सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

काठमाडौँ, सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।

 

दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स (ग्लोबल)’ को सह–आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स–२०२५’ हुने भएको हो ।

 

 

आज पत्रकार सम्मेलनमार्फत सम्मेलन सञ्जालका प्रेस सल्लाहकार गोविन्द खड्काले यही डिसेम्बर ८ देखि १० गतेसम्म तीनदिने सम्मेलन काठमाडौँमा आयोजना हुने जानकारी गराउनुभयो ।  यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभरि मनाइने भएको हो ।

 

सम्मेलनमा नेपालसहित २१ देशबाट १४० भन्दा बढी प्रतिनिधि, विशेषज्ञ, नीति निर्माता, युवा तथा सरोकारवालाको उपस्थितिमा १२  विषयगत सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा प्रस्तुतीकरण सत्र, प्यानल छलफल, प्लेनरी सत्र, कार्यशाला रणनीति तथा कार्य समूह गठन सत्रका रुपमा छलफल गरिनेछ ।

 

त्यसैगरी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, बेनिन, भूटान, बुल्गेरिया, क्यामरुन, कङ्गो, फ्रान्स, जर्मनी, गिनिया, भारत, इटाली, आइवरी कोस्ट, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, स्पेन, टोगों र अमेरिकाका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।

 

‘राधा पौडेल फाउन्डेसन’की संस्थापक राधा पौडेलले यो सम्मेलनले ‘महिनावारी विभेद लैङ्गिक हिंसा हो, मानव अधिकारको उल्लङ्घन हो र महिनावारी विभेद विश्वभरि छ’ भन्ने सन्देशलाई समग्र रूपमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रूपमा नीतिगत बहसलाई अगाडि बढाउने, अनुभव आदान–प्रदान गर्ने, प्रमाण–आधारित समाधान खोज्ने र सहकार्य सुदृढीकरणमा ऐतिहासिक टेवा पु¥याउने अपेक्षा गरेको छ ।”

 

नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरु भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९