आलेखः कृषिलाई जीवनशैली बनाउने सपना

विराटनगर,  टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो छ । कृषि पेशा पढे–लेखेका युवाको अन्तिम विकल्प हो भन्ने सोच पनि गहिरोसँग जरा गाडेर बसेको छ तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै चलचित्रको दृश्य होइन, कृषिको सम्मानजनक, आधुनिक र सम्भावनायुक्त भविष्यको स्पष्ट परिकल्पना हो ।

 

 

सचेतता कृषि सहकारी संस्थाका संस्थापक रहनुभएका थापा लामो समयदेखि किसानलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि निरन्तर प्रश्न उठाइरहनुभएको छ । उहाँको दृढ विश्वास छ, किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम हुनुहुँदैन । उहाँ भन्नुहुन्छ, “कृषि पेसा बाध्यता होइन, गर्वको पेसा बन्नुपर्छ । माटोसँग जोडिनु कमजोरी होइन, बरु आत्मनिर्भरता, स्वाभिमान र सम्मानको प्रतीक हो ।” यही सोच बोकेर उहाँ कृषिको व्यवसायीकरण र प्रविधिकरणको यात्रामा अघि बढिरहनुभएको छ, जसको एउटा सशक्त माध्यम बनेको छ सचेतता कृषि सहकारी ।

 

युवालाई कृषिमा आकर्षित गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित उहाँको नेतृत्वमा २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता भएको हो । मुलुकमा सङ्घीयता लागू भइसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको उहाँको दाबी छ । सहकारीलाई सहकारीकै मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्ने विषयमा उहाँ अडिग देखिनुहुन्छ । कृषि सहकारी भनेर दर्ता भए पनि धेरै संस्थाले बचत तथा ऋणको कारोबारमै आफूलाई सीमित राखेको देख्दा उहाँ असन्तुष्टि जनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सहकारीको मूल आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ, नकि केबल ब्याजदर र ऋण असुलीमा ।”

 

 

लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ । हिमाल, पहाड र तराईका फरकफरक भूगोलमा किसानका समस्या, सम्भावना र सीमा नजिकबाट देखेको यो अनुभवले उहाँलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो, किन कृषिमा यत्रो सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता यसबाट टाढिदै गयो ? किन कृषकलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन ? किन कृषि अझै पनि ‘अन्तिम विकल्प’ जस्तो बनिरह्यो ? यही प्रश्नको उत्तर खोज्ने क्रममा उहाँले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र नयाँ प्रविधिसहितको कृषि अवधारणाको कल्पना गर्न थाल्नुभयो ।

 

 

त्यो सोच व्यवहारमा उतार्ने निर्णायक क्षण भने कोभिड–१९ को बन्दाबन्दीसँगै आयो । २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी सुरु भएपछि सहरका भान्सामा हरियो तरकारीको अभाव देखिन थाल्यो । अन्य खाद्यान्नजस्तो लामो समय भण्डारण गर्न नमिल्ने भएकाले तरकारी सङ्कट आउनु स्वाभाविक थियो । बजार सुनसान थिए, यातायात ठप्प थियो, तरकारीको मूल्य आकासिँदै थियो । त्यहीबेला चैत १५ गते एक बिहान घरको कौशीमा हावा खान निस्कँदा लोकेन्द्रको मनमा एक्कासी एउटा विचार आयो अब यो कौशी खाली राख्ने होइन, यहीँ खेती गर्नुपर्छ ।

 

 

विचार सहज थियो तर व्यवहार जटिल । कौसीखेती भन्ने कुरा सुन्नेबित्तिकै धेरैले हाँसे, केहीले असम्भव ठाने । धेरैले उहाँले देखाएको कौशीखेतीको सम्भावनालाई नपत्याएपछि आफ्नै कौसीबाट सुरु गर्ने निर्णय गर्नुभयो । उहाँले कृषि विज्ञहरूसँग परामर्श लिनुभयो, कौशीखेतीसम्बन्धी पुस्तकहरू अध्ययन गर्नुभयो, माटोको मिश्रणदेखि पानीको व्यवस्थापनसम्मका विषयमा सानासाना प्रयोग सुरु गर्नुभयो ।

 

 

सुरुका दिन सहज थिएनन् । उपयुक्त माटोको अभाव, मलको सन्तुलन, किराको प्रकोप, गर्मीका कारण बारम्बार पानी हाल्नुपर्ने बाध्यता र धेरै बिरुवा मर्ने अवस्थाले कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा निराशा पनि थप्यो तर असफलतामै रोकिने उहाँको स्वभाव थिएन । बाँचिरहेका बिरुवाबाटै नयाँ बिरुवा तयार गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने प्रक्रियाले उहाँलाई थप ऊर्जा दियो । केही समयपछि कौशीमा हरियो तरकारी लहलहाउन थाल्यो ।

 

 

आफ्नै कौशीबाट उत्पादन भएको तरकारी भान्सामा पुग्यो, त्यो केबल तरकारी मात्र थिएन त्यो आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको स्वाद थियो । हरियो तरकारीको अभाव मात्र हटेन, अग्र्यानिक स्वादले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थाल्यो । यही अनुभवले उहाँलाई थप उत्साहित बनायो र कौशीखेतीलाई अझ विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र प्रयोगको बाटो खोल्यो ।

 

 

बन्दाबन्दीको दुई–तीन महिनापछि उहाँको कौशीमा उत्पादन भएका तरकारी बाहिरबाटै देखिन थाले । बिहान–बेलुका घरको बाटो भएर हिँड्ने मानिस, छिमेकीहरू रोकिएर जिज्ञासा राख्न थाले कसरी गर्नुभयो ? कति खर्च लाग्यो ? हामीले पनि गर्न सक्छौँ ? यही चासोले हिजो बाबुबाजेले गर्दै आएको परम्परागत खेती र आजको युवा पुस्ताले गर्नसक्ने आधुनिक, प्रविधियुक्त खेतीबारे छलफल र बहस सुरु गरायो । लोकेन्द्रको घरको कौशी सहरभित्र कृषि सम्भावनाबारे संवाद हुने एउटा सानो केन्द्र जस्तै बन्न थाल्यो ।

 

 

आफूले सुरु गरेको कौसीखेती तीन महिना पुग्दानपुग्दै परिवारलाई पुग्ने तरकारी उत्पादन हुन थालिसकेको उहा सुनाउनुहुन्छ । “त्यो बेलाको सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नै पसिनाले उब्जाएको तरकारी खाँदा पाइने सन्तुष्टि, आनन्द र मानसिक शान्ति थियो”, उहाँ भन्नुहुन्छ, “यो अनुभूति आफूमा मात्र सीमित राख्नु हुँदैन भन्ने सोच झन बलियो हुँदै गयो । यो अनुभव समुदायमा कसरी लैजान सकिन्छ ? भन्ने प्रश्नले उहाँलाई निरन्तर घच्घच्याइरह्यो । त्यही खोज, निरन्तर छलफल र विचारविमर्शको परिणामस्वरूप सचेतना कृषि सहकारीको अवधारणा जन्मिएको लोकेन्द्र बताउनुहुन्छ ।

 

 

कोभिड महामारी सुरु हुनुअघि नै भूकम्पपछिको पुनःस्थापना अवधिमा गैरसरकारी संस्थामार्फत झुम्का कृषि तालिम केन्द्रमा कोशी प्रदेशका १४ जिल्लाका सहभागीहरूसँग सहजीकरण गर्ने क्रममा उहाँले वैदेशिक रोजगारीबाट फर्किएका करिब २५० भन्दाबढी युवासँग कृषिसम्बन्धी धारणा र सोचबारे संवाद गर्नुभएको थियो । त्यतिबेला युवाको सोच बुझ्दै जाँदा कृषिलाई कार्यालय संस्कृतिसँग र किसानलाई अधिकृतसरहको जीवनशैलीसँग जोड्नसके युवा पुस्तालाई देशमै त्यो पनि कृषि क्षेत्रमा रोक्न सकिन्छ भन्ने दृढ विश्वास उहाँभित्र विकास भयो ।

 

 

व्यक्तिगत रूपमा सुरु गरिएको कौशीखेतीलाई व्यापक बनाउने उद्देश्यले सहकारीको संरचना अघि आएको हो । हाल उहाँले आफ्नो घरको छत र थोरै जग्गामा विभिन्न किसिमका तरकारी उत्पादन गरिरहनुभएको छ । नयाँनयाँ प्रविधिको प्रयोग गरेर खेती गर्नुहुन्छ । कौशीखेती गर्न चाहनेलाई निःशुल्क तालिम दिनुहुन्छ, थोपा सिँचाइ प्रणाली सिक्न चाहनेलाई व्यावहारिक रूपमा सिकाउनुहुन्छ । “आफूले सिकेको सीप सबैसँग बाँड्नुपर्छ”, लोकेन्द्र भन्नुहुन्छ, “त्यसरी मात्रै सामूहिक परिवर्तन सम्भव हुन्छ ।”

 

 

भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा धेरै हुने यथार्थप्रति उहाँ गहिरो चिन्ता ब्यक्त गर्नुहुन्छ । सस्तो र सजिलोका नाममा हामीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरिरहेको उहाँको ठम्याइ छ । “मेरो चाहना हो, कसैको भान्सामा विषादी नपुगोस्”, उहाँ भन्नुहुन्छ, “त्यसका लागि सहकारीमार्फत उत्पादन र उपभोगलाई जोड्ने प्रयास गरिरहेका छाँै ।” हाल सहकारीमा करिब १५० जना शेयर सदस्य आबद्ध भइसकेका छन् । उत्पादन, तालिम र चेतनामार्फत विस्तारै सहकारीको उद्देश्य पूरा हुँदै जानेमा उहाँ आशावादी हुनुहुन्छ ।

 

 

उहाँका अनुसार आधुनिक कृषिमा ठूलो चुनौती भनेकै उन्नत बीउको उपलब्धता र त्यसको विश्वसनीयता हो । खेती गर्ने कृषि क्यालेन्डरबारे ज्ञानको अभाव, प्रविधिसँग अपरिचित हुनु र कृषि पेसालाई हेर्ने नकारात्मक सामाजिक दृष्टिकोण पनि मुख्य समस्या हुन् । तर यिनै चुनौतीलाई अवसरमा बदल्न सकिए कृषिले नया उचाइ लिने लोकेन्द्रको विश्वास छ । कृषि कार्यले केबल पेट भर्ने मात्र होइन, बिरुवा र माटो थेरापीमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुधारमा योगदान पु¥याउँछ । “कौशीखेती उत्पादनको माध्यम मात्र होइन, तनाव व्यवस्थापन र आत्मिक सन्तुलनको बलियो आधार पनि हो”, उहाँ भन्नुहुन्छ ।

 

 

शिक्षा मन्त्रालयले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा ‘करेसाबारी’ पाठ समावेश गरिनुले कृषि शिक्षाको महत्व बुझिन थालेको सङ्केत भएको उहाँ मान्नुहुन्छ । केही समयअघि विराटनगर–१ स्थित राधाकृष्ण विद्यालय, जेम्स स्कुललगायतका विद्यालयमा कौशीखेती र करेसाबारीबारे व्यावहारिक ज्ञान दिन छलफल गर्दा सुरुमा अपेक्षित प्रतिक्रिया नआए पनि अहिले विराट बहिरा स्कुल निकै सकारात्मक देखिएको र छलफल अघि बढिरहेको लोकेन्द्र सुनाउनुहुन्छ ।

 

 

कौशीखेतीले सहर सफा र सुन्दर बनाउन पनि सहयोग पु¥याउने उहाँको धारणा छ । सहरका प्रत्येक परिवारले कौशीखेती वा करेसाबारी अपनाएमा मल र जैविक विषादीका लागि सडक किनारका झारपात प्रयोग गर्न सकिने उहाँको अनुभव छ । लोकेन्द्र थापाको सपना एउटै छ, जब कुनै युवाले टाई–सुटमै खेतबारीमा काम गरिरहेको किसान देखोस् र उसको मनमा पनि कृषि पेसा रोज्ने हुटहुटी जागोस् । किसानको जीवनशैली देखेर कृषि भविष्यको पेसा हो भन्ने अनुभूति होस् । विराटनगरबाट सुरु भएको यो सोचले आज कृषिको नयाँ कथा लेख्न थालेको छ, जहाँ माटो, प्रविधि र सम्मान एउटै धरातलमा उभिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९