कृषि उत्पादन बढाउन बगैँचा व्यवस्थापनमा जोड

गण्डकी,  पोखरा महानगरपालिका–३१ खनास्वारामा रहेको कागती बगैँचाको बागवानी विकास स्रोत केन्द्र मालेपाटनको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी बगैँचा व्यवस्थापनमा जोड दिएको छ । टोलीले फार्मको बगैँचा व्यवस्थापन समग्र रूपमा सन्तोषजनक देखिए पनि गुणस्तरीय र उत्पादकत्व वृद्धिका लागि नियमित निगरानी र उचित कृषि प्रविधिको प्रयोग आवश्यक रहेको सुझाव दिएको छ । अनुगमनका क्रममा टोलीले कागती बगैँचामा कत्ले कीराको प्रकोप देखिएको र यसले उत्पादनमा दीर्घकालीन असर पार्न सक्ने भएकाले समयमै उपचार र जैविक कीट व्यवस्थापन विधि अपनाउन सुझाव दिएको छ ।

 

बागवानी विकास स्रोत केन्द्र कृषि व्यवसाय प्रवर्द्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटनका बरिष्ठ बागवानी अधिकृत सोनी रानाले फलफूल बगैँचा व्यवस्थापनमा जोड दिन सकेमात्र दिगो उत्पादन लिन सकिनेमा जोड दिनुभयो । “यो समय बोटबिरुवाको काँटछाँट र बगैँचा सरसफाइमा ध्यान दिनु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “कागतीको बोटमा सुकेका र बढी भएका हाँगा समयमै हटाइएन भने विभिन्नखाले रोगको प्रकोप बढ्नुका साथै उत्पादनमा कमी आउने छ ।”

 

बगैँचामा झरेका तथा कुहिएका कागतीका फलले रोग निम्त्याउने खतरा बढ्ने हुँदा त्यस्ता फललाई समयमै व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड थियो । आठ वर्षअघि झाडी फाडेको भिरालो पाखोमा लगाएका पाँच सय सोना जातका कागतीका बिरुवाले चार वर्षदेखि निरन्तर उत्पादन दिन थालेको र वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्दै आएको फार्म सञ्चालक टुकाराम लामिछानेले जानकारी दिनुभयो ।

 

यस वर्षको भदौ, असोज र कात्तिक तीन महिनामै कागती बिक्रीबाट रु नौ लाख आम्दानी गरेको बताउँदै लामिछानेले आजका मितिसम्म सरकारीस्तरबाट कुनै पनि सेवासुविधा उपलब्ध नभएको दुखेसो सुनाउनुभयो । यतिखेर बजारमा कागती प्रतिकिलो रु दुई सयदेखि रु दुई ५० का दरले बिक्री भइरहेको छ ।

 

पैसठ्ठी वर्षको उमेर पनि युवा जोशका किसान लामिछाने भन्नुहुन्छ, “परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रूपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको स्रोत बनेको छ ।” एलसी अग्र्यानिक कृषि फार्म दर्ता गरेर सुरु गर्नुभएको उहाँको निजी २६ रोपनी जग्गामा कागतीसँगै अन्तरबालीका रूपमा तरुल, खकबरे खुर्सानी, टिमुर, अमला, ओल, आभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, हर्रो, मेकानियानटजस्ता विभिन्न जातका फलफूलका बिरुवा समेत फस्टाएका छन् । सो अवसरमा कागतीको उन्नत जात र रोगसँग लड्ने सक्ने क्षमता भएको बिरुवा उत्पादनका लागि आवश्यक नमूनासमेत सङ्कलन गरिएको टोलीमा संलग्न स्रोत केन्द्र बाली संरक्षण अधिकृत सुष्मा मरहठ्ठाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९