आलेखः ‘अब हामी धेरै कुर्दैनौँ’

काठमाडौँ,  कैलालीकी सरिनाकुमारी चौधरीले आफ्नो प्रेमीका लागि सबै सुम्पिनुभयो–समय, सम्पत्ति र सपना । यी सबै बेचेर प्रेमीले आफूलाई बनाए । सामान्य चिकित्सा (एचए) पढेँ । कमाउने भएँ । बदलामा चौधरीलाई भने तिरस्कार मिल्यो । “तिरस्कार मात्रै के भन्नु ! कुटपिट, लाञ्छना र हिंसा मिल्यो । मैले आफूलाई रित्याएर उसलाई बनाएँ तर उसले आफू बनेपछि मलाई धोका दियो”, उहाँले बेदना सुनाउनुभयो ।

 

 

उहाँको सम्बन्ध परिवारको सहमतिअनुसार नै भएको थियो । अन्तिममा धोकाको अगाडि परिवारको बन्धनले बाँधिरहन सकेन । पाँच वर्षको सम्बन्ध वियोगान्त भयो । “परिवारको सहमतिमा मगनी भयो र केही समयपछि बिहे गर्ने सहमति थियो । सहमतिअनुसार मैले आफ्नो पढाइ छोडेर काम गरेर उसको पढाइमा सहयोग गरेँ । पाँच वर्ष श्रीमान–श्रीमतीजस्तै बस्यौँ, तर अन्तिममा धोका पाएँ ! उसले पढाइ सकेपछि विभिन्न लाञ्छना लगाएर कुटपिट तथा हिंसा गर्न थाले । जति गर्दा पनि सम्बन्ध नजोगिने भएपछि कानूनको ढोका ढक्ढक्याएँ । पछि आफ्नो अधिकार र अंश लिएर अलग्गै बसिरहेकी छु”, सरिनाले भन्नुभयो ।

 

 

चितवन माडीकी सुस्मा महतले बिहे गरेको नौ वर्ष भयो । दुई सन्तान छन् । केही समयअघि श्रीमानलाई माइतीको जमिन बन्धकी राखेर उहाँले विदेश पठाउनुभयो । शुरुमा जिन्दगी ठिकठाक चलिरहेको थियो तर त्यो लामो समय चलेन । एकाएक विदेशमा रहेका श्रीमानसँग सम्पर्क टुट्यो । त्यसबीचमा परिवारलाई थाहै नदिई श्रीमान् नेपाल आएका रहेछन् । “नेपाल आएको पनि अर्कै व्यक्तिबाट सुनेँ । एउटा केटीसँग बसिरहेको छ भनेर थाहा पाएपछि म त छाँगाबाट खसे झैँ भएँ । घटना प्रहरी प्रशासनसम्म पुग्यो, पटकपटक मेलमिलापमा टुङ्गियो”, उहाँले भन्नुभयो, “मेलमिलापपछि फेरि उही कुरा दोहोरियो, केही समय मसँग बस्ने फेरि हराउने ।  पछि श्रीमान् र त्यो केटी मिलेर दुःख दिन थाले । घर परिवारले साथ दिएन ।”

 

 

महतका अनुसार माइती पक्षले श्रीमानलाई विदेश पठाउन बन्धकी राखेको जमिन छुटाउन भन्छन्, स्थानीय ऋणीले ऋण चुक्ता गर्न दबाद दिन्छन्, तर साथमा न श्रीमान् छन् न त सम्पत्ति । अचेल उहाँ माइतीघरमा बस्न बाध्य हुनुपरेको छ । “सानै उमेरमा विवाह भयो, १७ वर्षमा पहिलो र १९ वर्ष दोस्रो सन्तान भए । अब त सन्तान हुर्किए भनेर सोचेकामा अर्को समस्या आइलाग्यो । सन्तानकै चिन्ताले श्रीमानको हिंसा सहेँ, अब त अत्ति भएपछि घर छाडेर न्यायका लागि लडिरहेकी छु । अब सहन्न”, उहाँले भन्नुभयो ।

 

 

धनुषा ढल्केबरकी ललितादेवी महतोले मौनता तोडेपछि नै हो न्याय पाएको । परिवारले न्यायको चित्कार सुन्न छोडिसकेको थियो । छिमेकीले अर्काको घर झगडामा किन चासो राख्नु भनेर बेवास्ता गर्न थालिसकेको थियो ।  घरेलु हिंसा बढ्दै गएपछि उहाँले अधिकारको लडाइँ लड्नुभयो र न्याय पनि पाउनुभएको छ । “मलाई झुक्याएर विवाह गरियो । घर परिवारले नै धर्म संस्कारअनुसार हाम्रो बिहे गरिदिए, केही समयपछि त उहाँको अर्को श्रीमती छ भन्ने थाहा पाएँ । छोराछोरी भए । जब सन्तानको जन्मदर्ता र मेरो नागरिकताको कुरा आयो, तब हिंसा शुरु भयो । बिहे गर्दादेखि चुपचाप रहेकी अर्को श्रीमतीले अब अवरोध गर्न थालिन्”, महतोले सुनाउनुभयो ।

 

 

न्यायका लागि स्थानीय प्रशासनमा गएपछि बहुविवाहको कुराले समस्या भयो । पालिका र जिल्ला प्रशासन कार्यालयबाट माग सुनुवाइ नभएपछि महतो अदालत जानुभयो । अदालतको फैसलाअनुसार नागरिकता, छोराछोरीको जन्मदर्ता र सम्पत्तिमा अधिकार स्थापित भएको छ । “मैले आवाज नउठाएको भए अहिले पनि हिंसा भोगिरहेकी हुन्थेँ होला ! न्यायका लागि बोलेँ, अदालतले पनि गुमराहमा राखेर बिहे गरेकाले सन्तानलाई त्यसको सजाय दिन मिल्दैन भनेर फैसला ग¥यो अनि तुरुन्तै नागरिकता पाएँ”, उहाँले भन्नुभयो,“अहिले श्रीमान्बाट अंश पाएकी छु । सानो पुँजीबाट लाखौँको सम्पत्ति जोडेकी छु । सामाजिक न्यायको कुरा गरिरहेकी छु । हिजो मलाई अन्याय गर्ने पहिलो श्रीमतीको न्यायका लागि पनि आज मैले नै बोल्नुपरेको छ ।”

 

 

सरना, ललिता र सुस्मा मात्रै होइन, विभिन्न बहानामा बर्सेनि हजारौँ महिलाले हिंसाको सामना गर्नु परिरहेको छ । आफूमाथि भएको अन्यायका विरुद्ध लड्नेहरुले न्याय पनि पाएका छन् । नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१÷८२ मा १७ हजार ५०९ घरेलु हिंसाका घटना दर्ता हुँदा त्यसमा १५ हजार ५०० भन्दा बढी महिला र बालिकासँग सम्बन्धित छन् । घरेलु हिंसा सो अवधिमा दर्ता भएका कुल घटनाको ८१ दशमलव ५६ प्रतिशत छ । सोही अवधिमा दुई हजार २६२ माथि बलात्कार भएको छ, जसमा एक हजार ४३७ बालिका मात्रै छन् ।

 

 

नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नै नजिकका मान्छेबाट धेरैजसो महिला र बालिका हिंसामा परिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडीसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले विश्वमा हरेक १० मिनेटमा आफन्तबाटै एक महिलाको हत्या हुने गरेको देखाएको छ । यस्तै, विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअुसार विश्वभरका करिब तीनमध्ये एक महिला (अनुमानित ८४० मिलियन) ले आफ्नो जीवनकालमा नजिककै व्यक्तिबाट यौन हिंसाको कुनै न कुनै स्वरूप भोगिसकेका छन् ।

 

 

गत १२ महिनामा मात्रै ३१६ मिलियन महिला (१५ वर्ष वा सोभन्दा माथिका कुल महिलाको ११ प्रतिशत)  नजिकका (घरेलु÷अन्तरङ्ग) साझेदारबाट शारीरिक वा यौन हिंसा भोग्न बाध्य भएका त्यो प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा भनिएको छ,“१५ वर्षको उमेरपछि २६३ मिलियन महिलाले गैरसाझेदारबाट यौन हिंसा भोगेका छन् । यद्यपि, विशेषज्ञहरूका अनुसार यो सङ्ख्या वास्तविकताभन्दा धेरै कम देखिएको हुनसक्छ, किनकी यस्ता घटनाहरू बदनाम, लाज र डरका कारण उजागर हुँदैनन् ।”

 

 

दलित महिला सङ्घ (फेडो) ले हालै सार्वजनिक गरेको अध्ययनमा पनि उक्त संस्थामा दर्ता भएका ४३९ उजुरीमध्ये २१२ घटना घरेलु हिंसाका छन् भने नेपाल प्रहरी तथा सरोकार भएका निकायमा आउने उजुरीअनुसार नेपालका हरेक एक सय जना महिलामा ८० जना घरेलु हिंसामा पर्ने गरेको र हरेक दिन सरदर सात जना बलात्कृत हुने गरेको तथ्य प्रतिवेदनमा उल्लेख छ ।

 

 

महिला पुनस्र्थापना केन्द्र (ओरेक) को तथ्याङ्कमा पनि कुल घटनामा ७२ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित भएको उल्लेख छ । मानवअधिकार आयोगको दस्तबेजमा २४७ घटनामध्ये महिला र बालिकामाथि घरेलु हिंसाका ७३ र यौनजन्य हिंसाका २६ घटना छन् । राष्ट्रिय महिला आयोगमा महिलासँग सम्बन्धित मानसिक हिंसाका १९५, आर्थिक हिंसाका २७७, शारीरिक हिंसाका २४६ र यौन हिंसाका नौ वटा घटना अभिलेख भएका छन् ।

 

 

यी तथ्यले महिला तथा बालिकाहरु आफ्नै घर र आफन्तबाटै सुरक्षित नरहेको विषय उजागर गरेका छन् । ओरेकका संस्थापक डा रेणु राजभण्डारी विभिन्न निकायका अध्ययनले बिहे भएका महिलामाथि घरेलु हिंसा, अविवाहित बालिकामाथि यौन हिंसा हुने गरेको र त्यसमा आफन्त तथा नजिककै व्यक्ति संलग्न हुने गरेको डरलाग्दो प्रवृत्ति देखाएको बताउनुहुन्छ । यी घटना पनि हिंसा सहनुहुन्न भन्ने साहस भएकाहरु जोखिम मोलेर बाहिर आएकाले थाहा हुने गरेको भन्दै उहाँले अझै पनि विभिन्न कारणले हिंसा सहेर बस्नेहरुको वास्तविक सङ्ख्या दबिएरै बसिरहेको बताउनुहुन्छ ।

 

 

“हाम्रो समाजले महिलालाई सानैदेखि सहन सिकाउँछ । गलत भनाइ, दबाब र हिंसालाई ‘घरका कुरा’ भन्दै भित्रै राख्न सिकाइन्छ । महिलालाई नै आफैँलाई दोषी ठान्न बाध्य पार्ने संरचनागत अवस्था छ । आफ्नो पीडा भनी हालेमा थप हिंसा हुने मनोवैज्ञानिक त्रासले धेरै महिलाहरू चुपचाप पीडा सहन बाध्य छन्”, डा राजभण्डारी भन्नुहुन्छ,“तर, चुप बस्दा पीडा घट्दैन, हिंसा पनि स्वतः हराउँदैन—बरु, समयसँगै अझै गहिरिन्छ । पीडकहरुको मनोबल थप बढ्छ । त्यसैले आफ्नो वर्षौँको मौनता भङ्ग गर्नेहरुले नै न्याय पाउने हो । हाम्रा अध्ययनले पनि त्यही देखाउँछन् ।”

 

 

फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव महिलामाथि समाजका संस्कारगत मान्यता, परिवारको इज्जत र सन्तानको भविष्यको डर देखाएर हिंसा भइरहेको भन्दै अब सहेर बस्ने अवस्था नरहेको बताउनुहुन्छ । “महिलाहरूले विभिन्न प्रथा, परम्परा र जिम्मेवारीका कारणले पीडा सहँदै न्यायका लागि वर्षौदेखि पर्खिरहनुपरेको छ । बर्सेनि उजुरीका घटना बढिरहेका छन्, यसले अब सहँदैनौँ भन्ने सङ्केत त गर्छ, तर हिंसा गर्नेहरु रोकिएका छैनन् भन्ने उदारहण पनि हुन् यी । अब कि हिंसा गर्नेहरु रोकिनुपर्छ, नभए महिलाहरूले आफूलाई बदल्नैपर्छ”, उहाँ भन्नुहुन्छ ।

 

 

सामाजिक अभियन्ता एवं नेतृ लक्ष्मी परियार अब विस्तारै सुधार हुँदै जाला भनेर पर्खिने समय नरहेको बताउनुहुन्छ । “हरेक कुरा समयक्रममा ठिक हुँदै जान्छ भनेर सिकाइयो । अझै पनि धेरैजसोले पितृसत्ता र संरचनागत विभेद्का घटनामा त्यही भनिरहेको सुन्छु । विगतमा हिंसा र विभेद भोग्नेहरुले धेरै पर्खियौँ, धेरै सह्यौँ, त्यसले पीडकको मनोबल बलियो बनाउने र हिंसा सहनेहरुलाई झन्झन् किनारामा धकेल्ने अवस्था बनाउँदो रहेछ । अब समय बदलिने प्रतीक्षामा बस्नुहुँदैन, न्याय, समानता र परिवर्तनका लागि आवाज उठाउनुपर्छ”, उहाँले भन्नुभयो ।

 

 

‘पीडित होइन, पीडक रोकिनुपर्छ’
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । यस अवसरमा नेपालमा पनि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरेर हिंसाविरोधी अभियानमा ऐक्यबद्धता जनाउँछन् । यसवर्ष पनि त्यस्तै भयो । अधिकारकर्मीहरुले अझै पनि महिलालाई घर, समाज, धर्म, कानूनलगायत सामाजिक संरचनाले अगाडि आउन समस्या भइरहेको दाबी गरे । विभिन्न अध्ययनले पनि समाजमा जागरुकता आइरहेको भए पनि हिंसाको स्वरुप पनि त्यहीअनुसार फेरिँदै गएको देखाएका छन् ।

 

 

सूचना प्रविधिको विकाससँगै अपलाइनमा हुने हिंसा अनलाइनमा सर्दै जानु त्यसैको उदाहरण भएको अधिकारकर्मीको भनाइ छ । साइबर ब्यूरोका गत एक वर्षका १८ हजार ९२६ उजुरीले प्रविधि–आधारित हिंसा सामाजिक रूपले व्यापक फैलिँदो गएको प्रष्ट देखाउँछ । महिला र बालिकाहरू प्रविधि–आधारित हिंसामा बढी जोखिम (४४.०७७ प्रतिशत) मा रहेका ब्यूरोको तथ्याङ्क छ । यसले अफलाइन (भौतिक) हिंसाजस्तै अनलाइन हिंसा पनि महिला र बालबालिकाको लागि मुख्य सुरक्षा चुनौतीका रुपमा रहेको देखाएको छ ।
नेपालमा मात्रै विश्वका ५८ प्रतिशत युवती वा किशोरीले कुनै न कुनै किसिमको अनलाइन दुव्र्यवहार झेल्ने र यसमध्ये अधिकांशले १४ देखि १६ वर्षकै उमेरमा पहिलो पटक हिंसा भोग्ने गरेको युनिसेफले हालै सार्वजनिक गरेको एउटा विवरणमा उल्लेख छ । एसिया प्रशान्त क्षेत्रका तीनमध्ये एक महिला सांसदले अनलाइन आक्रमण खेप्ने गरेका, हरेक आठमध्ये एकले १८ वर्षको उमेरभन्दा पहिले (बाल्यकाल÷किशोरावस्थामा) बलात्कार वा यौन शोषण भोगिसकेको र पाँचमध्ये एक जनाले अनलाइन वा शाब्दिक हिंसा भोगेको विवरणमा उल्लेख छ ।

 

अधिकारकर्मी रेणु सिजापति सामाजिक चेतना बढ्दै गए पनि हिंसा गर्नेहरु त्योभन्दा एक कदम अगाडि बढेर हिंसाका नयाँ स्वरुपमा अभ्यस्त हुने गरेको अवस्था सुनाउनुहुन्छ ।  त्यस्ता प्रवृत्तिले अझै पनि महिलाको शरीर, श्रम, गतिशीलता, यौनिकतामाथि नियन्त्रण राख्न खोज्ने गरेको उहाँको बुझाइ छ । “हजारौँ वर्षदेखि महिलालाई विभिन्न तरिकाले हुँदै आएको उत्पीडनको संरचना, विचार तथा व्यवस्था अझै विद्यमान छ । त्यसविरुद्ध इतिहासका  हरेक कालखण्डमा महिलाले विविध प्रकारले प्रतिरोध, संघर्ष र आन्दोलन गर्दै आएका छन्”, सिजापतिको भनाइ छ,“पछिल्लो समय समान अधिकार, समानता र भेदभावरहीत व्यवहार, यौन उत्पीडन, घरेलु हिंसा र श्रमको सम्मानका लागि संघर्ष गरिरहनुपरेको छ ।”

 

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरी पछिल्लो समय अनलाइनमार्फत हुने हिंसा, घरेलु हिंसा र यौनजन्य घटना बढिरहेकाले यस विरुद्ध सबै लाग्नुपर्ने बताउनुहुन्छ । “प्रहरीले स्वअनुगमन र उजुरीमा आधारित रहेर कामकारबाही गरिरहेको छ । कुनै पनि नाममा हुने हिंसालाई हामीले तदारुकताका साथ सम्बोधनको प्रयास गर्छौं, यसमा सबै पक्षबाट सकारात्मक सहयोगको आवश्यकता छ । साथै, पीडित आफैँ बढी जागरुक हुने, हिंसा नसहने र न्यायका लागि अगाडि सर्नुपर्ने हुन्छ, यसमा विस्तारै सुधार हुँदैछ”, उहाँले भन्नुभयो ।

 

अधिकारकर्मी डा राजभण्डारी पनि पीडितले न्यायका लागि आफैँ अग्रसर नहुँदासम्म अरुले बोलेर मात्रै परिवर्तन नआउने बताउनुहुन्छ । उहाँ हिंसापीडितले आफ्नो आवाज सशक्त रुपमा राखे परिवर्तन दिगो हुने धारणा राख्नुहुन्छ । “म पहिलो संविधानसभाको समय सम्झिन्छु, महिला अधिकार र सुरक्षाका लागि हामीले लगातार २४ दिन आन्दोलन ग¥यौँ । आवाजको सुनुवाइ नभएपछि पेटिकोट लगाएर आन्दोलन गर्नुप¥यो । त्यसपछि नै सभामुखले आवश्यक कानून बनाएर कार्यान्वयन गर्न सरकारलाई ‘रुलिङ’ गर्नुभयो । लगत्तै घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ आयो”, राजभण्डारीले सम्झनुभयो,“मौनता तोड्यो, अधिकारका लागि लड्यो भने परिणाम आउँछ भन्ने यो बलियो उदाहरण हो । अब फेरि हिंसा न्यूनीकरणका लागि सामाजिक रुपान्तरणका लागि सामाजिक आन्दोलनको खाँचो देखिएको छ । यसमा जो प्रभावित छ, उसैले सङ्गठिन आवाज उठाउने र अरुले सहयोग गर्नुपर्ने देखिन्छ ।”

 

 

विभिन्न अध्ययनअनुसार महिला हिंसा अझै पनि ठूलो समस्याका रुपमा रहेको छ । यस्तो अवस्थामा सरिना, ललिताजस्ता थुप्रै प्रभावित महिलाहरुका उदाहरणले जब महिलाहरू बोल्न थाल्छन्, तब समाजले सुन्नैपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले अब समय र अवस्था बदल्न आफैँ बदलिनुपर्ने र अपराध कर्म रोक्नुपर्ने धेरैको मत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ ।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९