गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ,  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी  स्वेच्छिक अवकाश लिनुभएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित हुनुभएको छ ।

 

विसं २०७९ मा ४० किलो गड्यौला कपिलवस्तुबाट ल्याएर व्यावसायिक पालन सुरु गर्नुभएका उहाँले जिल्लास्थित कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९/८० सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेती गर्नका लागि बजेट प्राप्त भएपछि अर्गानिक उत्पादनको मार्ग खोज्न थालेको बताउनुभयो ।

 

“माटोमा सुधार ल्याउन र नागरिकलाई अर्गानिक खेतीमा आकर्षित गराउन प्राङ्गारिक मलको खोजी गर्न थाल्यौँ । जिल्लामा त्यास्तो प्रयोग कतै नभेटिएपछि कपिलवस्तुबाट तीन हजार क्विन्टल गड्यौलाको मल ल्याएर तरकारीखेती सुरु गर्यौँ”, वलीले भन्नुभयो, “यसरी खेती गर्दा उत्पादन राम्रो भयो अनि आफू पनि गड्यौलापालनतर्फ आकर्षित भएको हुँ ।”

 

अहिले वार्षिक रूपमा सात सय क्विन्टल मल र १२–१३ क्विन्टलसम्म गड्यौला बिक्री भइरहेको वलीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार मल प्रतिक्विन्टल रु तीन हजार र गड्यौला प्रतिकिलो रु एक हजार २५० का दरले बिक्री भएरहेको छ ।

 

गड्यौला दाङ, रुकुम, रोल्पा, प्यूठान, कैलालीलगायत जिल्लामा जाने गरेको जनाउँदै वलीले मल विशेष गरी सल्यानको कोटमौलामा सुन्तलाखेतीका लागि जाने गरेको बताउनुभयो । “जिल्लामा पनि यसको माग बढेको छ, तर पु¥याउन सकिरहेको छैन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले दुई जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने खेतीको याममा २५ जनासममले रोजगारीको अवसर पाउने गरेका छन् ।

 

सबै खर्च कटाएर गड्यौला र मल बिक्रीबाट वार्षिक रूपमा रु १८– रु १९ लाखसम्म बचत हुने गरेको किसान वलीले जानकारी दिनुभयो । माग अनुसारको मल उत्पादन गर्न नसकिएको भन्दै उहाँले गड्यौलाको मल उत्पादनका लागि चार वटा टहरासमेत निर्माण गरेको बताउनुभयो ।

 

 

अर्गानिक कृषिजन्य वस्तु उत्पादन हुने गाउँ भएकाले भट्टेका किसानले खेतबारीमा गड्यौलाले मल प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार सुन्तला, ड्रागन फलको खेती गर्ने किसानबाट गड्यौलाको मलको बढी माग हुँदै आएको भए पनि सबैलाई पु¥याउन सकिएको छैन । उहाँले हाल सल्यानको कोटमौला क्षेत्रमा मल बिक्री गर्दै आउनुभएको छ ।

 

 

सरकारी सेवाबाट अवकाश भएपछि नागरिकलाई विषादीमुक्त तरकारी तथा फलफूल खुवाउने उद्देश्यले आफू गड्यौलापालन गरी मल उत्पादनमा सक्रिय भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “गड्यौलाको मल प्रयोग गरी अर्गानिक खेती गरिरहेको छु । अहिले मौसमी र बेमौसमी अर्गानिक तरकारीखेतीबाट पनि आम्दानी गरिरहेको छु ।”

 

 

भट्टे गाउँमा अहिले अन्य ३० जना बढी किसानले गड्यौलाको मल उत्पादन सुरु गरेका कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ । ठूलो मात्रामा भने वलीले मात्रै उत्पादन गर्दै आउनुभएको छ । वली अहिले विभिन्न ठाउँमा पुगेर किसानलाई गड्यौला तथा गड्यौलाले मलका फाइदाका बारेमा तालिम तथा प्रशिक्षण दिँदै आउनुभएको तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो ।

 

 

यसपटक उहाँलाई  कृषि ज्ञान केन्द्रले उत्कृष्ट किसान पुरस्कार–२०८२ बाट पुरस्कृत तथा सम्मानसमेत गरेको छ । भट्टेगाउँ तरकारीखेतीका लागि पकेट क्षेत्रका रूपमा मानिन्छ । यहाँका अधिकांश किसानले तरकारीखेती, तोरीखेती, बाख्रापालन तथा भैँसीपालन गरेर आर्थिक रूपमा आत्मनिभृर बन्दै आएका छन् । यहाँ सिँचाइको सुविधा पनि पुगेको छ ।
तुलसीपुर–३ का वडाध्यक्ष विश्वकर्माले भट्टेलाई अर्गानिक उत्पादन हुने गाउँका रूपमा विकास गर्न आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले यहाँ सडक, सिँचाइका पूर्वाधार विस्तार हुनुका साथै कृषिजन्य वस्तुको उत्पादनका लागि विभिन्न सामग्री वडाबाट वितरण गरिँदै आइएको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९