सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी, मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले उक्त क्षेत्रमा सडक स्तरोन्नतिका क्रममा सडक मापदण्डभित्र पर्ने घरटहरा र संरचनाको रकम उपलब्ध गराउन थालेको हो ।

 

रिडी–तम्घास सडकमा मदन भण्डारी राजमार्ग योजना कार्यालयले क्षतिपूर्तिबापत स्थानीयलाई हालसम्म रु एक करोड ५२ लाख भुक्तानी गरिसकेको सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । यसपटक कम बजेट विनियोजन भएका कारण यस आर्थिक वर्षमा ५० प्रतिशतमात्र उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

 

कार्यालयले रिडी–तम्घास सडकखण्डमा सडक मापदण्डभित्र पर्ने २७ घरटहरा तथा संरचनाको क्षतिपूर्ति उपलब्ध गराइसकेको छ । उक्त खण्डमा क्षतिपूर्तिबापत रु पाँच करोड २३ लाख ६१ हजार मूल्याङ्कन गरिएको छ । सो मूल्याङ्कनमध्ये हालसम्म रु एक करोड ५२ लाखमात्र भुक्तानी उपलब्ध गराएको कार्यालय प्रमुख रमेश चौधरीले जानकारी दिनुभयो । क्षतिपूर्ति प्राप्त गर्न मापदण्डभित्र पर्ने संरचना हटाएपछि मात्र भुक्तानी पाउने भएकाले अन्य व्यक्तिको भुक्तानी पनि प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

 

कार्यालयले पहिलो चरणअन्तर्गत एक सय दुई जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउन लागेको हो । जिल्लामा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिबाट भएको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले यसअघि नै क्षतिपूर्ति पाउनेहरूको नामावली सार्वजनिक गरी सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यसका लागि प्रभावित क्षेत्रका घरधनीलाई कार्यालयले मापदण्डभित्र पर्ने घरटहरा र संरचना हटाउन सूचित गरिसकेको छ ।

 

क्षतिपूर्ति प्राप्त गर्न सडक स्तरोन्नतिका क्रममा घरटहरा, शौचालय, गोठ तथा अन्य भौतिक संरचनाको आवश्यक कागजात पेस गर्न सम्बन्धित संरचना धनीलाई आग्रहसमेत गरिसकेको सूचना अधिकारी पौडेलले बताउनुभयो । प्रभावित घरधनीले क्षतिपूर्ति प्राप्त गर्न नागरिकता र लालपुर्जाको प्रतिलिपि, ब्लुप्रिन्ट नक्सा, वडा कार्यालयको सिफारिस, घरधनीको निवेदन, आव २०८२÷८३ को तिरो तिरेको रसिद, वडा कार्यालयको मुचुल्का तथा घरको चारैतिर देखिने तस्बिर आवश्यक पर्ने बताइएको छ ।

 

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रिडीदेखि गुल्मीदरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । उक्त सडक स्तरोन्नतिका लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार गाउँपालिकाले निर्माणकार्यलाई सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन स्थानीयलाई आग्रह गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९