फु गाउँको गोरेटो बाटो स्तरोन्नति

मनाङ,गण्डकी प्रदेशको अति विकट मानिएको मनाङको नार्पाभूमि गाउँपालिका । हालसम्म स्थलमार्गका रूपमा सडक नपुगेको नार, फु गाउँमा आउजाउका लागि पैदलमार्ग अर्थात् गोरेटो बाटोको मात्रै प्रयोग हुन्छ । यहाँका गोरेटो बाटो जीर्ण अवस्थामा पुगेपछि स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

 

गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक सहयोगमा फु गाउँका गोरेटो बाटो स्तरोन्नति गरिएको जनाइएको छ । यहाँको भूभागमा रहेका उकालो, ओरालो तथा भिरालो बाटोमा यात्रा गर्दा जोखिम हुने भएपछि जीर्ण बन्दै गएका गोरेटो बाटोको स्तरोन्नति गरी सहज बनाइएको हो ।

 

नार्पाभूमि–५ स्थित फु गाउँका पैदल हिँड्ने गोरेटो बाटो स्तरोन्नति गरिएको एक्यापले जनाएको छ । गोरेटो बाटो जीर्ण बन्दै जानुका साथै आउजाउमा जोखिम बढेपछि स्तरोन्नतिका निम्ति स्थानीयको मागअनुसार स्तरोन्नति गरिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उक्त क्षेत्रका रु पाँच लाखको लागतमा गोरेटो बाटो स्तरोन्नति गरी प्रयोगयोग्य र सुरक्षित बनाइएको उहाँले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कम जनसङ्ख्याको यात्रा तथा बसोबास हुने भएकाले सहजता कायम गर्न आवश्यक छ, यी क्षेत्रमा यात्रा सहज बनाउन गोरेटो बाटो स्तरोन्नति गरिएको छ, यस गोरेटोको स्तरोन्नतिले यहाँका गाउँमा आउने पर्यटक तथा स्थानीयवासीलाई सहज बनाउनेछ ।” समुद्री सतहबाट चार हजार १०० मिटरको उचाइमा अवस्थित फु गाउँभित्रको करिब १७७ मिटर लम्बाइका गोरेटो बाटोमा छपनी ओछ्याउने, पर्खाल लगाउने तथा सिँढी निर्माण गर्ने कार्य गरिएको भुजेलले बताउनुभयो ।

 

उकालो–ओरालो धेरै रहेको भौगोलिक अवस्थाका कारण पैदल आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीयवासी तथा गाउँ भ्रमणमा आउने पर्यटकको सहज यात्रा सुनिश्चित गर्न स्तरोन्नति कार्य महत्वपूर्ण भएकाले एक्यापको सहयोगमा गोरेटो बाटो स्तरोन्नति गरिएको हो । स्थानीयका अनुसार वर्षायाममा बाटो चिप्लो हुने, ढुङ्गा माटो बग्ने तथा कतिपय स्थानमा जोखिम बढ्ने भएपछि संरक्षण कार्यालयसँग पहल गरिएको थियो ।

 

उक्त मागलाई प्राथमिकताका साथ एक्यापले आवश्यक बजेट उपलब्ध गराएपछि निर्माण कार्य गरिएको हो । गोरेटो बाटो स्तरोन्नतिसँगै गाउँभित्रका दैनिक क्रियाकलाप, सामान ढुवानी तथा बालबालिकालाई विद्यालय आउजाउमा सहज हुने अपेक्षा गरिएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको मनाङका पदमार्गको मर्मत–सम्भारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायी पेम्बा धोर्जे लामाले बताउनुभयो । उहाँले व्यवस्थित पदमार्ग तथा आधारभूत पूर्वाधार निर्माणले पर्यटकको बसाइ अवधि लम्बिने र गाउँ आर्थिक रूपमा सबल बन्न सहयोग पुग्ने बताउनुभयो ।

 

 

गोरेटो बाटो स्तरोन्नतिले फु गाउँको समग्र विकासमा नयाँ ऊर्जा थपेको भन्दै स्थानीयमा हर्षित भएका छन् । एक्यापको निरन्तर सहयोगले गाउँका अन्य आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान पुग्ने विश्वास लिइएको छ । सडकसमेत नभएको यस स्थानको गोरेटो बाटो स्तरोन्नति भएपछि यात्रामा सहज बन्दै आएको छ । तीनै तहको सरकारले ध्यान दिनसके यस विकट क्षेत्रका स्थानीयको यात्रा तथा धेरै दिन लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटाउने प्रयास गर्नुपर्ने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९