गद्वारीबाट हंश महाराजका चेला कपिलदेव महाराजले एक महिनासम्म ठूलो महायज्ञ लगाउनुभएको थियो । उक्त अवसरमा यहाँ अखण्ड हवनसँगै गौदानलगायत विभिन्न किसिमका अनुष्ठानहरू एक साथ गरिएको इतिहास रहेको उहाँले जानकारी दिनुभयो ।

 

“यहाँ महायज्ञ गरी सिद्धी प्राप्त गरेको स्थान भएकाले यस क्षेत्रको विशिष्ट महत्त्व छ”, स्वामी दिनदयालजीले भन्नुभयो, “यो ठूलो धार्मिक महत्त्वको तीर्थस्थल हो । महाप्रभुधामसँगै यहाँ नजिकै रहेको मणिद्विपले पनि विशिष्ट धार्मिक महत्त्व बोकेको छ ।” पाल्पाका तत्कालीन राजा मणिमुकुन्द शेनले स्थापना गरेको मणिद्विपको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पहल थालिएको उहाँले जानकारी दिनुभयो ।

 

“यहाँका धार्मिक महत्त्वका सम्बन्धमा विभिन्न किंवदन्ती पनि छन् । एक किंवदन्ती अनुसार यहाँ नजिकै रतन पाण्डे मन्दिर र महाप्रभुधामको बीच भागमा प्राचीन कालमा एउटा पोखरी थियो । धार्मिक महत्त्वको उक्त पोखरीमा रुखका पात खस्नासाथ चराले टिपेर लैजान्थ्ये । यस्ता विभिन्न किसिमका किंवदन्तीले पनि यहाँको ऐतिहासिक महत्त्वलाई झल्काउने बुढापाकाहरू बताउँछन्”, स्वामी दिनदयालजीले भन्नुभयो ।

 

 

करिब एक सय वर्षअघि महाप्रभुहरूले महायज्ञ सञ्चालन गर्दा निर्माण गरिएको हवन कुण्डले पनि यहाँको ऐतिहासिकतालाई थप प्रष्ट पार्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष नवराज बरालले उल्लेख गर्नुभयो । समितिले यहाँको ऐतिहासिकता एवम् धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यले विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उहाँले बताउनुभयो ।

 

 

उक्त समयको ऐतिहासिकताको जीवन्त साक्षी हवन कुण्डसहित धार्मिक महत्त्वका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डेथानको संरक्षणसँगै प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सििमति अघि बढेको उहाँको भनाइ छ ।

 

 

पोखराको महेन्द्रपुलबाट आधा घण्टाभित्रै सवारीसाधनबाट पुग्न सकिने महाप्रभुधामसहित यहाँका विभिन्न स्थानहरूबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, दक्षिणतर्फ पोखराको मनमोहक दृश्य एकसाथ अवलोकन गर्न सकिने समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालले जानकारी दिनुभयो । धार्मिक पर्यटनका दृष्टिले आर्बा सम्भावना बोकेको क्षेत्र भएकाले यस ठाउँको प्रवर्द्धन अपरिहार्य रहेको उहाँको भनाइ छ ।

 

 

महाप्रभुधामसँगै यहाँ रहेका मणिद्विप, रतन पाण्डेको मन्दिरलगायत स्थानलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेतर्फ आँफूहरू लागिरहेको समितिका सचिव भोजराज बरालले बताउनुभयो ।

 

 

महाप्रभुधाम नजिकै रहेको रतन पाण्डे मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थानका रूपमा चिनिएको उक्त मन्दिर संरक्षण समितिका अध्यक्ष घनश्याम बरालले उल्लेख गर्नुभयो । यसको थप प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

 

 

उहाँका अनुसार रतन पाण्डे मन्दिरमा प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा यहाँका स्थानीयले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । रतन पाण्डेको पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्रचलन प्राचीन समयदेखि रहिआएको उहाँले जानकारी दिनुभयो ।

 

 

“रतन पाण्डेलाई वायुका राजाका रूपमा लिने गरिएको छ”, अध्यक्ष बरालले भन्नुभयो, “यहाँ अत्यन्त निष्ठापूर्वका पूजाआजासँगै तयार गरिएको प्रसाद मन्दिर परिसरमा बसेर धारण गर्नुपर्ने, घरमा लैजान नहुनेलगायत विधि र प्रक्रिया रहेकाले यसको विशेष महत्त्व छ ।”

 

 

पछिल्ला समयमा महाप्रभुधाम र मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन रहेको समाजसेवी शिरोमणि बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्बामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो ।

 

 

स्थानीयका अनुसार शक्तिशाली शक्तिपीठका रूपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट हुनुभएको थियो । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका स्थानीय बताउँछन् । नागको दोषका कारण स्वास्थ्य, लगानीलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने जनविश्वास रहिआएको रतन पाण्डे मन्दिर संरक्षण समितिका अध्यक्ष बरालले जानकारी दिनुभयो ।

 

 

प्राचीनकालदेखि सन्यासी बस्दै आएको यहाँको खरले छाएको मन्दिर विसं २०६२ मा पुनःनिर्माण गरिएको थियो । विसं २०६३ मा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो ।

 

 

प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयको अनुभव छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आउनुुभएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको थियो ।

 

 

करिब १५ वर्षअघि भारतको हरिद्वारबाट आउनुुभएका १००८ महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ महामण्डलेश्वर सुतिक्षण मुनीजी महाराज, सन्त दिनदयालजी महाराजको उपस्थितिमा महाप्रभुधाममा शतबीज छर्न सुरु गरेसँगै यो स्थल धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण बनेको महाप्रभधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका पूर्वअध्यक्ष धर्मराज बरालले जानकारी दिनुभयो ।

 

 

महाप्रभुधामसहित मणिद्विप, रतन पाण्डेलगायत धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सन्दर्भमा सरोकार भएका निकायसँगको समन्वयमा आँफूहरू लागिरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताउनुभयो । महाप्रभुधाम क्षेत्रको विकासका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताउँदै उहाँले यहाँका पूर्वाधार विकासका लागि करिब रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९