ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

पाटन (ललितपुर),  विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका २९ उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, २९ उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक र एक उत्कृष्ट टिभी ट्रेसर र एचआइभी काउन्सलरलाई सम्मानसहित पुरस्कृत गर्नुभएको हो । त्यस्तै महानगरमा लामो समय काम गरेर अनिवार्य अवकाश भएका ६ जना महिला स्वास्थ स्वयंसेविका र २० जना टोल स्वास्थ्य उत्प्रेरकलाई नगल  एक लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई÷तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताउनुभएको हो । “तपाईंहरुको कारणले ललितपुर महानगरको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम भएको छ, हामी तपाईंहरुको कामको प्रशंसा गर्न चाहन्छु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समस्या समाधान गर्न तीन महिनाभित्र एउटा कार्यविधि निर्माण गर्नेछौँ, ७५३ स्थानीय तहमध्ये हामीले उत्कृष्टस्तरको काम गरेका छौँ, ललितपुर महानगर भन्नासाथ राम्रो काम गर्ने नगरपालिका भनेर चिनिन्छ, स्वास्थ्य क्षेत्रमा प्राप्त सुझावलाई ग्रहण गरेर कार्यान्वयन गर्छौँ, हामी बोल्ने मात्रै हैन, बोलेको कुरा काम गरेर देखाउन सक्छौँ ।” उहाँल भन्नुभयो ।

 

ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएको सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले धेरै चर्चा गर्नेभन्दा पनि जनताको हीतमा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिका रूपमा ललितपुर महानगर प्रमुखको भूमिका रहेको भन्दै ललितपुर महानगरले उत्कृष्ट काम गरिरहेको धारणा राख्नुभयो । उहाँ ललितपुर महानगरले मानव संशाधनको विकास, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थको विकासमा अनुकरणीय काम गरेको भन्दै शारदा नगरपालिकाल पनि ललितपुर महानगरको समन्वय र सहयोगमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बताउनुभयो ।

 

कार्यक्रममा महानगरको सामाजिक विकास समितिका संयोजक प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले धेरै वडामा खुला आकाशमुनि बसेर भिटामिन ए खुवाउनु परेकोमा अवदेखि २९ वटै वडामा टेवल, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने बताउनुभयो । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वयंसेवकको योगदानले स्थानीय समुदायदेखि विश्वले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने भन्दै सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न र आमसर्वसाधारणको स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन महत्त्वपूर्ण काम भएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कारण मातृमृत्युदर, बालमृत्युदरमा कमी आएको भन्दै महिला स्वास्थ स्वयंसेविकाको योगदानले सुरक्षित मातृत्वको लागि अतुलनीय योगदान भएको भन्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका महानगरको स्वास्थ क्षेत्रको मेरुदण्ड भएको धारणा राख्नुभयो । जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महिला स्वास्थ स्वयंसेविकाको योगदानले नेपालले स्वास्थ क्षेत्रमा दक्षिण एसियामा नै उत्कृष्ट स्थान हासिल गर्न सकेको धारणा राख्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९