राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि …

राजुली (कालीकोट), राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो । नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन ? प्रश्न गर्दै गर्दा उहाँले भन्नुभयो, “यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन । हाम्रो लागि खुसीको विशेष क्षण छ । मभन्दा बढी अस्पतालमा सेवारत कर्मचारी (स्वीपर) सेवा लिने गर्भवती आमा । तिनका आफन्त ।”

 

 

किन, कसरी ? होचो कद तर अब्बल क्षमताकी निर्सिङ इन्चार्ज धामी गम्भीर देखिनुभयो । उहाँले भन्नुभयो,“अब मैले, मेरा स्टाफ र कहिलेकाँही सुत्केरीका आफन्तले वर्थिङ्का क्रममा कपडा धुन नपर्ला । धेरै सहज हुन्छ । वर्षा र जाडो दुवै मौसममा सक्नुपर्ने कपडा नसुक्ने अवस्था छ ।”

 

 

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायको विशेष आग्रह र पहलमा नेपाल रेड्क्रस सोसाइटी कालीकोट शाखाले अस्पतालमा ‘वासिङ मेसिन’सहित अन्य सामग्री उपलब्ध गराएपछि अस्पताल स्रोत साधनमा अझ दर्बिलो भएको हो ।

 

 

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘वर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाको लागि अन्त्य हुने जनाइएको छ । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्जालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले अस्पतालका लागि १२ केजी क्षमताको सुक्खा ‘वासिङ मेसिन’सहित ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि प्रतिक्षा कुर्सी, पानी प्रशोधन उपकरण पनि अस्पताललाई सहयोग गरेको छ ।

 

 

तिलागुफा नगर प्रमुख उपाध्यायले भन्नुभयो, “चिसो समयमा चिसो पानीमा वर्थिङ सेन्टरका कपडा एवं गर्भवतीका कपडा हातले नै धुनुपर्ने अवस्था थियो । यस्तो पिडादायी अवस्थामा रेडक्रसले ‘वासिङ मेसिन’लगायत अन्य सामग्री सहयोग गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु । ”

 

 

अविवाहित ‘निर्सिङ इन्चार्ज’ धामीले भन्नुभयो “झट्ट हेर्दा ‘वासिङ मेसिन’ सानो सहयोग हो यो तर अस्पतालमा यसले ठूलो महत्व राख्छ । एकातिर समयको बचत अर्काेतर्फ सेवाको प्रभावकारी बृद्धि गर्छ । मैले नै कति पटक त वर्थिङमा प्रयोग गर्ने कपडा, गर्भवती तथा सुत्केरीका कपडा धुनु परेको छ । चिसोले हात कटक्क हुँदाहुँदै कपडा धोइयो तर सुक्दैन । घाम कम लाग्छ । अलि अलि सुक्यो ढुसी पर्छ । ढुसी कपडा प्रयोग गर्न मिल्दैन । ढुसी परेका कपडाले गर्दा रोगको सङ्क्रमण हुने जोखिम त्यत्तिकै हुन्छ । हैरानीमा थियौँ । ‘वासिङ मेसिन’ भएपछि अव ती दिन सम्झना मात्र रहलान् । ”

 

यहाँ असोजको अन्त्यदेखि नै अत्याधिक चिसो सुरु हुन्छ । यो हिउँ पर्ने क्षेत्र पनि हो । चिसो चैतसम्म जारी रहन्छ । कर्णाली राजमार्ग नजिकै रहेको राजुली नगरअस्पतालद्वारा सञ्चालित बर्थिङ सेन्टरमा गत कात्तिक र मङ्सिर महिनामा एकजनाले पनि सुत्केरी सेवा लिएनन् । चिसोका समयमा सुत्केरीलाई झन् पीडा हुन्छ । अभिभावक र स्वास्थ्यकर्मीसमेत समस्या पर्ने जनाइएको छ ।

 

तिलागुफा नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालको क्षमता दश शय्याको छ । सुत्केरी हुनका लागि यहाँ विशेष गरेर राजुली –२ रतडा, राजुली– ३ फोइमहादेव र राजुली –४ राजुलीबाट सेवाग्राही आउने गर्दछन् । निर्सिङ इन्चार्ज धामीका अनुसार गत आवमा अस्पतालमा ५४ जना सुत्केरी भएका थिए भने चालुआवको तीन महिनामा १४ सुत्केरी भएका थिए । यहाँ ‘वर्थिङ सेन्टर’ सञ्चालन हुनुपूर्व कि मान्मा जिल्ला अस्पताल, जुम्ला अस्पताल जानुपर्ने अवस्था थियो ।

 

 

अस्पतालमा गर्भवती आमा तथा नवजात शिशुको सुत्केरीका क्रममा अकालमा मृत्यु भएको छैन । गत आवमा तीन जना गर्भवतीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको छ । प्रतिष्ठानले एकजना ‘एमबिविएस’ चिकित्सक उपलब्ध गराएपनि चिकित्सकको अस्पतालमा उपस्थिति कमै हुने जनाइएको छ ।

 

स्वास्थ्यका जोखिम

कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन् । ती वडा यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ । वडा नं ९, १० र ११ तिला नदी पारी छन् । २०७९ साल असोजको बाढीले तिला नदीको पक्की पुल बगाइँदिँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सुचारु गर्न अहिले पनि नगरपालिकालाई हम्मेहम्मे परिरहेको छ ।

 

 

नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिम मानिन्छ । ती जोखिमलाई घटाइ समुदायलाई उत्थानशील बनाउन नेपाल रेडक्रसले नगरपालिकासँग सहकार्य गरेर खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका गतिविधि सञ्चालन गरिरहेको एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमका जिल्ला संयोजक रवी लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स–साना गतिविधि र सहयोगले समुदायमा ठूलो खुसी ल्याएको छ ।

 

 

कार्यक्रमको अन्त्यन्त सकारात्मक प्रभाव परेको छ । ”हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्ताेली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिएका छन् । ती आयोजनाबाट अति विपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन् ।

 

 

सो कार्यक्रमले तिलागुफा नगरपालिकाद्वारा सञ्चालित आपत्कालीन कार्य सञ्चालनकेन्द्रका लागि खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्रीमा ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सि, पानी प्रशोधन उपकरण, ‘स्ट्रेचर’, अग्नि सामकयन्त्र र प्राथमिक उपचार सामग्री रहेका छन् । हस्तान्तरित प्राथमिक उपचार सामग्री नगरका विभिन्न ११ विद्यालयमा उपयोग गरिएको छ । ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सि, पानी प्रशोधन उपकरण राजुली नगरअस्पतालमा उपयोग गरिएको छ ।

 

 

कर्णाली राजमार्गसँगै जोडिएको यो नगरपालिका विपद् जोखिमका दृष्टिकोणले जोखिम क्षेत्र मानिन्छ । नगरप्रमुख उपाध्याय नेपाल रेडक्रस मेरो विपद्को साथी बनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “लक्जम्बर्ग रेडक्रसलाई म विशेष अभार व्यक्त गर्न चाहन्छु । उसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ नगरपालिकासँगको साझेदारीमा सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम केवल परियोजना मात्र रहेन विपद् जोखिम घटाउन आशा बनिरहेको छ ।

 

 

परियोजनाका सहयोगबाट समुदायमा ठूलो परिवर्तन र खुसी ल्याएको छ । समुदायलाई उत्थानशील बनाउने कार्यक्रमकाध्येयबाट यहाँका असङ्ख्य विपन्न परिवार लाभान्वित भएका छन् । ”खानेपानी र सरसफाइ , स्वच्छता स्वास्थ्य जीविकोपार्जन , संस्थागत क्षमता विकास, शैक्षिक गुणस्तर वृद्धिका क्षेत्रमा कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा काम गरिराखेको जिल्ला संयोजक लामिछानेले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ,   परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो । शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उहाँले निर्देशन पनि...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

महेन्द्रनगर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९