सडकमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै

बनियानी,  झापामा पछिल्लो सडकमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले नगर क्षेत्रमा अधिकांश सडक कालोपत्र र केही सडक पेभर्स लगाइरहेको बताउनुभयो ।

 

 

“पछिल्लो समयमा कम भारबहन क्षमता भएका भित्री सडकमा पेभर्स लगाएर सडक निर्माण गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो देखिने र भत्किहाले पनि मर्मत गर्न सजिलो हुँदोरहेछ ।”सडक निर्माण गर्ने ठेकेदारले नै पाँच वर्षको ग्यारेन्टी दिएर सडक मर्मत गर्ने भएकाले नगरपालिकालाई सहज हुने उहाँको भनाइ छ । “कालोपत्र तीन–चार वर्षमा भत्कियो भने हामीले आफ्नै स्रोतले मर्मत गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पेभर्स सडक ग्यारेन्टी अवधिसम्म ढुक्क हुन्छ ।”

 

 

नगरपालिका अगाडि बनेको पेभर्स सडक अघिल्लो जनप्रतिनिधिको कार्यकालमै बनेको बताउनुहुँदै उपप्रमुख पराजुलीले भन्नुभयो, “झण्डै सात–आठ वर्ष जति भयो, सडकको अवस्था राम्रै छ ।”बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जनप्रतिनिधि आएको पछिल्लो आठ वर्षमा नगर क्षेत्रमा धेरै सडक कालोपत्र भएको बताउनुभयो ।

 

 

६०–४० को अवधारणा अनुसार (नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताबाट ४० प्रतिशत) नगर क्षेत्रमा पेभर्स सडक लगाउने काम भइरहेको उहाँले बताउनुभयो ।“गुणस्तरीयसँगै पाँच वर्षको ग्यारेन्टी हुने भएपछि उपभोक्ता समितिहरुले पेभर्स सडक बनाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पाँच वर्षको ग्यारेन्टी भए पनि १५ वर्षसम्म सडक टिक्ने हामीले बुझेका छौँ ।”

 

 

योजनामा उल्लेख भएअनुसारको सडक निर्माण भइरहेका सघन सहरी विकास कार्यालय झापाका प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो । “कालोपत्र लेखेको योजनामा सोही अनुसारको गर्छौँं”, उहाँले भन्नुभयो, “कतिपय योजनामा स्तरोन्नती भनेर उल्लेख हुन्छ, कपितय ठाउँमा सौन्दर्य करणका हिसाबले पनि पेभर्स सडक निर्माण गर्ने गरेका छौँ ।”

 

 

सबै ठाउँमा नभए पनि धेरैजसो ठाउँमा स्थानीयवासीले पेभर्स सडक बनाइदिनु भनेर आग्रह गर्ने गरेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतोले बताउनुभयो । “स्थानीयले सर हामीलाई रङ्गीचङ्गी पेभर्स सडक बनाइदिनुस् भनेर आग्रह गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अवस्था हेरेर सम्भव भएसम्म काम गर्ने गरेका छौँ ।”

 

 

कार्यालयले फुटपाथको काम नगर्ने र सडकको मात्र काम गर्ने भएकाले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त पेभर्स नै प्रयोग गरेर सडक निर्माण गर्न बोलपत्र आह्वान गर्ने गरेको उहाँले बताउनुभयो । “सडकको ‘ट्राफिक’ हेरेर एनएस प्राप्त पेभर्स नै प्रयोग गरेर सडक निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

 

 

जिल्लामा पेभर्सको माग र लोकप्रियता बढेसँगै यहाँका साना–ठूला उद्योगले खुल्ने क्रम जारी छ । जिल्लामा साना–मझौला करिब ५० वटा उद्योग छन् भने एउटा एनएस प्राप्त ठूलो उद्योगसमेत रहेको छ । पेभर्सको माग बढ्दै गएपछि उत्पादन बढाउन थालिएको अर्जुनधारा–७ स्थित विल्डकन इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नवीन गट्टानीले बताउनुभयो । स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रका साना तथा भित्री सडक, पेटी बनाउन पेभर्सको प्रयोग गर्नेक्रम बढेको उहाँको भनाइ छ ।

 

 

आठ वर्षअघि स्थापना गरिएको उद्योगले सुरुवाती समयमा उत्पादन क्षमताको २० देखि ३० प्रतिशत मात्रै पेभर्स उत्पादन गर्दै आएकोमा हाल ५० प्रतिशत उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।“नेपालमा एनएस प्राप्त पहिलो उद्योग हामीले नै सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “अहिले देशभर १२ उद्योग छन् भने तीन वटा उद्योग सञ्चालनको तयारमा छ ।” नेपालमा मात्रै नभएर विश्वमै पेभर्स सडकको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

 

मापण्दड अनुरुप तयार पारिएको पेभर्सबाट बनेको सडकको पाँच वर्ष ग्यारेन्टी र २० वर्षभन्दा बढी आयु हुने उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालले बताउनुभयो । झापामा एउटा एनएस प्राप्त पेभर्स उद्योग रहेको छ, भने झण्डै ५० वटा साना तथा मझौला उद्योग रहेका छन् । जसबाट उत्पादित पेभर्सले सडक, सडकपेटी, सवारी पार्किङस्थल लगायतका संरचना निर्माण भइरहेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९