पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय राजनीतिमा प्रवेश गरेका शाही २०५५ सालदेखि पार्टीको संगठित सदस्यका रूपमा क्रियाशील रहँदै आएका छन् ।

 

 

राजनीतिक यात्रामा अनुभवी शाही २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साबिक सुगरखाल–६ बाट निर्वाचित भएका थिए । त्यसपछि २०६३ सालदेखि साबिक चुहा गाविस गाउँकमिटी सचिवको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन् ।
पत्रकारितामा समेत सशक्त पहिचान बनाएका शाहीले २०६३ सालमा लम्कीबाट प्रकाशित पश्चिम आवाज साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका हुन् । त्यसयता टिकापुर दैनिक, हटलाइन दैनिक, सुदूर सन्देश दैनिक, अनुमोदन दैनिक हुँदै २०७० सालदेखि कोसेली एफएम का प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् ।

 

 

२०६३ सालदेखि प्रेस चौतारी नेपालमा आबद्ध शाही २०६४ मा जिल्ला कमिटी सदस्य र २०६७ मा जिल्ला कमिटी सचिव बनेका थिए । उनी नेपाल पत्रकार महासंघ कैलाली जिल्ला कार्यसमिति सदस्य, सेती अञ्चल समन्वय समिति सदस्य, प्रदेश सभा सदस्य हुँदै हाल केन्द्रीय परिषद सदस्यको जिम्मेवारीमा छन् । साथै बौनिया जेसीजका संस्थापक अध्यक्षसमेत रहेका शाही २०६२ देखि २०७१ सालसम्म कृष्ण माध्यमिक विद्यालय लम्कीचुहा–६ बाघमारामा शिक्षकका रूपमा पनि सेवा गरेका छन् ।

 

२०७८ सालमा सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय लेखा आयोग सदस्यको भूमिका निर्वाह गरिसकेका शाही हाल नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिम प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय छन् ।
विकास निर्माण, समाज रूपान्तरण र श्रमजीवी पत्रकारको हकहितका पक्षमा निरन्तर क्रियाशील रहँदै आएका शाही पार्टी निर्माण कार्यमा पनि निःस्वार्थ भावनाका साथ समर्पित रहँदै आएका नेता हुन् । यही योगदानको कदर गर्दै नेकपा एमाले कैलाली क्षेत्र नं. २ बाट उनलाई समानुपातिक सांसदमा सिफारिस गरिएको छ ।

 

कैलाली क्षेत्र नं. २ का जनतामाझ लोकप्रिय रहेका शाहीलाई यसपटक समानुपातिक सांसदका रूपमा अवसर दिएर पार्टीले न्याय गर्नुपर्ने मागसमेत उठ्न थालेको छ । संगठन निर्माणदेखि प्रेस चौतारी नेपाल र सुदूरपश्चिम प्रदेशको पत्रकार आन्दोलनसम्म शाहीको भूमिका प्रभावकारी रहेको पार्टीभित्र व्यापक चर्चा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९