निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

काठमाडौँ, नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ ।

 

नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा यही पुस २० र २१ गते ठमेलको छायाँ सेन्टरमा निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

 

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा उत्पादित हस्तकला, कृषिलगायत सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गरी व्यापार घाटा न्यूनीकरण गर्न निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

 

नेपालबाट हाल विदेशमा सूर्यमुखी तेल, फलाम, ऊनीको गलैँचा, तयारी पोसाक, जुटका सामग्री, जुस, अलैँची, फेल्ट, पिना, पश्मिना, चाउचाउ, सिमेन्ट, सोयाविन तेल, पाम तेल, छुर्पी, नेपाली कागज, हस्तकलाका सामग्री, चिया, कफीलगायत सामान निर्यात हुँदै आएका परिषद्ले जनाएको छ ।

 

अध्यक्ष श्रेष्ठले युवापुस्तालाई निर्यात, उद्यमशीलता, नवप्रवर्तनतर्फ अकर्षित गर्दै स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न यस्ता मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्यात पूर्वाधारको अभाव, उच्च यातायात लागत, दक्ष जनशक्तिको कमी, कोल्डस्टोरको अभाव, राजनीतिक अस्थिरता, साना उद्यम र निर्यातकर्तालाई सहुलियत कर्जा तथा वित्तीय सुविधा उपलब्ध नहुँदा निर्यातमा समस्या भएको बताउनुभयो ।

 

त्यस्तै, निर्यातका लागि अन्तरराष्ट्रिय गुणस्तर मापदण्ड पूरा हुन कठिन, उच्च कच्चा पदार्थ र उत्पादन लागत उच्च हुँदा प्रतिस्पर्धा क्षमतामा ह्रास, कर्मचारीतन्त्रमा समन्वयको अभाव, अन्तरराष्ट्रिय व्यापार मेलामा सहभागिता र डिजिटल मार्केटिङको अभावले थप समस्या उत्पन्न हुँदै गएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

परिषद्का प्रथम उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियाले सरकार र व्यवसायीबीच भएको सम्झौता कार्यान्वयन नहुँदा निर्यात क्षेत्र समस्यामा परेको बताउनुभयो । उहाँले विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्रमा निर्यात प्रवर्द्धनको विषयलाई प्राथमिकताका साथ उठाए पनि कार्यान्वयन भने फितलो रहेको धारणा राख्नुभयो । डा थपलियाले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निर्यात क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राख्नुपर्नेमा जोड दिनुभयो ।

 

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका व्यापार अधिकृत मीनबहादुर कुँवरले विश्वबजारमा नेपाली सामान पु¥याउन निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

 

परिषद्का महासचिव हरि ढकालले स्वास्थ्य, शिक्षा, कृषि, रोजगार र निर्यातलाई प्राथमिकता दिन नसकेसम्म देशको विकास हुन नसक्ने धारणा राख्नुभयो । उहाँले बङ्गलादेशमा ठूलो आन्दोलन हुँदा पनि त्यहाँको सरकारले उद्योग र निर्यात उच्च प्राथमिकता दिएको उल्लेख गर्दैै नेपालले पनि उद्योगी र निर्यात व्यवसायीलाई सोहीअनुसारको व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९