विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

काठमाडौँ, आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ । आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ । एउटै कोठामा ३०–४० जनाभन्दा बढी विद्यार्थी, एउटै पाठ्यपुस्तक र एउटै गतिमा पढाउने शिक्षक रहने ढाँचा अब असान्दर्भिक भइसकेको छ ।

 

 

 

यसैबीच, अमेरिकाको टेक्सासस्थित अल्फा स्कुलले एउटा यस्तो उदाहरण प्रस्तुत गरेको छ, जसले शिक्षण सिकाइ प्रक्रियाको परिभाषा नै बदलिदिएको छ । अल्फा स्कुल सम्भवतः विश्वकै पहिलो यस्तो विद्यालय हो, जहाँ शिक्षक छैनन् । सो स्कुलको कक्षा कोठामा छिर्दा तपाईंले कुनै शिक्षकले बोर्डमा लेखेर पढाइरहेको देख्नुहुने छैन ।

 

 

 

बरु, विद्यार्थीहरू हेडफोन लगाएर एआई ट्युटरसँग संवाद गरिरहेका देखिन्छन् । यस स्कुलको सबैभन्दा ठूलो विशेषता भनेको दिनमा दुई घण्टा मात्र पढाइ हुनु हो । सुन्दा पत्याउन गाहे लाग्छ तर त्यहाँका विद्यार्थीले दिनको मात्र दुई घण्टा पढेर बाँकी समय अन्य सिर्जनशील जीवनोपयोगी काममा बिताउँछन् । नतिजा भने अन्य परम्परागत विद्यालयको तुलनामा १० गुणा राम्रो र राष्ट्रियस्तरको शीर्ष एक÷दुई प्रतिशतमा रहने गरेको छ ।

 

 

परम्परागत विद्यालयमा एउटा कक्षाको पूरा पाठ्यक्रम सक्न एक वर्ष लाग्छ । तर अल्फा स्कुलमा विद्यार्थीले मात्र २२ देखि ३० घण्टाको अध्ययनमा एउटा सिङ्गो कक्षाको पाठ्यक्रम पूरा गर्छन् । यो कसरी सम्भव छ भन्ने कुरा निम्न तथ्यहरुबाट प्रष्ट हुन्छ ।

 

 

निजीकृत पाठ्यक्रम ः त्यहाँ एउटै कक्षाका सबै विद्यार्थीका लागि एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुँदैन । एआईले प्रत्येक विद्यार्थीको क्षमता, कमजोरी र रुचिको विश्लेषण गर्छ र सोही अनुसारको फरक–फरक पाठ्य सामग्री विकास गर्छ । यदि कुनै विद्यार्थीलाई फुटबल मन पर्छ भने एआईले गणितका समस्या फुटबलकै तथ्याङ्क प्रयोग गरेर सिकाउँछ । यसले सिकाइलाई ’बोझ’ होइन, ‘मनोरञ्जन’ बनाउँछ ।

 

 

 

नब्बे प्रतिशतको मापदण्ड ः कुनै पनि विद्यार्थीले एउटा पाठको कम्तीमा ९० प्रतिशत नबुझी अर्को पाठमा जानै पाउँदैन । परम्परागत विद्यालयमा कुन विद्यार्थीले कति बुझेका छन् भन्ने मापन गरिँदैन । तर अल्फामा औसत विद्यार्थीले पनि कम्तीमा ९० प्रतिशत पाठ नबुझी अर्को पाठमा जानै मिल्दैन । यसले गर्दा औसत विद्यार्थी पनि उत्कृष्ठ बन्छन् ।

 

 

 

तत्काल प्रतिक्रिया ः गल्ती हुने वित्तिकै एआईले तुरुन्त सच्याउँछ । शिक्षकले हप्ता दिनपछि कापी जाँचेर गल्ती औँल्याउने समयसम्म विद्यार्थीले त्यो विषय बिर्सिसकेको हुन्छ । तर अल्फामा एआईको तत्काल प्रतिक्रियाले सिकाइको गति १० गुणा बढाउने गरेको छ ।

 

 

घोकाउने होइन, बुझाउनेः हाम्रा विद्यालयमा विद्यार्थीलाई घोकाउने चलन छ । यतिसम्मकी विद्यालयमा शिक्षकले घोकाएको भन्दा तलमाथि गर्न समेत विद्यार्थी मान्दैनन् । घोकेको कुरा चाँडै बिर्सने हुन्छ, तर अल्फामा घोकाउने हुने बुझाउने गरिन्छ । त्यसका लागि निश्चित समयमा एउटै विषय दोहो¥याइन्छ ।

 

 

 

बिदाभन्दा प्यारो विद्यालय ः अल्फा स्कूलको अर्को सफलता भनेको विद्यार्थीको मनोविज्ञानमा ल्याएको परिवर्तन हो । त्यहाँका विद्यार्थीलाई आज घरै बस, स्कुल नजाउ भन्दा उनीहरू मान्दैनन् किनभने उनीहरूका लागि स्कुल रमाउने ठाउँ हो । खोजको केन्द्र हो ।

 

 

स्वभाविक रुपमा प्रश्न उठछ दुई घण्टा एआईसँग पढ्छन् । त्यसबाहेकको समय चाहीँ के गर्छन त ? एआई स्कुलमा त्यसबाहेकको समय विद्यार्थीले जीवन सिक्छन् । आफनो रुची र क्षमता अनुसारको जीवनोपयोगी सीप सिकिरहेका हुन्छन् । उनीहरु फुटबल, भलिबल, पौडी खेल्छन् । साना कक्षामा विद्यार्थी साइकल चलाउन सिक्छन् । कोडिङ सिकिरहेका देखिन्छन् । उनीहरुले दुई घण्टा बाहेकका समयमा उद्यमशीलता र पैसाको व्यवस्थापनका बारेमा सिक्छन् । उनीहरुलाई तीन कक्षादेखि नै वित्तीय साक्षरता र पाँच कक्षामा पुग्दा व्यवसाय कसरी चलाउने भन्ने ज्ञान सिकाइन्छ ।

 

 

त्यस्तै सानैदेखि सार्वजनिक भाषणकलामा जोड दिइएको हुन्छ । २ कक्षादेखि नै निर्धक्क बोल्ने कला सिकिरहेका देखिन्छन् । ५ कक्षा उत्तीर्ण विद्यार्थीलाई टिमवर्कको महत्वका बारेमा सिकाइन्छ । विभिन्न ब्यवसायलाई कसरी उच्चतम् स्तरसम्म पु¥याउन सकिन्छ भन्ने ज्ञान उनीहरुले पाइसकेका हुन्छन् । स्कुल तह पार गर्दा प्रत्येक विद्यार्थीसँग आफ्नो जीवनको लक्ष्य र त्यहाँ पुग्ने स्पष्ट मार्गचित्र बोकेर जीवनको नयाँ उडान भर्न तयार भएर निस्कने गर्दछन् ।

 

नेपालको शिक्षा प्रणालीमा सुधारका लागि सुझावहरू

नेपालको सन्दर्भमा हामीले तुरुन्तै अल्फा स्कुलकै जस्तो महँगो भौतिक पूर्वाधार बनाउन नसके पनि यसले सिकाएको पाठलाई आत्मसाथ गरेर शिक्षामा परिवर्तनको सुरुआत गर्न सक्छौँ । ढिलो,चाँडो हामीले शिक्षामा एआई प्रयोग नगरी सुखै छैन । एआई साक्षर बनाउन सानै कक्षादेखि एआई पढाउन ढिलो गर्नुहुँदैन । अबको शिक्षा ‘के सोच्ने’ भन्नेमा होइन, ‘कसरी सोच्ने’ भन्नेमा केन्द्रित हुनुपर्छ । एआई त्यसको सबैभन्दा शक्तिशाली हतियार हो । नेपालले अब ढिलो नगरी यो हतियारको सही सदुपयोग गर्नुपर्छ । हाम्रो शिक्षा प्रणालीमा परिवर्तन ल्याउन निम्न कुरामा जोड दिनुपर्ने देखिन्छ ।

 

शिक्षकको भूमिकामा परिवर्तनः शिक्षकको भूमिका परिवर्तन गरी ‘मेन्टर’ वा ‘गाइड’ मा बदल्नुपर्छ । पाठ्यपुस्तकको ज्ञान दिन एआई र प्रविधिको प्रयोग गर्ने र शिक्षकले विद्यार्थीको अनुशासन, चरित्र निर्माण र प्रेरणामा ध्यान दिने वातावरण बनाउनुपर्छ ।

 

‘वान साइज फिट्स अल’ पाठ्यक्रमको अन्त्य ः नेपालको पाठ्यक्रम अत्यन्तै केन्द्रिकृत र बोझिलो छ । हामीले एआई आधारित सफ्टवेयर प्रयोग गरेर विद्यार्थीको रुचि अनुसारको सिकाइ सुरु गर्नुपर्छ । जुम्लाको विद्यार्थी र काठमाडौँको विद्यार्थीको परिवेश फरक छ । त्यसैले उनीहरूको उदाहरण र सिकाइको शैली पनि फरक हुनुपर्छ ।

 

सीपमा आधारित शिक्षः हाम्रो शिक्षा प्रणालीले प्रमाणपत्रधारी तर बेरोजगार जनशक्ति उत्पादन गरिरहेको छ । एआईमा आधारित अल्फा स्कुलबाट सिकेर हामीले कम्तीमा ५० प्रतिशत सीप सिकाउनुपर्छ । एआई, कृषिको आधुनिक प्रविधि, वित्तीय साक्षरता र कोडिङ जस्ता विषयलाई विद्यालय तहदेखि नै अनिवार्य गर्नुपर्छ ।

 

‘डिजिटल डिभाइड’ कम गर्न एआई ट्याब्लेट ः नेपालका दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षक पुग्न गाह्रो छ । तर यदि हामीले ‘अफलाइन एआई ट्युटर’ भएका ट्याब्लेट वितरण गर्न सक्यौँ भने हुम्लाको एउटा बच्चाले पनि काठमाडौँको भन्दा उत्कृष्ट शिक्षा पाउन सक्छ । यसले शिक्षामा रहेको असमानता हटाउनेछ ।

 

मूल्याङ्कन पद्धतिको पुनरावलोकन ः वर्षको अन्त्यमा लिइने तीन घण्टाको परीक्षाले विद्यार्थीको वास्तविक क्षमता मापन गर्दैन । हामीले ‘कन्टिन्युअस एसेसमेन्ट’ र एआई आधारित ट्याकिङ सुरु गर्नुपर्छ, जहाँ विद्यार्थीले कति घण्टा र कति दिन स्कुलमा बितायो भन्दा पनि कति ज्ञान हासिल ग¥यो भन्ने कुराले महत्व पाउनुपर्छ ।
चुनौती र भविष्य

 

एआई स्कुलको अवधारणा सुन्दा जति आकर्षक छ, यसका चुनौती पनि त्यति नै छन् । स्क्रिन टाइमको व्यवस्थापन, मानवीय संवेदनाको कमी हुन नदिने र प्रविधिमा सबैको पहुँच पु¥याउनु ठूलो चुनौती हो । तर, परम्परागत शिक्षा प्रणाली असफल जस्तै भइसकेको अवस्थामा यो जोखिम लिनुको विकल्प छैन । अल्फा स्कुलले प्रमाणित गरिदिएको छ कि शिक्षाको उद्देश्य ‘धेरै पढाउनु’ होइन, ‘राम्रोसँग सिकाउनु’ हो । एआईले शिक्षाको पहुँचलाई लोकतान्त्रिक बनाउँदैछ । नेपालले समयमै यो प्रविधिलाई अङ्गीकार गर्न सक्यो भने हाम्रा बालबालिका विश्व बजारमा कसैभन्दा कम हुने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

काठमाडौँ, नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका...

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल

काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।   ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९