जेनजी आन्दोलनका सहिदः ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

सुरुङ्गा (झापा)   अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका युवा भनेर चिनिनुहुन्थ्यो । परिवारको मुस्कान, छिमेकीको भरोसा र समाजको आशा बनेका दिनेश अहिले केवल सम्झनामा मात्र बाँकी हुनुहुन्छ । गत भदौ २४ गते बिर्तामोडमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते हुनुभएका उहाँले तीन दिनको उपचारपछि भदौ २७ गते बीएन्डसी अस्पतालमा प्राण त्याग्नुभयो ।

 

दिनेशको परिवारमा अहिले पनि त्यो दिन सम्झँदा आँसुका धारा रोकिँदैनन् । ३० वर्षीया श्रीमती जानती, ५५ वर्षीया आमा सपना, छ वर्षीय छोरा रिदम र १३ महिनाकी छोरी दिपीका—सबै दिनेशकै भरमा थिए । बुबा मङ्गलु राजवंशी तीन वर्षअघि बितेपछि घरको आधार दिनेश नै हुनुहुन्थ्यो । दुई वर्ष कतारमा पसिना बगाएर कमाएको पैसाले घर बनाएका उनले स्वदेश फर्किएपछि केही उद्यम गरेर परिवारलाई आर्थिक स्थायित्व दिने सपना बोकेका थिए ।

 

रोजगारीको खोजीमा कतार पुगेका दिनेशले अब आफ्नो देशमा केही गर्छु, छोराछोरीलाई राम्रो पढाउँछु  भन्ने सोच बोकेर घर फर्किनुभयो ।  यही सोचले उहाँले शनिश्चरेमा मासु पसल सुरु गर्नुभयो । श्रीमती जानती पनि दैनिक ज्याला मजदुरी गर्नुहुन्थ्यो । श्रीमान्–श्रीमतीको संयुक्त मिहेनतले परिवार चलिरहेको थियो । तर, जेनजी आन्दोलनले दिनेशको परिवारको गति नै मोडिदियो ।

 

‘कान्छी म बिर्तामोड गएर आउँछु, मल पनि बुझ्छु, दोकान खोल्ने माहोल छ छैन त्यो पनि हेर्छु, नानी केटाकेटीलाई खुवाएर तिमी पनि खाना खानु है’ उहाँले मसँग बोलेको अन्तिम शब्द यही हो भक्कानिँदै जानती भन्नुहुन्छ, “श्रीमान्को निधनसंगै मेरो सिउँदो त उजाडियो नै छोराछोरीसमेत टुहुरा भए, अनि घर नै भताभुङ्ग भयो ।”

 

छोराले कहिल्यै बिर्सन नसक्ने प्रश्न गर्ने गरेको बताउँदै जानतीले भन्नुहुन्छ, “ममी, बाबालाई कसले गोली हान्यो होला ? नहान्दा पनि हुन्थ्यो नि ?” छोराको यो प्रश्नसँगै जानतीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन्  । मोबाइलमा कहिलेकाहीँ आन्दोलनको भिडियो छोरा रिदमले देख्छ अनि भिडियो हेरेर भन्छ, “ममी, कति मान्छे त बाँचेका छन्, हाम्रो बाबा पनि बाँचेको भए हामी बाबासँगै बोल्थ्यौँ अनि  खेल्थ्यौँ नि,” जानतीले भन्नुभयो, “म आमा हुँ । उसको मन कति चिरिन्छ होला–शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।” भर्खर १३ महिनाकी छोरी दिपीकाको भर्खर बोली फुट्दैछ, जानतीले सुनाउनुभयो, “कहिलेकाहीँ छोरीले ‘बाबा’ भन्छिन् छोरीको त्यो आवाज सुन्दा मुटु नै फुट्लाजस्तो हुन्छ ।”

 

दिनेशकी आमा सपना अझै पनि निस्तब्ध हुनुहुन्छ  । “कान्छालाई दशाले बिर्तामोड पु¥यायो । छरछिमेकमा सानोतिनो झैझगडा हुँदा त नजाने मेरो छोरो कसरी त्यहाँ गयो”, उहाँले भन्नुभयो, “अब कान्छो फर्किंदैन थाहा छ,  तर पनि बाटामा कोही अरू नै हिँडे कान्छाकै झल्को आउँछ ।”

 

अहिले दिनेशको निधनपछि परिवारको सबै आधार सुस्ताएको छ । दिनेशको निधन हुँदा दाजु गोवद्र्धन विदेशमै रहनुभएको थियो । भाइको निधनको खबर सुनेर रातारात उहाँ स्वदेश फर्किनुभयो । भाइको काजकिरिया दाजु गोवद्र्धनले नै गर्नुभयो । “मुलुकका लागि भाइले प्राण त्याग्यो”, दाजु गोवद्र्धनले भन्नुभयो, “अब राज्यले कम्तीमा दिनेशका छोराछोरीलाई राम्रो शिक्षा पाउने व्यवस्था गरिदिनुपर्छ ।” भाइको काजकिरिया सकेलगत्तै उहाँ अहिले विदेश फर्कनुभयो । दाजु पनि विदेशिएपछि राजवंशी परिवारमा थप सन्नाटा छाएको छ ।

 

 

दिनेशको निधनपछि राज्यले दिनेशलाई सहिद घोषणा ग¥यो । सहिद परिवारलाई प्रदान गरिने रु १५ लाख परिवारलाई उपलब्ध गरायो । स्थानीय संस्थाहरूले पनि थप केही आर्थिक सहयोग रकम प्रदान गरेका थिए । अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि घरै गएर  छोराछोरीलाई कक्षा १२ सम्म पढाइ दिने बचन छन् । जानतीको मनमा शान्ति पटक्कै छैन । उहाँ भन्नुहुन्छ, “पैसाले मात्र के हुँदोरहेछ र मान्छे नै नरहेपछि ।” अब राज्यले हामी सहिद परिवारलाई रोजगारी सहितको दीर्घकालीन व्यवस्था गरिदिओस् भन्ने उहाँको आग्रह छ । “छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “परिवारलाई आत्मनिर्भर हुने रोजगारी उपलब्ध गरियोस् ।”

 

 

दिनेशको निधनसँगै जानतीलाई जिम्मेवारी थपिएको छ । “मासु पसल अहिले बन्द छ, पसल बन्द भएपछि आयस्रोत पनि बन्द छ”, उहाँले भन्नुभयो, “ठेक्कामा धान खेती गरेका छौँ । अहिले धान थन्क्याउन हामीलाई समस्या छ । घर हेर्नु कि नानीको हेरचाह गर्नु कि, धान थन्क्याउनु समस्याले एकै पटक गाज्यो ।” ससाना छोराछोरी, सासूआमाको हेरचाहसँगै व्यवहार गर्न अहिले उहाँलाई मुस्किल परेको छ । उहाँ भन्नुहुन्छ, “आफ्नो जमिनमा फलेको अन्नले मात्र खान पुग्दैन, ठेक्कामा धान खेत गरेका थियौँ, अहिले त्यही अर्मपर्म गरेर बाली उठाउँदैछु ।”
श्रीमान्को मृत्युपछि छिमेकीहरूको सद्भाव र आफन्तको साथले म सम्हालिन खोज्दैछु जानतीले भन्नुभयो, “छिमेकीहरु आउनुहुन्छ, मलाई सम्झाउनुहुन्छ, सान्त्वना दिनुहुन्छ । राम्रो मान्छेको आयु लामो हुँदैन भन्छन्–दिनेश पनि राम्रो मान्छे थियो, छोटो आयु लिएर आएछ पीर नगर्नू ।” छिमेकीका सान्त्वनाका यी शब्दहरूले पीडा कम गर्न खोजे पनि मन बुझाउन भने निकै गाह्रो हुने उहाँको भनाइ छ । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली पेटमा लागेर ढल्नुभएका दिनेशका सपनाहरू जेनजी आन्दोलनको भीडसँगै निभे तर उहाँका छोराछोरी र परिवार अझै पनि भविष्यको उज्यालो खोजिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु),  यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ ।इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९