पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गा

म्याग्दी (बेनी),प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चाङ्गामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चाङ्गाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

 

पहिलो पटक चाङ्गा क्षेत्रको भ्रमणमा पुग्नुभएका बेनीका विनोद धौलागिरिले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैलीले आफूलाई लोभ्याएको बताउनुभयो । उहाँले स्थानीयले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसँग जोड्नसकेमा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । चाङ्गा प्रकृति, जीवनशैली र संस्कृतिको सङ्गम मानिन्छ ।

 

यहाँबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ । चाङ्गा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रबन्धसमेत मिलाइएको छ ।

 

 

पर्यटन सम्भावनाले भरिपूर्ण रहे पनि ओझेलमा परेका कारण गाउँपालिका र वडामार्फत पूर्वाधार निर्माण तथा प्रचार प्रसारको काम अघि बढाइएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो ।

 

उहाँका अनुसार चाङ्गा खर्कमा वनभोजस्थल चाङ्गा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ । गुराँसे जङ्गलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाइएको छ ।

 

“स्थानीयवासी र पर्यटकको सुविधाका लागि शुद्ध खानेपानी र केन्द्रीय विद्युतीकरण विस्तार भएको छ, चाङ्गा खर्कको पाखोबारीमा चिया बगान बनाउने तयारीमा जुटेका छौँ, चाङ्गामा घरबास सञ्चालन गरेर पर्यटकको बसाइलाई आरामदायी बनाउने सोचमा छौँ”, वडाध्यक्ष खत्रीले भन्नुभयो ।

 

अहिले हिउँदयाममा वनभोज र घुमघामका लागि सवारीसाधन हुँदै आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । विभिन्न सङ्घसंस्थाले आफ्नो साधारणसभा तथा बैठकसमेत यस क्षेत्रमा आयोजना गर्ने परम्पराको सुरुआत भएको छ ।

 

गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ ।

 

बाबियाचौरबाट छिसबाङ, टीकाबाङ, सिरकुम हुँदै चाङ्गा पुग्न सकिने वैकल्पिक बाटो रहेको छ भने चाङ्गाबाट मङ्गला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल तिनचुले जाने पदमार्ग जोडिएको छ ।

 

मङ्गला गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनका लागि गाउँपालिकाले पहल थालेको अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो । उहाँले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यताले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले यहाँको पर्यटन विकासमा जोड दिइएको बताउनुभयो ।

 

चाङ्गामा १७ घरधुरीको बसोबास छ । यहाँ परम्परागत रुपमा कोदो, मकै, फापर, तोरीलगायत अन्नबालीसँगै आलु, मुला, सिमी, भटमास, सागलगायतका तरकारीखेतीसमेत हुने गर्छ । परम्परागत रुपमा गाईभैँसी र भेडाबाख्रा पालन हुने यस ठाउँको भ्रमणमा पुग्ने पर्यटकले ग्रामीण र परम्परागत जीवनशैलीको अध्ययन अवलोकनसँगै स्थानीय उत्पादनको स्वाद लिन पाउने सुविधा रहेको छ । शान्त र एकान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

 

प्राकृतिक सौन्दर्यता र पर्यावरणका कारण यस क्षेत्रमा आन्तरिकसँगै बाह्यपर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

 

उहाँले चाङ्गालाई केन्द्रित गरेर गाउँपालिकाभित्रका पर्यटकीयस्थल चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले, हुँदै चाङ्गा आउने र यहाँबाट मालिका गाउँपालिकाको निस्कोट बराहताल हुँदै रुम दुरलेक जोड्ने गरी ट्रेकिङ ट्रेल बनाउन आवश्यक रहेको बताउनुभयो ।

 

मनोरम हिमाल र ग्रामीण भू–वनोटको दृष्यसँगै जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु यस क्षेत्रको थप विशेषता रहेको छ । यस क्षेत्रमा पर्यटन आगमन बनाउनका लागि घरबास सञ्चालन, प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न आवश्यक रहेको छ ।

 

कच्ची सडकको ट्र्याकलाई स्तरोन्नति गर्ने, पदमार्ग विस्तार गर्दै क्याम्पिङ क्षेत्र बनाउनसकेमा यस क्षेत्रमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९