समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु

राँझा (बाँके), बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरु आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् । स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

 

जानकी गाउँपालिका–१, साईगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित हुनुहुन्छ । रोगका कारण हात र आँखामा समस्या भएपछि जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा लामो समय उपचार गरेपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । स्वास्थ्य लाभ गरेपछि उहाँले कुष्ठरोग प्रभावितको हितका लागि स्वयं सहायता समूह गठन गर्नुभएको छ ।

 

“कुष्ठरोगबाट मैले धेरै दुःख पाएँ, समयमै उपचार गरेर अरू प्रभावितले दुःख पाउन नपरोस् भनेर गाउँ समाजमा सचेत गराउँदै आएको छु,” उहाँ भन्नुहुन्छ, “अझै पनि गाउँमा नखुलेका कुष्ठरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन हामीले सहजीकरण गर्दै आएका छौँ ।”

 

 

साईका अनुसार, नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुन्छ । सहायता समूहका सदस्यले कुष्ठरोगको जोखिममा रहेका व्यक्तिलाई स्वास्थ्य संस्थामा जाँचका लागि पठाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । “बाँके जिल्लामै साइनिङ अस्पताल हुनु हाम्रो लागि वरदान सावित भएको छ”, उहाँ भन्नुहुन्छ, “यहाँ कुष्ठरोगको सहज तरिकाले राम्रोसँग उपचार हुने भएकोले रोग लुकाएर होइन, जाँच गरेर उपचार गरे सञ्चो भइहाल्छ ।”

 

 

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियास्थित स्वयं सहायता समूहका अध्यक्ष रोहित चौधरीले समाजमा कुष्ठरोगप्रति अझै पनि गलत धारणा रहेको बताउनुहुन्छ । “कुष्ठरोग प्रभावित व्यक्तिलाई गाउँ समाजमा अझै पनि हेयको दृष्टिले हेर्ने र लाञ्छना लगाउने कुसंस्कारले गर्दा बिरामी उपचारको दायरा बाहिरै रहने गरेका छन्”, चौधरी भन्नुहुन्छ ।

 

 

कुष्ठरोग प्रभावितको सामाजिक तथा आर्थिक हक हितका लागि सङ्गठित भई आफूहरूले शङ्कास्पद बिरामीलाई अस्पतालमा उपचारका लागि पठाउने गरेको उहाँले बताउनुभयो ।बाँकेमा कुष्ठरोग प्रभावित व्यक्ति सङ्गठित भई पाँचवटा स्वयं सहायता समूह स्थापना भएका छन्, जसमा करिब १०० जना प्रभावित आबद्ध छन् ।

 

भारतमा कुष्ठरोगबाट प्रभावित भएपछि उपचारका लागि साइनिङ अस्पतालमा आउनुभएकी बर्दिया गेरुवा गाउँपालिका–६ निवासी निर्मला थापाको पनि अहिले स्वास्थ्यमा सुधार आएको छ । घर फर्किएपछि उहाँले पनि स्वयं सहायता समूह गठन गरेर सम्भावित बिरामीलाई उपचारका लागि अस्पतालमा पठाउन सहयोग गर्ने सोच बनाएको बताउनुभयो ।साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार स्वयं सहायता समूहमा आबद्ध भएपछि कुष्ठरोग प्रभावितहरू सामाजिक र आर्थिक रूपमा सशक्तिकरणका लागि अगाडि बढ्न सक्ने क्षमतामा विकास भएको छ ।

 

“उहाँहरूले अहिले आफ्नो हकहित सँगसँगै नयाँ कुष्ठरोगीको पहिचान र उपचारका लागि शङ्कास्पद बिरामीलाई अस्पताल प्रेरण गरेर समाजमा सकारात्मक काम गर्दै आउनुभएको छ”, थारुले
भन्नुुभयो, “गुलाम हसमत साई, रोहित चौधरी, निर्मला थापाजस्ता कुष्ठरोग प्रभावितको यो प्रयासले रोगलाई लुकाउने होइन, समयमै उपचार गरेर रोगमुक्त भई समुदायमा सकारात्मक परिवर्तनको सम्वाहक बन्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

 

 

पश्चिम नेपालमा कुष्ठरोगको प्रेषण केन्द्रका रूपमा रहेको बाँकेको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा नयाँ बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यो अस्पतालमा गत आर्थिक वर्ष ०८१/८२ मा १७४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढिरहेको अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिनुभयो । साइनिङ अस्पताल आइएनएफ बाँकेले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा प्रेषण गरेको थियो ।

 

अस्पतालका प्रमुख थारुका अनुसार, पहिचान गरिएका यी नयाँ बिरामीलाई उपचारका लागि पायक पर्ने नजिकको स्वास्थ्य संस्थामा प्रेषण गरिएको छ । एक वर्षमा १७४ नयाँ बिरामी पहिचान हुनुले रोग पहिचान र उपचारको आवश्यकता अझै उच्च रहेको देखाउँछ ।

 

कुष्ठरोगी पहिचानमा सबैभन्दा धेरै बाँकेका ७१, बर्दियाका ४२, सुर्खेतका पाँच, दैलेख तीन, जाजरकोट चार, दाङका पाँच, सल्यानका दुई, प्यूठानका दुई, रुकुमका तीन, सुदूरपश्चिम प्रदेशका छ र भारतका ३१ गरी १७४ नयाँ कुष्ठरोगीको पहिचान भएको हो । पहिचान भएकामध्ये ७९ जना ४५ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

 

साइनिङ अस्पतालले बहिरङ्ग सेवामार्फत नौ हजार ३८४ पुरुष र नौ हजार ५२४ महिला गरी कूल १८ हजार ९०८ सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेकोे छ । तीमध्ये कुष्ठरोग वा सम्बन्धित समस्या लिएका दुई हजार ७८४ र छाला तथा अन्य स्वास्थ्य समस्या लिएर सोह्र हजार १२४ सेवाग्राही आउनुभएको अस्पताल प्रमुख थारुले जानकारी दिनुभयो ।

 

अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको उहाँको भनाइ छ ।

 

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले साइनिङ अस्पताल बाँके जिल्लाको मात्रै नभई पश्चिम नेपालकै प्रमुख उपचार केन्द्र भएकोले यसको प्रभावकारी सेवा प्रवाहमा स्थानीय सरकारले समेत आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९